६ कार्तिक २०८१ मंगलबार
image/svg+xml

काठमाडौंमै राँगाेको आक्रमण, एकको मृत्यु

चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँमा विहान मर्निङवाकमा निस्किएका एक जनाको राँगोको आक्रमणले मृत्यु भएको छ ।

बम विस्फाेटमा परी घाइते मध्ये एककाे मृत्यु

ललितपुरको नख्खुस्थित एनसेलको मुख्य कार्यालयमा भएको बम विष्फोटमा परी घाइते भएकामध्ये एक जनाको ज्यान गएको छ।

भीरबाट लडेर १ जनाको मृत्यु

गुल्मीमा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ। जिल्लाको सत्यवती गाउँपालिका वडा नं. १ अश्लेवा बस्ने २४ वर्षीय शिब विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रबिन्द्र खड्काले जानकारी दिए।

बंगलादेशको ढाकामा आगलागि हुँदा ६९ को मृत्यु

बांगलादेशको राजधानी ढाकामा भएको आगलागीमा परि ६९ जनाको ज्यान गुमाएका छन। बंगलादेशी अधकारीहरूका अनुसार गोदाममा भएको उक्त आगलागिमा थुप्रै घाइते समेत भएका छन्।

ट्याक्टर दुर्घटनामा चालकसहित २ को मृत्यु

उदयपुरमा बुधबार ट्याक्टर दुर्घटनामा परी चालकसहित २ जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका १४ को साउने–गाईघाट सडक खण्डमा भएको ना ५ त ६७६२ नं. को ट्याक्टर दुर्घटनामा परी चालक त्रियुगा नगरपालिका १५ खाँबुका २७ वर्षीय दुर्गबहादुर मगर र ट्याक्टरमा सवार रौतामाई गाउँपालिका ५ का ४३ वर्षीय दिलबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

मिक्सरले थिच्दा ठेकेदारको मृत्यु

सोलुखुम्बुमा ढलानमा प्रयोग गरिने मिक्सरले थिचेर ठेकेदारको मृत्यु भएको छ। सोमबार सोलुदूधकुण्ड नगरपालिका ७ स्थित गार्मा माध्यमिक विद्यालयको निर्माणाधिन ४ कोठे भवनको ढलान सकेर मिक्सर गाडीमा लोड गर्ने क्रममा पल्टेर थिच्दा धनकुमार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो।

एक मजदुरको मृत्यु

रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्समा कार्यरत एकजना मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा गरुडा नगरपालिका २ गेडहीगुठीका ४५ वर्षीय रामबाबु राय यादव रहेका छन्।

हराउन थाले मृत्यु संस्कारमा बनाइने चौपारी

गाउँगाउँमा सडक पुगेसँगै परम्परागत रुपमा बनाइएका चौपारीहरुको प्रयोग घट्दै गइरहेको छ। जथाभावी रुपमा खनिएका सडकका कारण पनि यस्ता चौपारी भत्काइँदै छन्। विशेष गरी मगर बाहुल्यता रहेका जिल्लाहरुमा मृत्यु संस्कारको अन्तिम कर्ममा चौतारी निर्माण गर्नुपर्ने हुन्छ। अर्थात् मगरात क्षेत्रका मगर जातिले आफन्तको मृत्युपश्चात सम्झनास्वरूप यस्ता चौतारी बनाउने मौलिक प्रचलन छ।

दुर्घटनामा एकको मृत्यु

काठमाडौँ महानगरपालिका–७ गौरीघाटको मैंजुबहालस्थित सडकमा मंगलवार बिहान मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–७ गौरीघाट मैंजुबहालका २४ वर्षीय पारस थपलिया रहेका छ।

भारतमा मदिरा सेवनबाट ६० भन्दा बढीको मृत्यु

भारतमा विषाक्त मदिरा सेवनबाट ६० जना भन्दा बढीको मृत्यु भएको छ। बीबीसी हिन्दीका अनुसार उत्तर प्रदेशका दुई जिल्ला र उत्तराखण्डको रुड्कीमा विषाक्त मदिरा सेवनबाट दर्जनौं मानिसको मृत्यु भएको छ। सय भन्दा बढी मानिस विभिन्न अस्पतालमा जीवन र मृत्युसँग संघर्ष गरिरहेका छन्।

चट्याङ लागेर सैनिकसहित दुईको मृत्यु

प्युठानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। जिल्लाको नौबहिनी गाउँपालिका १ स्याउलिवाङ्गमा गएराती पानीसँगै परेको चट्याङ लागेर स्थानीय दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। शुक्रवार राती १० बजे परेको चट्याङमा परी ३ जना घाइते भएका छन्।

सिन्धुलीमा बोलेरो दुर्घट्ना, पाँचको मृत्यु, आठ जना घाइते

सिन्धुलीको फिक्कल गाँउपालिका २ चण्डीभन्ज्याङमा बोलेरो जिप दुर्घट्ना हुँदा पाँच जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। फिक्कल गाँउपालिका वडा नं. १ को महादेवडाडाबाट सिन्धुली सदरमुकामतर्फ आउदै गरेको बा १५ च ९४२२ नम्बरको बलेरो गाडी दुर्घट्ना हुँदा घट्नास्थलमै चार जना र एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी लोकदर्शन थापाले जानकारी दिए।

घरमा कोही नभएको बेला बन्दुक पड्काउँदा मृत्यु

घरमा कोही नभएको बेला बन्दुक पट्काउदा रोल्पामा एक जनाको ज्यान गएको छ। आफैले चलाएको बन्दुकले रुन्टीगढी गाउपालिका वडा नं. ९ धाराटोल बस्ने मिशन बुढाको ज्यान गएको हो।

घर भत्किदा वृद्धको मृत्यु

नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेको थालडाँडामा घर भत्किदा एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा ८५ वर्षीय कप्तान तामाङ रहेका छन्।

गरिब देशमा क्यान्सरबाट धेरैको मृत्यु

विश्वभरी सन् २०१८ मा १८.१ मिलियन नयाँ क्यान्सरका बिरामी देखा परेका छन्। यो वर्ष क्यान्सरले मृत्यु भएमध्येमा सबैभन्दा बढी दक्षिण–पूर्वी एसियाबाट रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। सोमबार संगठनले जारी गरेको पे्रस विज्ञप्तिमा सो जनाइएको हो। गत वर्ष विश्वभरी ९.६ मिलियन व्यक्तिको मृत्यु क्यान्सरका कारणले भएको थियो। ती मध्ये ७० प्रतिशत मृत्यु दक्षिण–पूर्वी एसियामा रहेको छ। मृत्यु हुनेहरु यस क्षेत्रका मध्यम तथा निम्न आय भएका राष्ट्रका मानिस रहेको संघले जनाएको छ।क्यान्सरको समयमै जाँच तथा पहिचान हुने व्यवस्था नहुँदा र प्राथमिक अवस्थामै उपचार नहुँदा क्यान्सरको कारण हुने मृत्युको संख्यामा वृद्धि भएको विश्व स्वास्थ्य संगठनकी दक्षिण–पूर्वी क्षेत्रीय निर्देशक पुनम खेत्रपालले बताएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्