२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

छात्रावासमा मृत्यु भएकी बालिकाको पोष्टमार्टम रिपोर्ट सोमबार आउने

चितवनको छात्रावासमा मृत्यु भएकी बालिकाको पोष्टमार्टम रिपोर्ट सोमबारसम्म आउने भएको छ।

मृतक बालिकाको परिवारले चितवनमा पोष्टमार्टम गर्न शंका व्यक्त गरेपछि उनको शव काठमाडौँको टिचिङ अस्पतालमा पठाइएको हो।

अनुसन्धानमा खटिएको इलाका प्रहरी कार्यालय टाँडीले पोष्टमार्टमको रिपोर्ट आउन समय लाग्ने भएकोले सोमबारसम्म रिपोर्ट आएपछि अनुसन्धान थप अगाडि बढ्ने जनाएको छ।

इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी इन्स्पेक्टर रमेश बिस्टले सामाजिक सञ्जालमा आएका समाचारहरूमा सत्यता नभएको पोष्टमार्टमको रिपोर्ट सोमबारसम्म आउने जानकारी दिए।

गत शनिबार बिहान रत्ननगर नगरपालिका–१५ माधवपुर मामाघरमा बसी एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा बस्ने १४ वर्षीया सालिन पोख्रेलको मृत्यु भएको थियो।

उनको शवको पोष्टमर्टमका लागि काठमाडौंस्थित महाराजगञ्ज टिचिङ अस्पतालमा राखिएको छ।

बालिका होस्टलको कोठामा रहेको सिलिङको पंखामा डोरीमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।

उनको मृत्युपछि मृतकका आफन्तले ज्यान सम्बन्धी कसुरमा किटानी जाहेरी दिएपछि उक्त जाहेरीपछि प्रहरीले विद्यालयका प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, सह प्रधानाध्यापक ४० वर्षका किरणबहादुर अधिकारी र होस्टेल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेको थियो।

चितवन जिल्ला अदालतको आदेश अनुसार अनुसन्धानको लागि उनीहरुलाई सात दिन हिरासतमा राखिने भएको छ।

प्रकाशित: १८ फाल्गुन २०८० १४:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App