१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

सालिनको पोष्टमार्टम रिपोर्ट भन्छ: 'बलात्कार भएको होइन्'

चितवनको छात्रावासमा मृत्यु भएकी सालिन पोख्रेलको पोष्टमार्टम रिपोर्टले बलात्कार नभएको देखाएको छ।

पोख्रेलको शवको पोष्टमार्टम काठमाडौँको टिचिङ अस्पताल गरिएको थियो। प्रहरी श्रोतका अनुसार पोष्टमार्टममा उनको बलात्कार नभएको पाइएको हो।

गत शनिबार बिहान रत्ननगर नगरपालिका–१५ माधवपुर मामाघरमा बसी एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा बस्ने १४ वर्षीया सालिन पोख्रेलको मृत्यु भएको थियो।

बालिका होस्टलको कोठामा रहेको सिलिङको पंखामा डोरीमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।

उनको मृत्युपछि मृतकका आफन्तले ज्यान सम्बन्धी कसुरमा किटानी जाहेरी दिएपछि उक्त जाहेरीपछि प्रहरीले विद्यालयका प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, सह प्रधानाध्यापक ४० वर्षका किरणबहादुर अधिकारी र होस्टेल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेको थियो।

चितवन जिल्ला अदालतको आदेश अनुसार अनुसन्धानको लागि उनीहरुलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

सालिनको बलात्कार पछि हत्या भएको भनी परिवारले आन्दोलन गरिरहेका छन्। अहिले सामाजिक सञ्जालमा पनि उनको न्यायका लागि भन्दै प्रदर्शन भइरहेको छ।

यता प्रधानमन्त्री पुष्पकमल दाहालले पनि यो घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिइसकेका छन्।  

प्रकाशित: २० फाल्गुन २०८० १३:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App