९ मंसिर २०८१ आइतबार
image/svg+xml

देशलाई ७ वर्षभित्र बालश्रममुक्त बनाउने सरकारको लक्ष्य

सर्लाहीका रोशन दास १७ वर्षका भए। रोशन दिनभरी काठमाडौको बसन्तपुर क्षेत्रमा बेलुन बेच्दै गरेका भेट्टिन्छन्। उनले आफ्नो पुर्ख्याैली पेशा सिन्दुर बेच्ने परम्परालाइ छोड्दै यो पेशा अपनाएको करीब साढे एक वर्ष भयो। कक्षा ७ मा अध्ययन गरिरहेका रोशन केहि समयमै बेलुन बेच्ने काम छोडी आफ्नो गृहजिल्ला फर्कने योजनामा छन्।

योजना बनाउँदै स्थानीय सरकार

चालू आर्थिक वर्ष सकिने समय नजिक आउँदै गर्दा जुम्लाका स्थानीय सरकार आगामी आर्थिक वर्षको योजना बनाउन जुटेका छन्।

विज्ञानविरोधी सरकार

पछिल्ला दिनमा कक्षा ११ र १२ को पाठ्यक्रम परिवर्तनमा देखिएको अपारदर्शी खेलले शिक्षाको गुणस्तरप्रति मुलुकमा चिन्ता उत्पन्न भएको छ। देशमा शक्तिशाली सरकार स्थापना हुनुको अर्थ शिक्षाको गुणस्तरमा घात गर्ने भन्ने होइन। शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको पाठ्यक्रम विकास केन्द्रको बैठकले जेठ १८ मा पारित गरेको ‘राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५’ ले विज्ञानका ‘कोर’ विषयमा गणितलाई हटाउने निर्णय गरेको छ।

सरकारको आलोचना गरे कर्मचारीमाथि कारबाही

नेपाल सरकारको तलब, भत्तासहितका सेवासुविधा लिने सबै कर्मचारीले सरकारको आलोचना गरेमा विभागिय कारबाही गरिने भएको छ। काशीराज दाहाल नेतृत्वको अधिकार सम्पन्न संघीय प्रशासनिक पुनर्संरचना समितिले कर्मचारी संयन्त्र प्रभावकारी बनाउन विभिन्न सुझाव दिएपछि सरकारले कर्मचारी प्रशासनमा कडाइ गर्न लागेको हो।

‘राजपा एक साताभित्रै सरकारमा, महन्थ सभामुख बन्न तयार’

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारमा सहभागी हुने तयारी गरेको छ। केपी शर्मा ओली नेतृत्वको बहुमत सरकारमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम सहभागी भएसँगै राजपाले पनि तयारी थालेको हो।

खोटाङमा बन्यो कांग्रेसको छायाँ सरकार

स्थानीय तहमा हुने गलत कामको खवरदारी गर्न भन्दै नेपाली कांग्रेस खोटाङले छायाँ सरकार र अनुगमन समिति बनाएको छ। सदरमुकाम दिक्तेलस्थित वीपी स्मृति भवनमा बसेको कांग्रेस जिल्ला कार्य समितिको बैठकले स्थानीय तहमा हुने गलत कामको रेखदेख गर्न भन्दै १० स्थानीय तहमध्ये ६ स्थानीय तहमा छायाँ सरकार र ४ स्थानीय तहमा अनुगमन समिति गठन गरेको हो।

न्यायाधीशको दरवन्दी घटाउने सरकारको संकेत

अनावश्यक खर्च घटाउने रणनीति अन्तर्गत सरकारले न्यायाधीशहरुको दरबन्दी समेत काट्ने न्यायपरिषद्का सदस्य समेत रहेका कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेर बहादुर तामाङले घोषणा गरेका छन्।

राजपा पनि सरकारमा जान इच्छुक : संयोजक ठाकुर

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक महन्थ ठाकुरले राजपा पनि सरकारमा जान इच्छुक रहेको बताएका छन्।उनले सरकारमै जान पार्टी बनेको भन्दै यद्यपि आफ्नो पार्टीले सरकारमा जाने निर्णय भने गरी नसकेको बताए।

प्रदेश २ को सरकारमा नेकपा सहभागी नहुने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले प्रदेश नं २ को सरकारमा नेपाल कम्युनिष्ट पार्टी जाने अहिले कुनै सम्भावना नरहेको बताएका छन्।

सरकारसँग युद्धविराम गर्न तालिबान सहमत

इदका लागि यसै महिनाको अन्त्यतिर अफगान सरकारको फौजसँग तीन दिने युद्धविराम गर्ने तालिबानले घोषणा गरेको छ।

रेडपाण्डा जोगाउँने प्रयासमा स्थानीय सरकार

पाँचथरका रेडपाण्डा पाइने क्षेत्रमा संरक्षणको सचेतना जगाउनका लागि स्थानीय सरकारले कार्यक्रमहरू अघि बढाएका छन्।

उद्योग खोल्न के के चाहियो ? सरकार दिन तयार छ : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग खोल्नका लागि वातावरण बनाउन सरकार तयार रहेको बताएका छन्। शनिबार मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले विराटनगरमा आयोजना गरेको छलफलमा ओलीले उद्योग खोल्न आबश्यक सबै खालको व्यवस्था गर्न सरकार तयार रहेको बताए।

मोदीको सुरक्षाप्रति सरकार गम्भीर छ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षा प्रति सरकार गम्भीर रहेको गृहमन्त्री राजनाथ सिंहले बताएका छन्।प्रधानमन्त्री मोदीको विद्रोही माओवादीले हत्या गर्ने षडयन्त्र गरिरहेको विवरण आएपछि गृहमन्त्री सिंहले शुक्रबार यस्ताे बताएका हुन्।

सरकारले महंगी बढाएको आरोप

साना तीन वामपन्थी दलले केपी ओली नेतृत्वको सरकारले महंगी नियन्त्रण नगर्दा जनता मारमा परेको आरोप लगाएका छन्। मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी माओवादी र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले यस्तो आरोप लगाएका हुन्।

जनसंख्या बढ्दै, सरकारी डाक्टर घट्दै

सरकारले स्वास्थ्यसेवामा पहुँच बढाउँदै लैजाने प्रतिबद्धता दोहो-याइरहँदा सरकारी सेवामा पाँच वर्षयता सबैभन्दा कम चिकित्सक कार्यरत रहेको पाइएको छ। स्वास्थ्य मन्त्रालयले रिक्त दरबन्दीमा नियुक्ति नगर्दा अघिल्ला वर्षका तुलनामा डाक्टरको संख्या घटेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्