coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रेडपाण्डा जोगाउँने प्रयासमा स्थानीय सरकार

पाँचथरको बर्मेमा आयोजना भएको रेडपाण्डा सचेतना कार्यक्रम।   तस्बिरः गिरिराज/नागरिक

पाँचथर – पाँचथरका रेडपाण्डा पाइने क्षेत्रमा संरक्षणको सचेतना जगाउनका लागि स्थानीय सरकारले कार्यक्रमहरू अघि बढाएका छन्। संकटापन्न वन्यजन्तुको रुपमा रहेको रेडपाण्डा जोगाएर पहिचान स्थापना गर्न भन्दै याङवरक गाउँपालिका र फालेलुङ गाउँपालिकाले संरक्षण सचेतना जगाउने कार्यक्रम अघि सारेका हुन।

दुई गाउँपालिकाका रेड पाण्डा पाइने भनेर पहिचान भएका क्षेत्रका बासिन्दालाई संरक्षणमा उत्प्रेरणा जगाउँदै वन वातावरण जोगाउनका लागि सचेतता दिलाउने कार्यक्रम संञ्चालन गरेका हुन। रेडपाण्डा संरक्षणमा सक्रिय संस्थासँगको सहकार्यक्रममा गाउँपालिकाले सचेतनाको अभियान अघि बढाएको हो।

दिपज्योती युवा क्लब सिदिनसँग मिलेर गाउँपालिकाले प्रचारात्मक कार्यक्रम सम्पन्न गरेको हो। आगामी दिनमा थप कार्यक्रम सञ्चालन गर्ने गरी सचेतनामुलक प्रचारात्मक कार्यक्रम गरेको हो। उच्च पहाडी क्षेत्रमा पाइने रेडपाण्डा संरक्षणका लागि सम्बन्धित क्षेत्रका स्थानीय बासिन्दा, गोठ सञ्चालक, जनप्रतिनिधि तथा अन्य सरोकारवाला निकायहरूसँग अन्र्तक्रिया तथा सेचतनामुलक बोर्ड, प्रचार सामाग्री टास्ने कामहरू सम्पन्न गरेको छ।

याङवरक गाउँपालिकाको बर्मे, च्याङथापु, बेतेनी, विम्बल्याटे, चिवाभञ्याङ, फलैचा, ओयाम, थर्पु लगायतका क्षेत्रमा सचेतना जगाउने कार्यक्रम भएका छैनन्। यस्तै फालेलुङ गाउँपालिकाका एकतिन, मेमेङ, सिदिन, प्राङबुङका बासिन्दा र विद्यार्थीहरूसँग रेडपाण्डाको महत्व, किन जोगाउने भन्ने विषयमा छलफल कार्यक्रम भएका छन्। सिमावर्ती क्षेत्रमा पर्ने बनमा पाइने रेडपाण्डा जोखिममा पर्दै गएको भन्दै यस्तो कार्यक्रम भएको हो। 

स्थानीय सरकारको सहयोगमा स्थानीयबासिसँग छलफल अन्र्तक्रिया गर्दै सार्वजनिक ठाउँमा सचेतनामुलक सामाग्री राख्ने काम गरिएको क्लबका कार्यकारी निर्देशक सुनिल वान्तवाले जानकारी दिए। जिल्लामा रेडपाण्डा नेटवर्कको सहयोगमा यही संस्थाले समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालन समेत गरिरहेको छ।

डेढ दशक अगाडिसम्म गाउँ गाउँमा आइपुग्ने रेडपाण्डा अहिले कमैमात्र देखिन थालेको बर्मेका स्थानीय बासिन्दा पदम भण्डारीले बताए। रेडपाण्डाका लागि बन संरक्षण, पूर्वाधार निर्माणमा ख्याल गर्नु पर्ने, चोरी निकासी रोक्नु पर्ने लगायतका कामहरू गर्न जरुरी देखिएको छ। यहाँका रेडपाण्डा पाइने क्षेत्रमा सामुदायिक बन, ग्वाला समुह, विद्यार्थीहरू मार्फत संरक्षणका कार्यक्रम सञ्चालन भएको पाइन्छ।

प्रकाशित: २७ जेष्ठ २०७५ ०४:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App