१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

आइटीमा अवसर

आइटीको बढ्दो प्रयोगसँगै विद्यालयदेखि विश्वविद्यालय शिक्षा नै आइटीमै बनेको छ। यस्तो अवस्थामा आइटीमा थप अवसर बढ्दै गएको जानकारहरू बताउँछन्। आइटिको बढ्दो प्रयोगले अवसरका साथै केही चुनौती पनि निम्त्याएको त छँदैछ तर यसको सही तरिकाले प्रयोग गरे मानवजीवन नै सहज बन्न सक्ने लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका प्रमुख पंकज जलान बताउँछन्।

‘कोर्स र कन्टेन्ट हेरेर विषय छानौं’

स्नातक तह विद्यार्थीको करिअर बनाउने आधार भएकाले उनीहरू बजारको मागअनुसार प्रोफेसनल विषय छनोट गरी अध्ययन गर्न उन्मुख रहेको राष्ट्रिय परीक्षा बोर्डका निवर्तमान अध्यक्ष चन्द्रमणि पौडेलले बताए।

ठेक्कामा पाठ्यपुस्तक छपाउँदै जनक शिक्षाः मुद्रण उद्योग महासंघको आपत्ति

जनक शिक्षाले सार्वजनिक सूचना प्रकाशित गरी आफूलाई प्राप्त सार्वजनिक स्कुलको पाठ्यपुस्तक छाप्ने जिम्मा निजी क्षेत्रका छापाखानालाई दिन खोजेको हो।

२१ औँ शताब्दीका सिकाइ सिप

हाम्रा विद्यालय बालबालिकालाई सिप सिकाउने भन्दा कलिलै उमेरमा पाठ घोकाउने स्थलका रूपमा परिचित छन्।

मदरसा शिक्षा पाठ्यक्रममा समावेश हुने

सरकारले मदरसा शिक्षालाई पनि पाठ्यक्रममा समावेश गर्ने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मदरसा शिक्षालाई पनि पाठ्यक्रममा समावेश गरेर अघि बढाउने प्रतिबद्धता जनाएका हुन्।

एउटै विद्यालयमा दुई प्रधानाध्यापक !

नारायण नगरपालिका– ३ कालिमाटीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिले जुनियर शिक्षकलाई प्रधानाध्यापकको जिम्मेवारी तोकेपछि एउटै विद्यालयमा दुई प्रधानाध्यापकले काम गरिरहेका छन्।

त्रिवि सभा (सिनेट): विश्वविद्यालयको अवमूल्यन र पदाधिकारीहरू

शायद यिनै औपचारिकताको सभा भएर होला हाम्रा कुलपतिहरूले प्राथमिकता देख्नुभएन र आफ्नो निवासमा नै आर्थिक वर्षको आधा समय बितिसकेपछि समय र ठाउँ दिनुभएको छ।

शिक्षालाई वैज्ञानिक र रोजगारमूलक बनाउनुपर्छ: प्रधानमन्त्री देउवा

मध्यपश्चिम विश्वविद्यालयको एघारौँ सभा तथा वार्षिक नीति कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकको समग्र विकासलाई दिशाबोध गर्न विश्वविद्यालयलको पाठ्यक्रममा समसामयिक परिमार्जन गर्दै दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताए।

तलब सरकारको, कामचाहिँ दलको!

कोरोना महामारीका कारण दुई वर्षदेखि थला परेको विद्यालय शिक्षा मंसिर पहिलो सातादेखि बल्लबल्ल तंग्रिन लागेको समयमा शिक्षा ऐन र राजनीतिक दलसम्बन्धी ऐनको उपहास हुनेगरी शिक्षक,प्राध्यापक महाधिवेशन प्रतिनिधि चयन हुनु विडम्बना हो।

भक्तपुरबासीलाई शिक्षा मन्त्री पौडेलले भनेः मलाई गाह्रो छ

उनले सो ऐनमा आफ्नै सय बेडको अस्पताल हुने शिक्षण संस्थाले मात्रै नर्सिङको पठनपाठन गर्न पाउने व्यवस्था भएकोले मन्त्रालयले सोही अनुसार निर्णय गरेको टोलीलाई बताए।

आकस्मिक अनुगमनमा पुगेका शिक्षामन्त्रीलाई विद्यार्थीको आग्रह : पढेपछि काम पाउनुपर्‍यो

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सरोकारवालासँग अन्तरक्रिया एवम् छलफल सुरू गरी सुधारका काम थालेका उनी बिहीबार दिउँसो विद्यालयमा पसेका हुन्।

सबै विद्यार्थीलाई कोभिडविरुद्धको खोप दिने तयारी

कोभिडको जोखिम बढ्न सक्ने भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहका सबै बालबालिकालाई तत्काल कोभिडविरुद्धको खोप उपलब्ध गराउने तयारी गरेको बताएको छ।

शिक्षामन्त्रीको ३१ वुंदे कार्ययोजनाः विद्यार्थीलाई खोप, शिक्षकलाई अस्पताल, विद्यालयलाई भवन

शिक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले विद्यालय शैक्षिक सेवा प्रवाह सुधारसम्बन्धी संघीय मन्त्रालयका प्राथमिकताहरुमार्फत् ३१ वुंदे कार्ययोजना सार्वजनिक गरेका हुन्।

विद्यार्थीहरुका लागि जापान र अस्ट्रेलिया सरकारले सीमा खुलाए

उनले अस्ट्रेलियाका तीन शहर बाहेकका अन्य शहरहरुमा जाँदा क्वारेन्टाइन बस्नु पर्ने भएकाले कन्सलटेन्सीहरुसँग बुझेर मात्रै जानु पर्ने बताए।

नेपालको शैक्षिक अभिवृद्धिमा सहयोग गर्न युनेस्कोलाई आग्रह

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालको शैक्षिक विकास र कोभिड–१९ को महामारीबीच शैक्षिक निरन्तरताका लागि सहयोग अभिवृद्धि गर्न युनेस्कोलगायत अन्तर्राष्ट्रिय संस्थालाई आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्