१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
शिक्षा

एउटै विद्यालयमा दुई प्रधानाध्यापक !

सामान्यतया एउटा विद्यालयमा एक प्रधानाध्यापक हुने व्यवस्था छ। तर, दैलेखको एक विद्यालयमा शिक्षा विकास तथा समन्वय इकाइ र विद्यालय व्यवस्थापन समितिले एक–एक प्रधानाध्यापक तोकेपछि दुई प्रधानाध्यापकले काम गरिरहेका छन्।

नारायण नगरपालिका– ३ कालिमाटीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिले जुनियर शिक्षकलाई प्रधानाध्यापकको जिम्मेवारी तोकेपछि एउटै विद्यालयमा दुई प्रधानाध्यापकले काम गरिरहेका छन्।

शिक्षा विकास तथा समन्वय इकाइबाट २०७६ भदौं ६ गतेको निर्णय अनुसार मावि तहकी शिक्षिका देवीकुमारी बुढालाई प्रधानाध्यापकको जिम्मेवारी दिइएको छ तर, २०७८ मंसिर ४ गते सोही विद्यालयको विद्यालय व्यवस्थापन समितिको बैंठकले देवीकुमारी बुढालाई प्रधानाध्यापकको जिम्मेवारीबाट हटाएर निमावि शिक्षक रंगनाथ खनाललाई जिम्मेवारी दिएको हो।

विद्यालयको छाप र लेटरप्याट सदस्य सचिव प्रधानाध्यापकलाई थाहा नै नदिएर दुरुप्रयोग गरेको भन्दै प्रमुख जिल्ला अधिकारी समक्ष मुद्दा समेत परेको छ। शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख तेजबहादुर थापाले नारायण नगर शिक्षा इकाइबाट विद्यालयको मुद्दाबारे सुनुवाई नभए आफूले त्यो मुद्दाका बारेमा निर्णय लिने बताए।

विद्यालयमा प्रधानाध्यापक बुढाले मर्यादित र जिम्मेवार शिक्षक बनाउनका लागि शिक्षकहरुलाई स्पष्टिकरण समेत सोधेकी थिइन्। कम्प्यूटर लगायतका सामाग्री खरिदमा हिनामिना भएको आंशका छ। विद्यालय व्यवस्थापन समितिको अध्यक्षकै मिलोमत्तोमा विद्यालयमा हिनामिना भएकाले त्यो ढाकछोप गर्न प्रधानाध्यापक परिवर्तन गरेको जनाइएको छ।

प्रधानाध्यापक बुढा मावि तहकी शिक्षिका हुन्। तर, विद्यालय व्यवस्थापन समितिले निमावि शिक्षक रंगनाथ खनाललाई दिएको छ। राजनितिक खिचातानीका कारण विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद न्यौपानेले आफू अनुकुलका प्रधानाध्यापक राखेको आरोप लागेको छ। आफू कार्यरक्त हुदाँहुँदै विद्यालय व्यवस्थापन समितिले अर्को प्रधानाध्यापक चयन गर्नु गलत भएको प्रधानाध्यापक देवीकुमारी बुढाले बताइन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्षले विद्यालयमा मनोमानी गर्न थालेपछि प्रधानाध्यापक बुढाले आवास समेत उठाउने गरेकाले त्यही रिसको झोकमा विद्यालय व्यवस्थापन समितिले जुनियर शिक्षकलाई प्रधानाध्यापकको जिम्मेवारी दिने निर्णय गरेपनि नारायण नगर शिक्षा शाखा र शिक्षा विकास तथा समन्वय इकाइलाई जानकारी नभएको जनाइएको छ।

प्रकाशित: १७ मंसिर २०७८ ०९:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App