सरकारी वेवसाइट होर्डिङ बोर्ड जस्ता
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा प्रवक्ता भएका पूर्णचन्द्र भट्टराईले सचिवमा बढुवा भएर सामान्य प्रशासन मन्त्रालयमा कार्यभार समालेको तीन महिना भइसक्यो। तर, सरकारको आधिकारिक वेवसाइटमा बुधबार बेलुकीसम्म स्थानीय विकास मन्त्रालयको प्रवक्तामा उनको नाम छ।