३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

सरकारले सुजातालाई ५० लाख दिने, स्वास्थ्यमन्त्री थापा असन्तुष्ट

सरकारले पूर्वपरराष्ट्रमन्त्री एवं कांग्रेस नेतृ सुजाता कोइरालाको क्यान्सर उपचारका लागि ५० लाख रुपैयाँसम्मको खर्च बेहोर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयद्वारा प्रस्तावित कार्यविधि र संसद्को अर्थ समितिको निर्देशनसमेतलाई लत्याउँदै कांग्रेस नेतृ कोइरालालाई ५० लाख रुपैयाँसम्म दिने निर्णय गरेको हो।

सुजाता सिंगापुर प्रस्थान, ५० लाख दिने सरकारको निर्णय

नेपाली कांग्रेसकी नेतृ स्वास्थ्य उपचारका लागि आइतबार सिंगापुर प्रस्थान गरेकी छन्। स्तनमा क्यान्सर देखिएपछि उपचारका लागि उनी सिंगापुर लागेकी हुन्।

सरकारका सय दिनमा ११७ अकंले घट्यो बजार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारको सय दिने कार्यकालमा सेयर बजार मापक नेप्से १ सय १७ अंकले ओर्लिएको छ। दाहाल प्रधानमन्त्री भएको दिन साउन १९ गते १८१३.७२ बिन्दुमा रहेको सेयर बजार गत बिहीबार १६९७.१७ मा आइपुगेको छ।

सरकारी स्वास्थ्य सेवा प्रभावहीन

एक महिनाअघि टाउकोमा गम्भीर चोट लागेका बाँके, खजुराका पुलैराम यादवको उपचारमा परिवारले भारत, लखनउस्थित अस्पतालमा करिब दुई लाख ५० हजार रुपैयाँ खर्च गर्‍यो। सन्चो भएर घर फर्किएका उनी फेरि बिरामी परेपछि सातादेखि नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा उपचार गराइरहेका छन्।

प्रतिकुल परिस्थितिमा सरकारले उल्लेखनीय काम गरेकोकाे सापकाेटाकाे दाबी

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले वर्तमान सरकारले राष्ट्रिय सहमतिको वातावरण बनाउनेजस्ता महत्वपूर्ण कामहरु गरेको भन्दै सरकारको सय दिने कार्यकाल सफल रहेको दाबी गरेका छन्।

सरकारका सय दिन त्यतिकै खेरगयोः सचिव ज्ञवाली

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारको सय दिने कार्यकाल अर्थहीन रहेको टिप्पणी गरेका छन् । शनिबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा सचिव ज्ञवालीले वर्तमान सरकारले यो मुल्यवान समय खेर फालेको आरोप लगाएका हुन्। उनले भने,‘यो सय दिन खेर गएको छ, निर्वाचन अनिश्चिततातिर धकेलिरहेको छ, निर्वाचनकालागि यो सरकारले कुनै उल्लेखनीय काम गर्न सकेको छैन।’

सरकारको स्वरुपबारे छिट्टै निर्णय लिइने : ट्रम्प

अमेरिकी राष्ट्रपतिमा हालैमात्र निर्वाचित डोनाल्ड ट्रम्पले आफूले ‘भेट्रान्स डे’ बिदालाई नयाँ सरकारको स्वरुप निर्माण गर्न प्रयोग गर्ने बताउँदै शुक्रबार आफ्नो सरकारमा सहभागी सदस्यहरुको छिट्टै टुङ्गो लगाउने बताएका छन् ।

सरकारले भाका सार्ने मात्र काम गर्योः महतो

संघीय समाजवादी फोरम नेपालका सांसद एवं केन्द्रीय सदस्य बीरेन्द्र महतोले सरकारले मधेसमा माग सम्बोधन गर्न आलटाल गरिरहेको बताएका छन्। उनले मधेसमा माग सम्बोधन गर्ने सर्तमा वर्तमान सरकारलाई मधेसी मोर्चाले समर्थन गरेको उल्लेख गर्दै सरकारले भने मधेसका माग सम्बोधन गर्न आलटाल गरिरहेको गुनासो गरेका हुन्।

सरकारले १०० दिन पूरा गरेकाे अवसरमा सम्बाेधन गर्दै प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गरी सम्बोधन गरिरहेका छन्।

सडक बालबालिकाको सरकारी व्यवस्थापन

उपत्यकाका सडक बालबालिकाको सहारा बालबालिका खोजतलास समन्वय केन्द्र बनेको छ। केन्द्रले सडक बालबालिकाको उद्दारपछि उचित व्यवस्थापन गरिरहेको केन्द्रका कार्यक्रम अधिकृत सन्तोषचन्द्र अधिकारीले बताए।

सरकारले राष्ट्रिय अडान लिन सकेन: अाचार्य

नेकपा एमालेका सचिव भीम आचार्यले अहिले बाहिर चर्चा भएजस्तोगरि नागरिकता, भाषा, सिमांकन र राष्ट्रिय सभाको प्रतिनिधित्वबारेको समस्याको हल गर्ने कुरामा आफ्नो पार्टीको कुनै सहमति नरहने बताएका छन। उनले बाहिर चर्चा भएजस्तो विवादित विषयमा एमाले सहमत नभएको बताए। ‘अहिलेको संविधान अनुसार सिमांकन परिवर्तन हुनै सक्दैन, यहाँ मान्छेहरुले कुनै नबुझी हचुवाको भरमा बोलिरहेका छन्,’ उनले भने।

पूरक बजेट ल्याउने तयारीमा सरकारः प्रधानमन्त्री

–प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले पूरक बजेट ल्याउने तयारी गरेको बताएका छन्। यसअघिको सरकारले ल्याएको बजेट लोकप्रिय भएको थियो। तत्कालीन केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता दिएर आफ्नै नेतृत्वमा सरकार गठन गरेका माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले पूरक बजेट ल्याउने तयारीमा सरकार लागेको बताएका हुन्।

अंगीकृतको नाममा संशोधन तुहाए दाहाल सरकार ढल्ने फोरम नेता यादवको चेतावनी

संघीय समाजवादी फोरम नेपालकी नेतृ रेखा यादवले अंगीकृत नागरिकताको विरोध देखाएर संविधान संशोधन तुहाउन खोजिए वर्तमान सरकारलाई कसैले जोगाउन नसक्ने चेतावनी दिएकी छन् ।

सरकारको काम संविधान संशोधन र निर्वाचन: उपप्रधानमन्त्री निधि

नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले वर्तमान सरकारको संविधान संशोधन र निर्वाचन गराउनु दुईवटा मुख्य काम भएकाले यसैमा लागिपरेको बताएका छन्।

सरकारको विदेश नीति राष्ट्र हित विपरित: ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले सरकारको विदेश नीति राष्ट्रिय हित विपरित रहेको बताएका छन्। वर्तमान सरकार गठन छिमेकीसँगको सम्बन्ध असन्तुलित बनाउने उद्देश्यले भएको ओलीले आरोप लगाए। सुदुरपश्चिमको भ्रमणमा आएका ओलीले मंगलबार गेटा विमानस्थलामा पत्रकारसँग कुरा गर्दै सरकारको गतिविधिप्रति चीनको चासो सुनेको उल्लेख गर्दै वर्तमान सरकारको गतिविधि छिमेकी सम्बन्धमा चलि आएको राष्ट्रिय नीति विपरित र अनुचित खालको भएको बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्