कार्की अझै सरकारी निवासमा
सर्वोच्च अदालतको फैसलाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तबाट पदमुक्त भएका लोकमानसिंह कार्कीले अझै सरकारी निवास छाडेका छैनन् ।
सर्वोच्च अदालतको फैसलाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तबाट पदमुक्त भएका लोकमानसिंह कार्कीले अझै सरकारी निवास छाडेका छैनन् ।
नेपालसँग रेल छैन। बर्दिबास–जयनगर रेलमार्ग भने एक वर्षभित्र सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको छ। निर्माण पूरा भएपछि उक्त रेल मार्गमा कसको रेल चल्छ त ? रेल विभागका महानिर्देशक अनन्त आचार्य भन्छन्– ‘कसको रेल चलाउने भन्ने हालसम्म टुंगो भएको छैन।’
राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणाले भूकम्प पीडित जनताको विषयमा काम नगर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीलाई कारबाही गर्नुपर्ने बताएका छन्।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई सरकारले सोधेको दास्रो स्पष्टीकरणको जबाफ अाज बुझाएका छन्। ज्ञवालीले यसअघि बुझाएको स्पष्टीकरण चित्त नबुझेको भन्दै सरकारले बिहीबार दोस्रोपटक 'तपाईंलाई पदबाट किन नहटाउने?' भन्ने बेहोरासहित चारबुँदे स्पष्टिकरण सोधेको थियो।
सरकारले आइतबार बस्ने संसद बैठकमा संविधान संशोधन प्रस्ताव पेश गर्ने तयारी गरेको छ। सो विषयमा शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र मधेसी मोर्चाका नेताबीच अनौपचारिक छलफल भएको छ।
नयाँ संविधानअनुसार स्थानीय तह पुनःसंरचना गर्न बनेको आयोगले ७ सय १९ स्थानीय सरकार बनाउन सरकारलाई प्रतिवेदन बुझाएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा आयोगले ६ हजार ५ सय ५३ वडा, ४ सय ६२ गाउँपालिका, २ सय ४१ नगरपालिका, १२ उपमहानगरपालिका र ४ महानगरपालिकासहितको प्रतिवेदन सरकारलाई बुझाएको हो।
अनियमीत दाङको बिमानस्थल नियमीत सञ्चालनका लागि सरकारले चासो देखाएको छ। ईन्धन डिपो, तथा यात्रु अभावको कारण देखाउँदै नियमीत उडान भर्न नसकेको यो बिमानस्थललाई कसरी सञ्चालनमा ल्याउन सकिन्छ भन्नेमा सरकारले चासो देखाएको हो।
सरकारको प्रमुख सचिवालय रहेको सिंहदरबारमा शुक्रबार ११ नबज्दै मन्त्रालयहरुमा कर्मचारी अभाव देखियो। सहसचिव र उपसचिव तहका केही कर्मचारी भए पनि अधिकृत र त्यो भन्दा तलका कर्मचारी एमालेको जुलुसमा हिँडेपछि मध्यान्ह नहुँदै मन्त्रालयहरु सुनसान बनेका थिए।
पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुशील ज्ञवालीले सरकारले पठाएको २४ घण्टे स्पष्टिकरण पत्र बुझेका छन्।
सन् २०१६ चीनमा ७६ जना सरकारी अधिकारी अनुशासनको कारबाही परेका छन् । यद्यपि यस कारबाही पर्नेमा चार लाख जनाभन्दा बढी रहेका सर्वसाधारण रहेका चिनियाँ कम्युनिष्ट पार्टीको अनुशासन विभागले जानकारी गराएको छ ।
सर्वोच्च अदालतले पूर्व अधिराजकुमारी प्रेरणा शाहको दाइजो दाबी गरिएको जग्गा सरकारी भएको फैसला सुनाएको छ। प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशद्वय सपना प्रधान मल्ल र दीपकुमार कार्कीको इजलाशले यसअघि गरेको फैसला उल्टाएको हो।
सरकारले तोकिएको समयावधिभन्दा बढी सेवा (काम) गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने भएको छ । मन्त्रिपरिषद्को आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले तोकिएको समयावधिभन्दा बढी सेवा गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो ।
सरकारले पुन निर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवालीलाई बर्खास्त गर्ने निर्णयप्रति प्रमुख प्रतिपक्ष एमाले आक्रोशित बनेको छ। एमाले अध्यक्ष केपी ओलीले भूकम्प पीडित अझै टहरामा बसिरहेको अवस्थामा सरकारले सिइओ अटाएर राम्रो नगरेको चेतावनी दिए।
एमाले नेता मावध नेपालले सरकारले तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन्। निर्वाचनको मिति घोषणा गर्न ढिला भइसकेको भन्दै नेता नेपालले सरकारले पहिला निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका हुन्।
किसानले आफ्नो उत्पादनबाट लगानीसमेत उठाउन नसकिरहेका बेला दक्षिण झापाका ६ वटा गाउँ विकास समितिलाई धान उत्पादनका लागि ‘सुपर जोन’ घोषणा गर्दै सरकारले कार्यक्रम सुरु गरेको छ।