९ आश्विन २०८१ बुधबार
image/svg+xml

पहिल्यै घर बनाएका भूकम्पपीडित अनुदानबाट वञ्चित

२०७२ सालको भूकम्पलगत्तै घर बनाएका भूकम्पपीडितले हालसम्म अनुदान पाउन नसकेको भन्दै खोटाङका जनप्रतिनिधिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आलोचना गरेका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सोमबार जिल्ला समन्वय समितिको हलमा आयोजना गरेको गुनासो तथा पुनरवलोकन कार्यविधिसम्बन्धी एकदिने अभिमुखीकरण तथा अन्तक्र्रिया कार्यक्रममा सहभागी जनप्रतिनिधिले २०७२ वैशाख १२ गतेको महाभूकम्पलगत्तै घर बनाएर बसिरहेका वास्तविक भूकम्पपीडितले हालसम्म राज्यको अनुदान पाउन नसकेको बताए।

भूकम्पलगत्तै घर बनाउने पीडितले अनुदान पाएनन्

उक्त कार्यक्रममा सहभागी जिल्लाका जनप्रतिनिधिले २०७२ वैशाख १२ को भूकम्पलगत्तै घर बनाएका वास्तविक पीडितलाई राज्यले अनुदान उपलब्ध गराउन नसकेको बताए।

वनमन्त्री बस्नेतद्वारा भूकम्प पीडितलाई घर हस्तान्तरण

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मानव वन्यजन्तु द्वन्द्वले निम्त्याएको जटिलता अन्त्यका लागि सरकारले प्रभावकारी उपाय खोजी गरिरहेको बताएका छन्।

अग्निपीडितलाई मेयरबाट दुई महिनाको तलब

जिल्लाको मलंगवा नगरपालिकाका मेयरसहित सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीले आफ्नो तलबबाट अग्निपीडित परिवारलाई राहत प्रदान गरेका छन्। मलङ्गवा नगरपालिका–१० जिविस चोकस्थित आगलागीबाट ६ वटा पसलमा आगो लाग्दा ६० लाखभन्दा बढीको धनमाल क्षति भएको थियो। सो आगलागीबाट पीडित बनेका आठ परिवारलाई राहत प्रदान गरिएको हो।

११ प्रतिशतले मात्र पाउँछन् क्षतिपूर्ति

वैदेशिक रोजगारीको क्रममा पीडित भएकामध्ये न्यायिक निकायबाट मुद्दा जितेका करिब ११ प्रतिशतले मात्र क्षतिपूर्ति पाउने गरेको तथ्य सार्वजनिक भएको छ। ठूलो संख्याका श्रमिक पीडित भइरहेको बेला न्यायिक निकायसम्म पुगेका सीमित पीडितमध्ये निकै थोरैले मात्र क्षतिपूर्ति पाउने गरेको तथ्य फेला परेपछि सरकारले पीडितलाई हक दिलाउन थप मेहनत गर्नुपर्ने देखिएको छ।

हुरीपीडितलाई प्रदेश सरकारको सहयोग

चैत १७ गते आएको विनासकारी हावाहुरीमा परी मृत्यु हुनेका परिवारका सदस्यहरुलाई प्रदेश नम्बर दुईका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले शुक्रबार नगद सहयोग गरेको छ।जिल्ला समन्वय समिति बाराको सभाहलमा आयोजित कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत तथा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले मपरिवारका सदस्यलाई तीन लाख ७५ हजारको चेक रकम हस्तान्तरण गरेका थिए।

द्वन्द्वपीडितलाई सीपमूलक तालिम

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले द्वन्द्वपीडितलाई सीप विकास तालिम दिने प्रक्रिया शुरु गरेको छ।

भूकम्पपीडितलाई सहुलियतमा ऋण दिन बैंकहरू सहमत

संवाद समूहद्धारा बुधबार सदरमुकाममा आयोजित कार्यक्रममा उपस्थित जिल्लाका दर्जन बैंक शाखाका प्रबन्धकले प्रभावितलाई सहज ढंगले सहुलियत ब्याजदरको ऋण प्रवाह गर्न सहमति जनाएका हुन्। उनीहरुले प्रक्रिया पु-याएर आउने प्रभावितलाई ऋणमा नढिलाउने सामूहिक प्रतिबद्धतासमेत जनाएका छन्।

सहुलियत ऋण दिन बैंकहरू सहमत

आर्थिक अभावले पुनर्निर्माण थाल्न नसकेका भूकम्पप्रभावितलाई सहुलियत ऋण उपलब्ध गराउन बैंक तथा वित्तिय संस्थाहरूले सहमति जनाएका छन्।

बारामा हुरी पीडितका लागि स्वास्थ्य शिविर, बालबालिकालाई शैक्षिक सामग्री

बाराको हुरी प्रभावित क्षेत्रमा शैक्षिक सामग्री वितरण तथा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ। मजोङ्ग फाउण्डेसन तथा वरिष्ठ साहित्यकार डा. रवीन्द्र पाण्डेको सहयोग र जीएचआरडीको आयोजनामा मंगलवार बाराको फेटा गाउँपालिका २ मा पीडितहरुको स्वास्थ्य जाँच तथा औषधि वितरण र बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो।

बारा–पर्साका हुरीपीडितलाई प्रदेश ३ को एक करोड सहयोग

बारा र पर्सामा गत चैत महिनामा आएको विनाशकारी हुरीपीडितलाई प्रदेश ३ सरकारले एक करोड सहयोग गरेको छ। प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश २ सरकारलाई एक करोड रुपैयाँ सहयोग गरेका हुन्।

फेरि त्रासमै

गत चैत १७ राति आएको हावाहुरीपीडितमा फेरि हुरीको त्रास भएको छ। केही दिन यता मौसममा खराबी आउन थालेपछि हावाहुरीपीडित त्रसित भनेका हुन्। मुसल्धारे पानीसहिति आएको हावा चल्दा स्थानीय चिन्तित भएको बाराको फेटा गाउँपालिका अध्यक्ष अमेरिलाल प्रसादले बताए।

यान्त्रिक कुचोको यात्रा

राजधानी काठमाडौँमा केही वर्षयता धुलोका कारण सबैभन्दा धेरै पीडादायी अवस्था देखिएको छ। धुलोबाट सिर्जित श्वासप्रश्वाससम्बन्धी रोगबाट सर्वसाधारण पीडित भएका छन्। नयाँ वर्षमा नयाँ उत्साह र समृद्धिका कुरा जति गरे पनि धुले सहरको बासिन्दा हुनुको पीडा असह्य छ। यो समस्या सम्बोधन गर्दै काठमाडौँ महानगरपालिकाले इटालीबाट ल्याएका पाँचवटा ब्रुमरले धुलो उठाउन थालेका छन्। ब्रुमर अर्थात् यान्त्रिक कुचो प्रयोग गरिए पनि सहरमा धुलो कम भएको छैन। यान्त्रिक कुचोले बढार्छ तर फेरि धुलो जस्ताकोतस्तै आइहाल्छ।

कथा: जुगनको सपना

ग्राहकका दारी, कपाल बनाइदिने नाइको दारी झुप्प थियो। फुलिसकेको कपाल, दारी। धामीको घरमा विरामी झै लाग्यो। पानी छिक्र्यो मेरो कपालमा नाइले। घांटी अलि निहुराई दियो।

‘टिआरसी आयोग हात्तीको देखाउने दाँत’

सत्य निरूपण तथा मेलमिलाप आयोग (टिआरसी) सरकारको देखाउने दाँत मात्र भएकाले कुनै पनि काम गर्न नसकेको आयोगकी सदस्य मञ्चला झाले बताएकी छन्। पदाधिकारी बीचको बेमेल, राजनीतिक दबाब र सरकारको उदासीनताका कारण काम हुन नसकेको भन्दै ‘आयोग हात्तीको देखाउने दाँत’ जस्तै भएको उनले टिप्पणी गरिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्