९ आश्विन २०८१ बुधबार
image/svg+xml

समन्वय नहुँदा भूकम्पपीडित मारमा

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय इमेलमा भर पर्दा ओखलढुंगाका भूकम्पपीडितसम्म उनीहरू लाभग्राही सूचीमा परेको सूचना पुगेको छैन।

सरकारले बिर्सियो, पीडितको पीडा उस्तै

२०७१ साउन १७ गते। अन्तर्राष्ट्रिय क्षेत्रमै हलचल मच्याउने गरी जुरे पहिरो निम्तिएको दिन। पाँच गाउँ सुलुत्त सुनकोसी नदीमा विलय गराउँदै एक सय ४५ जनाको एकै चिहान बनाएको जुरे पहिरोको शुक्रबार (साउन १७) पाँच वर्ष पूरा भएको छ। बर्खामा उर्लिएको सुनकोसी नदी लगातार ११ घन्टासम्म टम्म थुनेर विशाल कृत्रिम ताल बनाएको पहिरोले अन्तर्राष्ट्रिय समुदायकै ध्यान खिचेको थियो। दिन, महिना र वर्ष बित्दै जाँदा जुरे पहिरो बिर्सिइँदै गएको छ।

पहिरो पीडितलाई सहयोग

गुल्मेली अधिकृत समाजले जिल्लाको सत्यवती गाउँपालिका वडा नं ३ र ४ को लिम्घा तथा ठूलोलुम्पेकका बाढीपहिरो पीडितलाई दुई लाख ५१ हजार सहयोग गर्ने भएको छ।

समन्वय नहुँदा भूकम्पपीडित मारमा

खिजिदेम्बा गाउँपालिका–४ खिजिकातीका लालप्रसाद घिमिरेको घर २०७२ वैशाख १२ मा आएको विनाशकारी महाभूकम्पमा परी बस्नै नहुने गरी क्षति भयो। भूकम्पमा घर पूर्ण क्षतिमा परे पनि उनी राहत पाउने सूचीमा परेनन्। पहिलो पटक लाभग्राहीको सूचीमा नपरेका घिमिरेले गुनासो फारम भरे। तर त्यसपछि पनि लाभग्राहीको सूचीमा उनको नाम परेन।

‘अपहरणकारीलाई जोगाउन पीडित उपर नै मुद्दा’

पर्सा प्रहरीले अपहरणकारीलाई जोगाउनका निम्ति अपहरणमा परेका युवालाई नै पक्राउ गरी सार्वजनिक अपराध मुद्दा चलाएको पीडितका परिवारजनले आरोप लगाएका छन्। अपहरणकारीको कब्जाबाट फुत्किएर आफैं प्रहरीकहाँ पुगेका उपनेश चौरसियालाई प्रहीले फसाउन खोजेको उनका पिता जंगबहादुर चौरसिया, आमा सौखरानी देवी र परिवारका अन्य सदस्यले नेपाल पत्रकार महासंघ पर्सा शाखामा पत्रकार सम्मेलन गर्दै आरोप लगाए।

प्रधानमन्त्रीको घोषणाः शुक्लाफाँटा आरक्ष पीडितको पुनर्स्थापना यसै वर्ष हुन्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको तत्कालिन शुक्लाफाँटा वन्यजन्तु आरक्ष (अहिलेको राष्ट्रिय निकुञ्ज)बाट विस्थापितहरुको यसै आर्थिक बर्षमा समस्या समाधान गरिने प्रतिबद्धता जनाएका छन्। स्वतन्त्र छानविन समिति निर्माण गरी यसै आर्थिक बर्षमा पीडितको उचित पुनर्स्थापना गरिने उनको भनाई छ।

क्यान्सरपीडितको उपचारका लागि चटपटे व्यापार

तुलसीपुर उपमहानगरपालिका–१४, मलवार निवासी वीपिन ओलीको रक्त क्यान्सरको उपचारमा सहयोगका लागि केही युवाहरुले चटपटे व्यापार सुरु गरेका छन्।

पीडितलाई न्याय दिन सरकार असफल

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीमा नियुक्त भएपछि संक्रमणकालीन न्यायलाई सञ्चालन गर्ने कानुनी संयन्त्रलाई अन्तर्राष्ट्रिय मानव अधिकार कानुनको दायित्वभित्र पर्नेगरी अघि बढाउने प्रतिबद्धता जनाएका थिए।

गुल्मीका पहिरो पीडितलाई वैदेशिक रोजगार व्यवसायीको सहयोग

गुल्मीमा गएको पहिरोमा पुरिएर ज्यान गुमाउनेका परिवारलाई वैदेशिक रोजगार व्यवसायीले आर्थिक सहयोग गरेका छन्।

विपत्तिमा विकल्प

बाढी पहिरो आउने नियमित प्रक्रिया हो भने यसबाट जोगिने रणनीतिक तयारी किन नगर्ने? बाढी पहिरो धेरै जाने ठाउँ छ भने त्यस्ता ठाउँका बस्ती सुरक्षित ठाउँमा सार्ने उपाय किन अपनाइँदैन?

पीडितसम्म पुग्न दातालाई समस्या

दुई साताअघिको अविरल वर्षाका कारण जिल्लाको दक्षिण पश्चिम क्षेत्रका बाढी एवं डुबानपीडितले अझै राहत पाउन सकेका छैनन्।

बिच बाटोमै थन्कियो पहिरो पीडीतको राहत

मगंलवार रातिको पहिरोमा गाउँपालिकाको वडा नम्बर ३ र ४ मा १३ जनाले ज्यान गुमाएका छन्। यस्तै करिव ६० घरपरिवार विस्तापित भएका छन।

भूकम्पपीडितद्वारा प्राधिकरणविरुद्ध मुद्दा

सरकारले घर बनाउन अनुदान नदिएको भन्दै जिल्लाका एक हजार तीन घरधुरीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणविरुद्ध मुद्दा दर्ता गराएका छन्। पटकपटक गुनासोमा निवेदन दिए पनि भूकम्पपछिको आवास पुनर्निर्माणमा अनुदान पाउनयोग्य नभएको भन्दै उजुरी हालेका हुन्।

सरकारी नीतिबाट पीडितसँग आबेद्वारा क्षमा याचना

जापानका प्रधानमन्त्री सिन्जो आबेले सरकारी नीतिले असर परेका जनतासँग बुधबार माफी मागेका छन्। कुष्ठ रोगका विरामीलाई पक्षपात गर्ने गरी यसअघि लागू भएको नीतिगत व्यवस्थाले पर्न गएको असर र विभेदप्रति प्रधानमन्त्रीको रूपमा आफूले सम्बन्धित जनतासँग माफी चाहेको प्रधानमन्त्री आबेले बताएका छन्। ‘यस नीतिका कारण तपाईंहरुलाई परेको असरप्रति प्रधानमन्त्रीका रूपमा म गहिरो क्षमा याचना गर्दछु,’ उनले पीडितहरुसँग भने।

पीडित आशैआशमा, दातालाई ठाँउमा पुर्‍याउनै समस्या

दुई साताअघि परेको अविरल वर्षाका कारण जिल्लाको दक्षिण पश्चिम क्षेत्रका बाढीपीडितले अझै राहत पाउन सकेका छैनन्। स्थानीय तहका प्रमुख एवं वडाध्यक्ष तथा स्थानीय राजनैतिक नेतृत्वको खिचातानीका कारण सयौं पीडितसम्म अझै पनि सामान्य राहत समेत पुग्न नसकेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्