९ आश्विन २०८१ बुधबार
image/svg+xml

बाढी, पहिरो र डुबानबाट पीडितलाई राहतको व्यवस्था गर्न सरकारसँग माग

राष्ट्रिय जनता पार्टी, नेपालले बाढी, पहिरो र डुबानबाट पीडित जनतालाई तत्काल उद्धार र राहतको उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

प्रकोप पीडितलाई नेकपाको आर्थिक सहयोग

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओखलढुंगाले प्रकोप पीडितलाई सहयोग गरेको छ। बाढी पहिरोमा परेर ज्यान गुमाएका ओखलढुंगाका पाँच परिवारलाई नगद सहयोग गरेको हो। नेकपाका संस्थापक नेता पुष्पलालको ४१ औं स्मृति दिवसका अवसरमा कोष स्थापना गरि पीडित परिवारलाई आर्थिक सहयोग गरिएको हो।

पहिलो किस्ता नलिने भूकम्पपीडित आठ सय बढी

भूकम्प गएको चार वर्ष बितिसक्दासमेत जिल्लाका आठ सयभन्दा बढी भूकम्पपीडितले पहिलो किस्ता बुझेका छैनन्। अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय रसुवाका अनुसार जिल्लाका आठ सय चारजना लाभग्राहीले पहिलो किस्ता नबुझेका हुन्। किस्ता नलिनेमा उत्तरगया गाउँपालिकाका ३ सय ४१, आमाछोदिङ्मोका एक सय ६४, गोसाइँकुण्डका १ सय ४१, कालिकाका १ सय १५ र नौकुण्डका ४३ परिवार छन्।

पहिरोपीडितलाई रेडक्रसको राहत

ओखलढुंगाका पहिरोपीडिलाई रेडक्रसले राहत वितरण गरेको छ। २०७२ सालको भूकम्पबाट घरमाथिको जमिन धाँजा फाटेको स्थानमा गएको पहिरोको त्रासले गाउँ छाडेका विस्थापित २० परिवारलाई नेपाल रेडक्रस सोसाइटी ओखलढुंगा शाखाले राहत सामग्री सहयोग गरेको हो। मोलुङ गाउँपालिका–३ साबिक हर्कपुर केराबारीका २० परिवार अहिले प्राप्चाको फुयल गाउँमा बस्दै आएका छन्।

छोरीमाथिको बलात्कारमा आमाकै सहयोग (घटनाकाे नालीबेलीसहित)

धनुषाकी एउटी महिलाले आफ्नै छोरीमाथि बलात्कार गर्न स्थानीय एक पुरुषलाई साथ दिएको घटना सार्वजनिक भएको छ। भंगहा नागरपालिकी एक आमाले आफैंले जन्म दिएकी १२ वर्षीया बालिका छोरीमा बलात्कार गर्न स्थानीय ४० वर्षीय सीताराम महतोलाई साथ दिएको घटना बाहिरिएसँगै सबैको होस उडेको छ। रोजगारीको प्रलोभन देखाई आफ्नै आमाले जनकपुर लाने भनी भारतको दिल्ली पु¥याएर आफूले समेत अनैतिक सम्बन्ध राख्दै आएका सीतारामसँग यौन सम्पर्क गर्न लगाएको पीडित बालिकाले बताएकी छन्।

पहिरो पीडितलाई रेडक्रसको राहत

ओखलढुंगाका पहिरो प्रभावितलाई रेडक्रसले राहत प्रदान गरेको छ। २०७२ को भूकम्पबाट घरमाथिको जमिन धाँजा फाटेको स्थानका पहिरोको त्रासले गाउँ छाडेका विस्थापित २० परिवारलाई रेडक्रस सोसाइटी ओखलढुंगा शाखाले राहत सामग्री सहयोग गरेको हो।

बाढीपीडितलाई सहयोग

बाढीका कारण विस्थापित परिवार भोकभोकै रहेको समाचार नागरिक दैनिकमा प्रकाशित भएपछि यतिखेर रौतहटका बाढीपीडितलाई विभिन्न संघसंस्थाले राहत सामग्री वितरण गरिरहेका छन्।

बाढी पीडितलाईलाई अक्षयकुमारको सहयोग

बलिउड अभिनेता अक्षय कुमारले भारतको असम राज्यका बाढी पीडितलाई दुई करोड भारु सहयोग गरेका छन्। उनले आफ्नो औपचारिक ट्वीटरमार्फत असम राज्यका बाढी पीडितलाई दुई करोड भारु सहयोग गरेको जानकारी गराएका थिए।

बाढी पीडितलाई संघसंस्थाको सहयोग

विनाशकारी बाढीको कारण विस्थापित भएका परिवारहरु भोकभोकै रहेको समाचार नागरिक दैनिकमा प्रकाशन भएपछि यतिखेर रौतहटका बाढी पीडितहरुलाई विभिन्न संघसंस्थाहरुले राहत समग्री वितरण गरिरहेका छन्।

हेलिकोप्टरबाट अनुगमन, बाढीपीडित आक्रोशित

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, ऊर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, कृषि राज्यमन्त्री रामकुमारी चौधरी, राजपा अध्यक्षमण्डल संयोजक अनिलकुमार झा, संघ र प्रदेशका सांसदलगायतको टोलीले बाढी प्रभावित क्षेत्रको अनुगमन गरेको हो।

घरिघरि तर्सिन्छन् बाढीपीडित

पूर्वमा बाग्मती बग्छ, पश्चिममा झाझ खोला । यी दुवैको मध्यमा पर्छ महावती कुम्हइनको घर । उमेरले ६ दशक नाघेकी महावती पाँच दिनदेखि बाग्मटीको तटबन्धमा पाल टाँगेर बसेकी छन् । बाढीले बस्ती नै डुबाएपछि ६५ वर्षीया महावतीको जीवन कष्टकर बनेको छ । पति किशोर पण्डित, चार छोराबुहारी, १६ नातिनातिनासहित महावतीको २६ जनाको परिवार बाग्मती नदीको तटमा पाल टाँगेर बसेको छ । महावतीको परिवारले २०७४ सालमा आएको बाढीले घरबार तहसनहस बनाएको घाउ निको हुन नपाउँदै फेरि अर्को बाढीको सामना गर्नुपरेको छ ।

डोल्पाका पहिरो पीडितलाई राहत बाँड्न मन्त्रीसहितको टोली घटनास्थलमा

डोल्पाको मुड्केचुला गाउँपालिका वडा नम्बर १, २ र ३ मा पहिरो पीडितलाई राहत बाँड्न एक टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ। कर्णाली प्रदेशका पर्यटन मन्त्री नन्दबहादुर बुढा, सांसद बीरबहादुर शाही, बदनी बोहरा, कर्णाली प्रदेश आन्तरिक मामिला मन्त्रालयका अधिकृत कृष्णबहादुर रोकायसहितको टोली त्यसतर्फ गएको हो।

बाढीपहिरो पीडितलाई कांग्रेस सांसदले ५ दिनको तलब दिने

नेपाली कांग्रेसका सांसदले देशभरका बाढीपहिरो पीडितलाई ५ दिनको तलब दिने भएका छन्। प्रतिनिधिसभामा बाढीपहिरोबारे छलफल गर्न जरुरी महत्वको प्रस्ताव दर्ता गराएको कांग्रेसको संसदीय दलले सोमबार आफ्ना सांसदको ५ दिनको तलब बाढीपहिरो पीडितलाई दिने निर्णय गरेको हो।

राहत तथा उद्धार जुट्न राष्ट्रपतिको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले बाढीपहिरो तथा डुबान पीडितको उद्धार तथा राहतमा सबैजना जुट्न आग्रह गरेकी छन्। राष्ट्रपतिले आइतबार एक विज्ञप्ति जारी गर्दे सो आह्वान गरेकी हुन्।

हुरीपीडितका घर निर्माणमा

घर निर्माणमा ढिलाइ भएको भन्दै बाराका हुरीपीडितले गुनासो गरेका छन्। जेठ अन्तिम सातासम्म चार सय ६३ घर निर्माण गर्ने दाबी गरिए पनि असारको दोस्रो साता बितिसक्दा समेत ५० वटा मात्र घर तयार भएका छन्। नेपाली सेनाले निर्माणको जिम्मा लिए पनि घरनिर्माणमा ढिलाइ हुँदा हुरीपीडितले सास्ती खेप्नुपरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्