२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पहिरोपीडितलाई रेडक्रसको राहत

ओखलढुंगा – ओखलढुंगाका पहिरोपीडिलाई रेडक्रसले राहत वितरण गरेको छ। २०७२ सालको भूकम्पबाट घरमाथिको जमिन धाँजा फाटेको स्थानमा गएको पहिरोको त्रासले गाउँ छाडेका विस्थापित २० परिवारलाई नेपाल रेडक्रस सोसाइटी ओखलढुंगा शाखाले राहत सामग्री सहयोग गरेको हो। मोलुङ गाउँपालिका–३ साबिक हर्कपुर केराबारीका २० परिवार अहिले प्राप्चाको फुयल गाउँमा बस्दै आएका छन्।

सुरक्षित बसोबासका लागि ठाउँ सरेकाहरूलाई लत्ताकपडा, भाँडाकुँडासहितको गैरखाद्य सामग्रीको प्याकेज सहयोग गरिएको रेडक्रस जिल्ला सभापति सुमन राजभण्डारीले बताए। प्याकेजमा बाल्टीन, जग, डाडु, पनिउँ, थाल, कचौरासहितका भाँडा सेट र कम्बल, त्रिपाललगायत सामग्री दिइएको हो।
 

प्रकाशित: ७ श्रावण २०७६ ०१:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App