६ कार्तिक २०८१ मंगलबार
image/svg+xml

च्याउ टिप्न जाँदा चट्याङ लागेर बालकको मृत्यु

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका २ बोलगैरा जंगलमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ।

ट्रयाक्टर दुर्घटनामा दुई बालकको मृत्यु

सर्लाहीका दुई छुट्टाछुट्टै स्थानमा भएको ट्रयाक्टर दुर्घटनामा परेर दुई बालकको मृत्यु भएको छ।

खेल्ने क्रममा पासोमा परेर बालकको मृत्यु

भानु नगरपालिका–१३ चनौटेमा खेल्ने क्रममा डोरीको पासोमा परेर बालकको मृत्यु भएको छ। शनिबार विहान ९० वर्षीय अशक्त हजुरआमाले खाटबाट उठ्न बस्नको लागि प्रयोग गर्ने रसिमा  खेल्ने क्रममा मुन्टो छिराउँदा ८ वर्षिय बालक सुवास अधिकारीको मृत्यु भएको हो।

सेतीमा डुबेर बालकको मृत्यु

सेती नदीमा पौडी खेल्न गएका एक बालकको डुबेर मृत्यु भएको छ। शनिबार जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारका मोतिलाल विश्वकर्माका १२ वर्षीय छोरा विवेक विश्वकर्माको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।

खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु

रौतहटको देवाही गोनाही नगरपालिकामा बाढीको पानी जमेको खाल्डोमा डुब्दा शनिबार दुई बालिकाको ज्यान गएको छ।

करेन्ट लागेर युवककाे मृत्यु

हरिवन बजारस्थित लेथ मेशिनमा काम गर्ने लालबन्दी नगरपालिका-१० निवासी मनाेज भन्ने काजिमान बुढाथाेकीकाे मृत्यु भएकाे हाे।

मह काढ्ने क्रममा रुखबाट लडेर मृत्यु

कैलालीको जानकी गाउँपालिका–९ अमरावतीका ३३ वर्षे हिरो बिष्टको आज माहुरीको मह काढ्ने क्रममा रुखबाट लडेर ज्यान गएको छ।

सोलुखुम्बुमा भीरबाट लडेर एक भारतीयको ज्यान गयो

सोलुदुधकुण्ड नगरपालिका र नेचासल्यान गाउँपालिकाको सिमानामा रहेको दाल्दु भीरबाट लडेर एक भारतीय नागरिकको ज्यान गएको छ। सुस्त मनस्थिती भएका भारत आसामका जयदेव ईन्ट्रिको भीरबाट लडेर ज्यान गएको हो।

बाजुरामा जीप दुर्घटना, दुईको मृत्यु

बाजुरा र कालिकोटको सीमा क्षेत्र नजिकै ज्रपाली भन्ने स्थानमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जगन्नाथ गाउँपालिकाको पीलुचौरबाट कालिकोटको जितेगडा जाँदै गरेको क १ ज २१ नम्बरको जिप ज्रपालीमा दुर्घटना भएको हो ।

भारतीय ‘डोसा किङ’को मृत्यु

विश्वभरि शाखा रहेको भारतीय रेस्टुराँ कम्पनी ‘सरवण भवन’का मालिक पी राजगोपालको ७२ वर्षको उमेरमा हृदयाघातका कारण मृत्यु भएको छ। आफ्नै एक कर्मचारीको हत्या गरेको अभियोगमा भारतको सर्वोच्च अदालतद्वारा आजीवन कारावासको सजाय सुनाइएका राजगोपाललाई ‘डोसा किङ’ को उपनामबाट पनि चिनिन्छ। अदालतको फैसलापछि उनले गत जुलाई ९ मा अदालतसमक्ष आत्मसमर्पण गरेका थिए। कारावास जीवन बिताइरहेका बेला उनको स्वास्थ्य अवस्था बिग्रिएपछिसरकारी अस्पतालमा भर्ना गरिएको थियो।

मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु

मोटरसाइकल दुर्घटनामा परी एक वडाध्यक्षको मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्नया गाउँपालिका १ का अध्यक्ष करिब ४५ वर्षीय कलशबहादुर चन्द रहेका छन्।

बाढीले बगाउँदा महोत्तरीमा थप एक बालककाे मृत्यु

विग्ही नदीमा आएको बाढीले वगाउँदा महोत्तरीमा थप एक बालक मृत्यु भएको छ। मटिहानी नगरपालिका ९ वहुअर्वा घर भएका श्याम यादवको ७ वर्षिय छोरा पंकज यादव सोमबारदेखि बाढी बगाउँदा वेपता भएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्