सिन्धुली– सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका २ बोलगैरा जंगलमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ।
आइतबार हरीहरपुरगढी गाउँपालिका २ चइनपुर बस्ने सेर ब. तिरुवा बिकको ११ बर्षीय छोरा नबराज तिरुवा बि.क आफ्नो घरदेखि २ कि.मि. पश्चिम च्याउ टिप्न जाँदा अचानक पानीसँगै परेको चट्याङ लागि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
नवराजको घटनास्थलमै मृत्यु भएकोे प्रहरीले जनाएको छ। मृतक बालक जनप्रभात निम्न माध्यमिक विद्यालयको कक्षा ३ मा अध्ययनरत थिए।
प्रकाशित: ५ श्रावण २०७६ १५:१३ आइतबार