सर्लाही– विद्युतीय करेन्ट लागेर सर्लाहीकाे हरिवनमा एक युवककाे मृत्यु भएकाे छ।
हरिवन बजारस्थित लेथ मेशिनमा काम गर्ने लालबन्दी नगरपालिका-१० निवासी मनाेज भन्ने काजिमान बुढाथाेकीकाे मृत्यु भएकाे हाे। गणेश भट्टराईकाे लेथ मेशिनमा विद्ययुतीय तार मिलाउने क्रममा बिहान ११ बजेतिर ३५ वर्षीय बुढाथाेकीलाई करेन्ट लागेकाे ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विनाेद सुनुवारले जानकारी दिए।
करेन्ट लागेका बुढाथाेकीलाई नजिकैकाे स्वाभिमान अस्पतालमा उपचारका लागि पुर्याउँदा चिकित्सकले मृत घाेषित गरेका थिए। शव पाेष्टमार्टमका लागि सदरमुकाम मलंगवास्थित जिल्ला अस्पताल पठाउने तयारी भइरहेकाे प्रहरीले जनाएकाे छ।
प्रकाशित: ४ श्रावण २०७६ ०६:५५ शनिबार