६ कार्तिक २०८१ मंगलबार
image/svg+xml
खेल

बेलबारी गोल्डकप: ब्रिगेड ब्वाइज पराजित, बुटवल सेमिफाइनलमा

<br>

डिफेन्डिङ च्याम्पियन ब्रिगेड ब्वाइज क्लबलाई पराजित गर्दै बुटवल लुम्बिनी फुटबल क्लब बेलबारी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

मोरङ बेलबारीको लक्ष्मी मार्गमा जारी ७ औँ बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको मंगलबारको खेलमा बुटवलले ब्रिगेड ब्वाईजलाई २–१ गोलमा पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित पारेको हो।

प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको बुटवलले फाइनल यात्राका लागि बिहीबार झापा-११ सँग प्रतिस्पर्धा गर्नेछ।

खेलको सुरुवातमै गोल गर्दै ब्रिगेड ब्वाईजले अग्रता लिए पनि मध्यान्तरपछि बुटवलले खेलमा केही सुधार गर्‍यो। जसले उसलाई नतिजा आफ्नो पक्षमा पार्न मद्दत पुर्‍यायो।

खेलको २० औँ मिनेटमा ब्रिगेड ब्वाइजका सुजन ढंगोलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

५१ औं मिनेटमा बुटवलका एरिक विष्टलाई डिबक्सभित्र फाउल गरेपछि पाएको पेनाल्टीमा विष्टले गोल गर्दै खेललाई १–१ गोलको बराबरी पारे। ६२ औं मिनेटमा बुटवलका ग्लोरीले गोल थप्दै टोलीको गोल संख्या दोब्बर पारे।

खेलको म्यान अफ द म्याच एरिक विष्टले नगद ५ हजार र ट्रफी प्राप्त गरे। एलएक्स सिटी फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको बुधबारको खेल सिराहाको सलहेस फुटबल क्लब र भारत पश्चिमबंगलको दलसिंहपारा फुटबल क्लबबीच हुनेछ। 

प्रकाशित: ६ कार्तिक २०८१ २०:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App