१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

राजेन्द्र महतोको विवादित अभिव्यक्ति रेकर्डबाट हटाइयो

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको अभिव्यक्ति संसदको रेकर्डबाट हटाइएको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा महतोले सभामुख कृष्णबहादुर महरा र नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई जोडेर विवादित अभिव्यक्ति दिएपछि नेकपाका सांसद खगराज अधिकारी र कृष्णभक्त पोखरेलले नियमापत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरेका थिए।

जम्मु कश्मिरमाथि भारतले गर्‍यो चार ठूला निर्णय

भारतको उत्तरी राज्य कश्मिरमा केही दिनअघि भएको हिंसात्मक विवादपछि भारत सरकारले चार ठुलो निर्णय गरेको छ। उक्त निर्णय अनुसार भारतले काश्मीरलाई दिएको विशेष स्वायत्तता खारेज गर्ने भएको छ। भारतका गृहमन्त्री अमित शाहले सोमबार संसद्‌मा यस्तो घोषणा गरेका हुन्।

सुक्खा बन्दरगाह ठप्प

भारतका कोलकता, हल्दिया र बिशाखापटनम बन्दरगाहबाट नेपाललाई रेल लाइनमार्फत जोड्ने देशको एक मात्र सुक्खा बन्दरगाह ठप्प भएको छ। त्यहाँस्थित भन्सार कार्यालयको राजश्व संकलन पनि संगसंगै ठप्प भएको छ।

महिला मुद्दा बेवास्ता गर्ने अभिनेत्री विवादमा

अभिनेत्री रिमा विश्वकर्माले ‘घाँटीभन्दा तल त राम्री नै छे’ बोलको गीतमा अभिनय गरेको विषयमा सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी आइरहेका छन्। महिलालाई होच्याइएको सो गीतको भिडियो आफ्नो औपचारिक फेसबुक पेजबाट सेयर गरेकी अर्की अभिनेत्री केकी अधिकारीको चौतर्फी आलोचना भइरहेको छ।

प्रसववेदनामा नेकपा एकता

नियति वा परिबन्द, जे भने पनि एमाले र माओवादीबीच एकता भएको सत्य हो। तर नेपाल कम्युनिस्ट पार्टी एक भएर जान्छ भन्ने कुरा अर्धसत्य मात्रै हो।

सैन्य कोषबाट मेक्सिको सीमा क्षेत्रमा पर्खाल बनाइने

अमेरिकाको सर्वोच्च अदालतले मेक्सिकोसँग रहेको दक्षिणी सीमाको एउटा खण्डमा पर्खाल बनाउन राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य कोषबाट २.५ अर्ब अमेरिकी डलर प्रयोग गर्न पाउने आदेश दिएको छ।

ग्रिजम्यानको अनुबन्धन विवादमा

स्पेनिस ला लिगाका अध्यक्ष ह्याभियर टेवासले हालै मात्र बार्सिलोनामा अनुबन्धित स्ट्राइकर एन्टोनी ग्रिजम्यानको अनुबन्धन रद्द हुन सक्ने बताएका छन्।

नेकपामा नेपाल समूह हावी, स्कुल विभागमा अझै विवाद

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले जिल्ला इन्चार्ज र सहइन्चार्जका टुंगो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकले ७७ जिल्ला इन्चार्ज र सहइन्चार्जका साथै छ महानगरपालिकाका इन्चार्जको टुंगो लगाएको हो। पार्टी एकीकरण भएको एक वर्षपछि टुंगो लागेको जिल्ला इन्चार्जमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष हावी देखिएको छ।

‘बुढानिलकण्ठ स्कूलको जग्गामा कुनै हालतमा बसपार्क बन्दैन्’ (भिडियाे)

बुढानिलकण्ठ स्कूलका प्रधानध्यापक होमनाथ आचार्यले विद्यालयको जग्गामा बसपार्क बनाउने बिषयमा कुनै हालतमा सम्झौता नगर्ने बताएका छन्। बुधबार नागरिक न्यूज अनलाइनको फ्रन्टपेज कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।

सुडानमा शान्ति सैनिकको मृत्यु

सुडान र दक्षिण सुडानको विवादित सीमावर्ती नगर अबेईमा भएको आक्रमणमा एक जना शान्ति सैनिकको मृत्यु भएको छ।

कार्यसूची विवादले नौ दिन संसद् स्थगित

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा कार्यसूची तय गर्ने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच विवाद हुँदा संसद् बैठक ९ दिनसम्म स्थगित भएको छ। प्रतिनिधिसभाको बैठकमा बाढीको क्षति र राहतबारे गृहमन्त्री पहिला बोल्न पाउनुपर्ने सत्तारुढ नेकपाको अडान थियो।

गाउँपालिकाबीच सीमा विवाद, बोर्ड फालाफाल

जाजरकोटको शिवालय गाउँपालिका–१ र सुर्खेतको सिम्ताको वडा १ बीचमा छेडाचौरलाई आआफ्नो दाबी गरेपछि विवाद उत्पन्न भई सीमा क्षेत्रमा राखिएको बोर्ड फालाफाल अवस्थामा पुगेको हो।

विवाद विषादीयुक्त र मुक्तको

असारको पहिलो साताबाट नेपाल सरकारले भारतबाट आयातीत तरकारी तथा फलफूलहरू विषादी परीक्षण पश्चातमात्र नेपालमा बिक्री अनुमति दिने निर्णय गरेको थियो। तर नेपालीको विषादीमुक्त फलफूल तथा तरकारी खान पाउने खुसी तीनहप्ता हुन नपाउँदै तुहिएको छ। लोकतन्त्रपछिको पहिलो शक्तिशाली सरकार किन चुक्यो भनेर राजनीतिक वृत्तमा पक्ष÷विपक्ष बहस होला तर हरेक राजनीतिक आस्था अनि सबै पार्टीका कार्यकर्ताले दैनिक खाने तरकारी फलफूलहरूको स्वच्छताको विषयमा राजनीतिक आस्थाकै आधारमा फरक धारणा हुनुहुँदैन।

कांग्रेसमा किचलो

असन्तुष्ट पक्षले बैठकको मुख्य अजेन्डा नै महाधिवेशन र त्यसको तयारी हुनुपर्ने अडान राखेपछि आइतबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक साँझ औचारिकता दिएर स्थगन भएको छ।

देउवाको अडान र पौडेल–सिटौलाको चेतावनीले केन्द्रीय समिति अझै सुरु भएन

एजेन्डाका विषयमा शीर्ष तहमा विवाद भएपछि नेपाली काँग्रेस केन्द्रीय कार्य समिति बैठक अझै बस्न सकेको छैन। वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षले पार्टीको १४ औं महाधिवेशनको मितिबारे पनि केन्द्रीय कार्य समितिमा छलफल हुनुपर्ने एजेन्डा अघि सारेपछि आइतबार अपरान्ह २ बजेका लागि बोलाइएको केन्द्रीय कार्य समितिको बैठक अहिलेसम्म बस्न नसकेको हो। यसै विषयमा शीर्ष नेताहरुबीच छलफल भइरहेको छ

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्