२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

महाधिवेशन निर्णय लिन कांग्रेसले बोलायो बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशनका विषयमा छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन्।

गण्डकी प्रदेशः बहुमत सदस्य लिएर मुख्यमन्त्रीमा पोखरेलको दावी

कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका छन् ।

संगीतकार बाँस्कोटाद्वारा 'एनआरएन द सिङ्गर'मा भाग लिन आह्वान

वरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटाले विश्वभरि छरिएर रहेका नेपाली सांगीतिक प्रतिभालाई 'एनआरएन द सिङ्गर'मा भाग लिनका लागि आह्वान गरेका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) को साप्ताहिक श्रृङ्खला 'प्रवासी प्रवाह' मा बोल्दै उनले विदेशमा छरिएर रहेका सबै नेपाली भाषी प्रतिभालाई भाग लिन आह्वान गरेका हुन्।

बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।

सरकार चलाउन नसके फुर्सद लिन मुख्यमन्त्रीलाई सुझाव

सरकारको नेतृत्व गर्ने नसक्नेले पदमा झुण्डिरहनुभन्दा अरुलाई जिम्मा लगाएर फुर्सद लिनु राम्रो हुने बताए। किसानले मल नपाउँदा गत वर्ष हराएको सरकार कोरोना महामारीको दोस्रो लहरमा पनि हराएको कार्कीको आरोप छ।

कांग्रेस सभापतिले भने– ‘आगामी भदौमा पार्टीको महाधिवेशन हुन्छ’

म देशभरिका पार्टीका सम्पूर्ण साथीहरुलाई स्पष्टताका साथ भन्न चाहन्छु-२०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ। म यसमा पूर्ण प्रतिवद्ध छु।’ बुधबार प्रकाशित विज्ञप्तिमा उनले भनेका छन्।

पानीमा डुबेर एक जनाको मृत्यु

पक्की पुलको नजिकै जम्मा भएको पानीमा डुब्दा रामपतका कुल बहादुर कुमालको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी गणेश खनालले जानकारी दिए।

खोप ल्याउन जटिलता छः स्वास्थ्य मन्त्री तामाङ

गैरआवासीय नेपाली संघले आयोजना गरेको एक भर्चुअल अन्तरक्रियामा सम्बोधन गर्दै मन्त्री तामाङले नेपाल सरकारको पहिलो प्राथमिकता खोप ल्याउनु नै भएको र त्यसका लागि विभिन्न मुलुकहरुसँग समन्वय भइरहेको भएपनि खोपको उपलब्धता लगायत अन्य विविध कारण खोप ल्याउन केही समय लाग्ने बताएका हुन्। यद्यपी बेलायत अमेरिका लगायतका मुलुकले कोभ्याक्स अन्तर्गत उपलब्ध गराउने भनेर व्यक्त प्रतिबद्धताले केही राहत मिल्ने उनले बताए।

दुई सातामा कोरोनाबाट विदेशमा १३ जना नेपालीको निधन

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५४ देशमा १ लाख १० हजार ९६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। ती मध्ये १ लाख ६८ हजार २३ हजार नेपाली कोरोनामुक्त भएका छन्।

राजेन्द्र महतोको अभिव्यक्ति अक्षम्य : डा कोइराला

निर्वाचन घोषणा भइसकेको र निर्वाचन आचारसंहिंता लागू भइसकेको अवस्थामा सरकार हेरफेर गर्नु संविधान विपरित रहेको कोइरालाले बताए।

४२८ अक्सिजन कन्सन्ट्रेटर काठमाडौं आइपुग्याे

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सुरु गरेको 'नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ' अभियानअन्तर्गत विश्वभरका संघसंस्था र नेपाली समुदायका सहयोगमा थप ४२८ अक्सिजन कन्सन्ट्रेटर शनिबार साँझ काठमाडौंमा आइपुगेको छ।

४६ वर्षअघिको ‘मुगलान’लाई फर्केर हेर्दा

पुरुष बेचबिखनको यो दृष्टान्त झल्काउने गरी आजभन्दा लगभग आधा शताब्दी पहिले लेखिएको यस उपन्यासले आजसम्म उही र उस्तै कथानकका रूपमा निरन्तरता पाइरहेछ। त्यसैले आज पनि पैसा कमाउन खाडी मुलुक गएका थुप्रै युवामा हामी सुतारको चित्कार ध्वनि सुन्न सक्छौँ।

डेलीमेलको भ्रामक समाचार सच्याउन नेपाली दूतावास लण्डनको पत्र

लण्डनस्थित नेपाली दूतावासले बिहीबार यहाँको ‘डेलीमेल’ले प्रकाशित गरेको समाचारप्रति आपत्ति जनाएको छ । डेलीमेलले बेलायतीहरूको बिदालाई नेपाल भरियन्टको खतरामा परेको भनी समाचार प्रकाशन गरेको थियो ।

लसएन्जलस र सानफ्रान्सिस्कोमा नेपाली दुतावासको घुम्ती कन्सुलर सेवा हुँदै

अमेरिकाको क्यलिफोनियास्थित लसएन्जलस र सानफ्रान्सिस्कोमा नेपाली दुतावासको घुम्ती कन्सुलर सेवा हुने भएको छ ।

‘घर जलाएर खरानीको व्यापार नगरौं’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले चुरे दोहन गरेर व्यापार घाटा न्यून गर्ने सरकारको नारा खरानीको व्यापार गर्न घर जलाएजस्तै भएको टिप्पणी गरेको छ। कांग्रेसले चुरे दोहन तराई–मधेसलाई मरुभूमि बनाउने षड्यन्त्रको उपज भएको दाबी पनि गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्