१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।

राजदूत रेग्मी तथा उनकी धर्मपत्नी चन्द्रकला रेग्मी बग्गी चढेर बुधबार बकिङ्गघम राजदरबार पुगेका थिए। त्यसपछि बकिङ्गघम राजदरबारमा आयोजित एक समारोहमा राजदूत रेग्मीले भिडियो लिंकबाट विन्डसर राजदरबारमा रहेकी महारानी एलिजाबेथसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका थिए।  

उक्त अवसरमा महारानी एलिजाबेथले नेपालमा कोभिड १९ ले परेको असर तथा खोपको अवस्थाबारे राजदूत रेग्मीसंग जानकारी लिएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ। महारानीले ब्रिटिश सरकारले नेपालको विकास प्रयासमा सघाउने विषयलाइ प्राथमिकता दिएको बताएको पनि दूतावासले जनाएको छ।

सो अवसरमा राजदूत रेग्मीले कोभिड महामारीसंग जुध्न ब्रिटिश सरकारले हालै उपलब्ध गराएको सहायता लगायत नेपालको सामाजिक(आर्थिक विकासमा पुर्‍याएको सहयोगका लागि ब्रिटिश सरकारलाई धन्यवाद दिएका थिए। उनले नेपाल तथा बेलायतबीच रहेको २०० वर्ष भन्दा पुरानो सम्बन्धबारे चर्चा पनि गरेका थिए।

सन् १९३४ मा लन्डनमा नेपाली दूतावास स्थापना भए यता नियुक्त भएका रेग्मी ब्रिटेनका लागि नेपालका २१ औं राजदूत हुन्।

प्रकाशित: २७ जेष्ठ २०७८ ०१:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App