युएईमा पहिलो पटक नेपाली फेसन शो हुँदै
युएईमा पहिलो पटक नेपाली फेसन शो हुने भएको छ। रोयल आइल्याण्ड जनरल ट्रेडिङ तथा छेपारो डटकमको आयोजनामा फेब्रुअरी १० मा नेपाली फेसन शो हुन लागेको हो।
युएईमा पहिलो पटक नेपाली फेसन शो हुने भएको छ। रोयल आइल्याण्ड जनरल ट्रेडिङ तथा छेपारो डटकमको आयोजनामा फेब्रुअरी १० मा नेपाली फेसन शो हुन लागेको हो।
कविताले भन्छ, म पनि तिमीजस्तै श्रमजीवी मान्छे हुँ। हो, वर्गीय रुपमा हामी समान हौँला। तर एउटा गरिब बाहुन र एउटा गरिब दलितको पीडा उस्तै हो भन्नु बिल्कुल गलत कुरा हो। दलितहरू दलित भएकैले गरिब भएका हुन्। अझ महत्वपूर्ण कुरा के हो भने, वर्गीय आँखाले मात्रै हेरेर नेपालको दलित समस्या समाधान हुनै सक्दैन।
एक नयाँ ब्राण्ड ओट्टो नेपाली डिजिटल इलेक्ट्रोनिक्स बजारमा प्रवेश गरेको छ। नेपाली फिल्म लट–२ द्वारा न्युरोडस्थित ताम्राकार कम्प्लेक्समा ओट्टो मार्क सार्वजनिक गरियो। कार्यक्रममा हाकु (अभिनेता सौगात मल्ल) र गोफ्ले (अभिनेता दयाहाङ राई) तथा जयमाँ इन्टरकन्टिनेन्टल प्रालिका प्रतिनिधिहरुको उपस्थिति थियो।
घरेलु कामदारको रुपमा कुवेतमा कार्यर्त एक नेपाली महिलाको कुवेत प्रहरी हिरासतमा मृत्यु भएको छ। प्रहरीले पक्राउ गरेकी ३७ वर्षीय ती महिला को हुन् भन्ने सार्वजनिक भएको छैन।
रोजगारीको सिलसिलामा मलेसिया गएका एक रुकुमेलीको आफ्नै साथीको छुरा प्रहारबाट मृत्यु भएको छ।
नेपाली बालिका अमेरिका लगेर झन्डै ५ वर्षसम्म बलात्कार गरेको अभियोगमा नेपाली मूलका अजय कुमार देवलाई ३८७ वर्ष ४ महिना जेल सजायको फैसला सुनाइएको छ।
बलिउड फिल्म 'रईस' को प्रवर्द्धनमा सक्रिय बलिउड अभिनेता शाहरुख खानले नेपाली फ्यानप्रति आभार व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत फ्यानहरूसँग प्रत्यक्ष अन्तक्रिया गरिरहेका बलिउड अभिनेता शाहरुख खानको 'रईस' टोलीले नेपाली प्रशंसक एलिना रावललाई आभार व्यक्त गर्दै ट्वीटरमा रिप्लाइ गरेका छन्, 'रइस' फिल्मलाई मनपराइदिनु भएकोमा नेपाल र नेपाली फ्यानहरूप्रति आभारी छौं।
वैदेशिक रोजगारीका लागि मलेसिया गएका एक व्यक्तिको सडक दुर्घटनामा मृत्यु भएको छ।
विगत सात वर्षदेखि साउदीको जेलमा परेर डेढ महिनाअघि नेपाल फर्किएका एघार नेपालीहरुलाई मंगलबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहालले भेटेका छन्।
अष्ट्रेलियाको मेलबर्नमा बसोबास गर्दै आएकी एक नेपाली महिला छोरी सहित मृत भेटिएकी छिन्। भिक्टोरिया प्रहरीलाई उदृत गर्दै स्थानीय मिडियाले उल्लेख गरेअनुसार ३९ वर्षे आमा तथा उनकी ३ वर्षीया छोरी मृत भेटिएका हुन्।
भारत सरकारले मेडिकलमा जस्तै इन्जिनियरिङ अध्ययनअघि पनि परीक्षा दिनुपर्ने नयाँ मापदण्ड लागू गर्ने भएको छ। इन्जिनियरिङमा भर्ना हुँदा र पढाइ सकेपछि पनि सरकारी परीक्षा दिनुपर्ने नयाँ प्रावधान भारत सरकारले आगामी शैक्षिक सत्रदेखि लागू गर्न लागेको हो।
पर्साको परवानीपुर नजिकै भारतीय नम्बरको लहरी ट्रकले ठक्कर दिँदा एक युवतीको गएराति मृत्यु भएको छ. दुईजना गम्भीर घाइते भएका छन्।
छिमेकी भारतले विभिन्न खोट देखाउँदै आयात नै रोकेको नेपाली अदुवा र अलैंचीलाई विदेशी अनुसन्धाताले भने ‘उत्कृष्ट’ भन्दै प्रशंसा गरेका छन् । नेपालका निर्यातजन्य प्रमुख दुई कृषि उत्पादन अदुवा र अलैंची गुणस्तरीय रहेकै कारण विभिन्न पाँच मुलुकका अनुसन्धाताले लामो समय लगाएर अध्ययन समेत गरेका छन् ।
वैदेशिक रोजगारीका लागि कतार गएका एक नेपालीको मृत्यु भएको छ। स्यालाखदी–६, पहाडाका २१ वर्षीय गोविन्द बुढाथोकीको मृत्यु भएको हो।
आप्रवासीको स्वर्ग मानिने अमेरिकाबासी अाप्रवासी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शासन सुरु भएसँगै त्रसित भएका छन्। चुनाबी अभियानमै अाप्रवासी तथा शरणार्थीप्रति कडा देखिएका उनले हालै 'कार्यकारी अादेश' नै जारी गरेपछि त्यो त्रासको डिग्री अझ बढेको छ।