२५ कार्तिक २०८१ आइतबार
image/svg+xml

मकै र भटमासमा कृषि सुधार शुल्कले नेपालीे पोल्ट्री उद्योग मर्कामा

आर्थिक वर्ष ०७५/७६ को बजेटले मकै तथा भटमासको आयातमा कृषि सुधार शुल्क लाग्ने व्यवस्था गरेलगत्तै नेपालका दाना उद्योगीहरुले कुखुराको र अन्य दानाको भाउ बढाउने तयारी गरेका छन्।

कक्षा ११ र १२ मा नेपालीलाई कम क्रेडिट आवर

नेपाली भाषासँग सरोकार राख्ने विभिन्न पक्षबाट विरोध हुँदाहुँदै पनि राष्ट्रिय पाठ्यक्रम विकास परिषद्ले कक्षा ११ र १२ मा नेपाली विषयलाई ३ क्रेडिट आवरको व्यवस्थासहित विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप शुक्रबार पारित गरेको छ । परिषद्का अध्यक्ष शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको बैठकले पाठ्यक्रम प्रारुप पास गरेको हो।

नेपालीलार्इ विभेद नगर्न चेतावनी

पाठ्यक्रम विकास केन्द्रले नयाँ शैक्षिक संरचनाको राष्ट्रिय पाठ्यक्रम प्रारुपमा अनिवार्य नेपाली विषयको क्रेडिट आवर घटाएको भन्दै सरोकारवालाहरुले विरोध जनाएका छन्।

नेपाली भाषीको आवाज सम्बोधन गर्न ध्यानाकर्षण

विद्यालय तहको माथिल्लो तह कक्षा ११ र १२ मा अनिवार्य नेपालीको पाठ्यभार ४/४ पाठ्यघन्टा राख्न मुलुकभरका विभिन्न संघसंस्था, प्राध्यापक, शिक्षक तथा संसारभरका नेपाली भाषीबाट आएको सुझाव सम्बोधन गर्न मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालले सरकारको ध्यानाकर्षण गराएको छ।

समृद्ध नेपाल र सुखी नेपालीबारे लन्डनमा अन्तर्क्रिया

नेपालको संघीय संसदमा आर्थिक वर्ष २०७५/०७६ को बजेट प्रस्तुत भइरहँदा लन्डनस्थित नेपाली दूतावासको रौनक छुट्टै थियो। सरकारले अघि सारेको समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्तिको अभियानलाई सफल पार्न नेपाली दूतावासमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको हो।

गणतन्त्र नेपाली जनताको विजयको प्रतिक हो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र नेपाली जनताको विजयको प्रतिक भएको बताएका छन्। सैनिकमञ्च टुडिखेलमा आयोजित ११ औं गणतन्त्र दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्र सम्पूर्ण नेपालीको विजय उत्सव भएको बताएका हुन्।

हरेक नेपाली सुखी र खुशी भए मात्रै गणतान्त्रिक शासन व्यवस्था सुदृढ हुन सक्छ : सभामुख

सभामुख कृष्णबहादुर महराले गणतन्त्र प्राप्तिका लागि संघर्षका दौरान घाइते भएका सबै योद्धाको स्वास्थ्यलाभको कामना गर्दै उनीहरुको योगदानको सम्मान गरिने बताएका छन्।

नेपाली नागरिकता प्राप्त गर्न १५ सय घुस !

ईलाका प्रशासन कार्यालय हरिवनका कर्मचारीले नेपाली नागरिकता प्रमाणपत्र बनाएबापत सेवाग्राहीसँग १५ सय रुपैंया घुस माग्ने गरेको पाइएको छ।

नेपाली युवाको आँखामा केही गर्ने अदम्य साहस देखिरहेको छु : अध्यक्ष पापाडिमीट्रियु

विश्व प्रजातान्त्रिक युवा महासंघ संयुक्त राष्ट्रसंघबाट मान्यता प्राप्त अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो। यो संयुक्त राष्ट्रसंघ स्थापनाको १६ दिनपछि विश्वभरका युवाहरुमा शान्ति, स्थायीत्व तथा मित्रता कायम गर्ने र अन्याय, बेरोजगारी तथा साम्राज्यवादका विरुद्ध लड्ने उद्देश्यले सन् १९४५ मा स्थापना गरिएको थियो।

विदेशी भाषामा नेपाली पुस्तक

विदेशी भाषामा प्रकाशित पुस्तकका पाठक नेपालमा बढ्दै गइरहेका छन् । तर, नेपाली भाषामा लेखिएका र प्रकाशित पुस्तकको भने विदेशी पाठक खासै पाइँदैन । यसको प्रमुख कारण हो, नेपाली पुस्तक अंग्रेजी र अन्य भाषामा खासै अनुवाद नहुनु । नेपाली भाषामा लेखिएर अन्य भाषामा अनुवाद भएका पुस्तक औँलामा गन्न सकिन्छ।

नेपाली भाषा शिक्षकको मात्रै सम्पत्ति हो त ?

विगत एक महिनादेखि नेपाली विषय बचाउ अभियानका नाममा देशव्यापी रूपमा एक प्रकारको भाषिक आन्दोलन चर्किरहेको छ । अभियानको मुख्य माग कक्षा ११ र १२ दुवैमा अनिवार्य नेपाली न्यूनतम ४-४ पाठ्य घन्टा (क्रेडिट आवर) पढाइ हुनुपर्ने रहेको छ ।

नेपालीलाई अपहरण शैलीमा लैजान खोज्ने तीन भारतीय सुरक्षाकर्मीसहित चार पक्राउ

एकजना नेपाली व्यावसायीलाई नेपाली भूमिबाट अपहरणशैलीमा भारतीय प्रहरीले गाडीमा कोचेर लैजान लागेको अवस्थामा गौर भन्सारबाट नेपाल पुलिसले चार भारतीयलाई नियन्त्रणमा लिएको छ।

अमेरिकामा 'नेपाली बौद्धिक भेला'

गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रको आयोजनामा आगामी जुन १६ तारिखमा हुन लागेको बौद्धिक भेलाको तयारी अन्तिम चरणमा पुगेको छ।

अबैध सुन ओसारपसार गर्ने दुई नेपाली एक सातादेखि चिनियाँ हिरासतमा

अबैध सुन ओसारपसार गर्ने दुई नेपाली एक सातादेखि चिनियाँ हिरासतमा परेका छन्। चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट गत बिहीबार रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ सानोभार्खुका ग्याल दोर्जे तामाङ र आमाछोदिङ्मो गाउँपालिका–२ हाकुका विकास वाइवा पक्राउ परेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्