१० पुस २०८२ बिहीबार
image/svg+xml
कुलचन्द फोम्बो


  

कुलचन्द फोम्बोका लेखहरु :

तिम्लाई देउता मान्दा मान्दै बित्ने भयो जीवन!

तिम्लाई देउता मान्दा मान्दै बित्ने भयो जीवन,केही गर्छौ कि ठान्दा ठान्दै बित्ने भयो जीवन। हामीलाई उल्लु बनाइ तिमी हाँसीहाँसी बाँच्छौ,खाली पेट पटुकीले बान्दा बान्दै बित्ने भयो जीवन।

न काँडा न फूल बाटो उही छ सानु!

न काँडा न फूल बाटो उही छ सानु,न मलमपट्टी टाटो उही छ सानु। रगत र पसिनाले लपक्क भिजे पनि, न गोरु न गाढा राटो उही छ सानु।

खरिदबिक्री त रै छ जिन्दगी साँल्दाइ!

तिमीले घर बेच्यौ उसले सुन बेच्यो,तिमीले जीवन बेच्यौ उसले नुन बेच्यो। खरिद बिक्री त रै छ जिन्दगी साँल्दाइ, तिमीले मन बेच्यौ उसले गुन बेच्यो।

मायामोह

आज,सबै थोक भए पनि केही नभए जस्तो, फरक छ, हिजोको माया - पसिनामा थियो ,आजको माया पैसामा छ। हिजोको माया विश्वासमा थियो, आजको माया बैंसमा छ।

आँसु झार्दै रुन्छिन् आमा भ्यूटावरको छेउमा बसी!

आँसु झार्दै रुन्छिन् आमा भ्यूटावरको छेउमा बसी, डोकोनाम्लो डाँडापाखा गर्दा उमेर भछ असी। सिटामोल नपाएर मरेको हो उनकै छोरो, सराप्दै हिंड्छिन् बरा पटुकीले पेट कसी।

ढुङ्गो

त्यही ढुङ्गो जसलाई मैले बडो जतनले देउरालीको टुप्पोमा अड्याएको थिएँ। उसैले ठोकेछ मेरो टाउको। सम्झें, ढुङ्गालाई त गुन लाग्दैन भने के गुन लाग्थो निर्दयी मान्छेहरूलाई।

तेह्रथुमको समग्र हितका लागि पूर्वाग्रह विना काम गर्छु : मन्त्री ढकाल

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले तेह्रथुमको समग्र हितको निम्ति कुनै आग्रह–पूर्वाग्रह विना काम गर्ने बताएका छन्।

‘ब्लडमनी’को अभावमा युएईमा मृत्यु कुर्दै जोगी

तेह्रथुका ५० वर्षीय खड्गबहादुर जोगी ५ वर्षअघि वैदेशिक रोजगारीका लागि युएई गए। परिवारको लालनपालन र सुरक्षित भविष्यको सपना बोकेर आबुधावीको अल जुर्फ कम्पनीमा सुपरभाइजरको काम गर्न पुगेका थिए जोगी। तर उनको सपनामाथि ५ महिना नवित्दै बज्रपात प-यो। आफू सँगै काम गर्ने फिलिपिनी नागरिकको हत्याको आरोपमा उनले ५ वर्षको जेल सजाय र २ लाख दिराम (६२ लाख रुपैयाँ) जरिवाना भोग्नुप-यो।

तेहृथुम सरोकार समाजको अध्यक्षमा डाँगी

तेहृथुम सरोकार समाज नेपालको अध्यक्षमा मोहन डाँगी चयन भएका छन्। शनिबार राजधानीमा सम्पन्न छैठौं साधारणसभाले डाँगीको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। समितिमा डिल्लीराम ढुंगेल वरिष्ठ उपाध्यक्ष, गणेश घिमिरे, चिरिन्जिवी खतिवडा र हरिपतिलाल श्रेष्ठ उपाध्यक्ष चयन भएका छन्। यसैगरी महासचिवमा केशव भट्टराई, उप महासचिवमा योगेन्द्र कुरुम्बाङ्, कोषाध्यक्षमा रामप्रसाद बिमली, सह कोषाध्यक्षमा राम प्रसाद लकान्द्रीलाई चयन गरिएको छ।

नेपाली युवाको आँखामा केही गर्ने अदम्य साहस देखिरहेको छु : अध्यक्ष पापाडिमीट्रियु

विश्व प्रजातान्त्रिक युवा महासंघ संयुक्त राष्ट्रसंघबाट मान्यता प्राप्त अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो। यो संयुक्त राष्ट्रसंघ स्थापनाको १६ दिनपछि विश्वभरका युवाहरुमा शान्ति, स्थायीत्व तथा मित्रता कायम गर्ने र अन्याय, बेरोजगारी तथा साम्राज्यवादका विरुद्ध लड्ने उद्देश्यले सन् १९४५ मा स्थापना गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्