४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

एक डलर बराबर ११३ रुपैयाँ

अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरप्रति आकर्षण बढेकाले यसको मूल्य फेरि बढेको छ। नेपाली बजारमा डलरको मूल्य एक सय १२ रुपैयाँ नाघेको छ।

अझै गठन भएन विधान मस्यौदा समिति

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विधान मस्यौदा समिति गठन गर्न नसक्दा भदौमा गर्ने भनिएको महासमिति बैठक अन्योलमा परेको छ।

जापानमा नेपाली पाठ्यक्रममा आधारित विद्यालय

जापानमा नेपालीहरुको सामूहिक लगानीमा संचालित एभरेष्ट इन्टरनेशनल स्कुल आफ्नै भवनमा स्थानान्तरण भएको छ। नयाँ भवनको आइतबार विधिवत रुपमा उद्घाटन गरिएको छ। जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, सुगिनामी सिटीका मेयर र्‍यो तानाका, एनआरएन एशिया प्याशिफ़िक क्षेत्रिय संयोजक किरणबिक्रम थापा, स्कुलका अध्यक्ष डा. भूपालमान श्रेष्ठ, संचालक समितिका कार्यकारी सदस्य मेघराज नेपाल लगायतले संयुक्तरुपमा रिवन काटी भवनको उद्घाटन गरे।

‘दर्नाल अवार्ड’ सूदुरकी सरस्वतीलाई

बैतडीमा जन्मिएकी सरस्वती नेपालीले समाजिक न्यायको लागि काम गरेको २२ बर्ष भन्दा बढी भैसक्यो । सुदुरपश्चिमको बैतडीको सानो गाँउमा स्कुल पढेकी उनी कक्षा ६ मा हुँदा नै जातिय बिभेद बिरुद्ध प्रतिकार गरेको उनी बताउछिन् ।

कर आतंक रोक्न र मुलुकी ऐन सच्याउन कांग्रेसको माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कर आतंक रोक्न र मुलुकी ऐन सच्याउन माग गरेको छ। बजार मूल्यमा चर्को बृद्धिको भार बोकिरहेका नागरिकलाई स्थानीय तहमा अचाक्ली बृद्धि गरिएको करले झनै ढाड सेक्ने अवस्था बनेको भन्दै कांग्रेसले न्यायोचित करका लागि तत्काल उचित समाधानको पहल गर्न सरकारसँग माग गरेको हो।

पुन र भण्डारीको पुनरागमन

मलेसियन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका सागर पुन र विनोद भण्डारीले नेपाली राष्ट्रिय क्रिकेट टोलीमा पुनरागमन गरेका छन्।

गुन्द्री बजारबाट उठेर

रचना, सङ्गीत र गायनका वाग्यकार अम्बर गुरुङले उठाएको नेपाली सङ्गीतको आलम नेपाली सङ्गीतको शिखर–शीलामा सुस्पष्ट अंकित छ। उनले पु-याएको महत्वपूर्ण साथै अविस्मरणीय योगदान, सिर्जनात्मक कृति–कर्म र उठानबारे कथानक–कथन क्रमशः लिपिवद्ध गर्ने प्रचेष्टा हो ।

कर बृद्धिका विरुद्ध बुटवलमा कांग्रेसको प्रदर्शन

स्थानीय सरकारले चर्को कर लगाएको विरोधमा नेपाली कांग्रेस बुटवलमा सडक संघर्षमा उत्रेको छ। बुटवल उपमहानगरले मनपरि रुपमा कर बृद्धि गरेको विरोधमा शुक्रबार कांग्रेस प्रदर्शनमा उत्रेको हो।

पुनर्निर्माण : कहाँ चुक्यौँ ?

रसुवाको कालिका गाउँपालिका वडा नं. ३ इटपारेका बासिन्दा हुन् रामबहादुर नेपाली । उनको परिवार भूकम्पमा घर भत्किएपछि टहरामा त एकै ठाउँमा बस्न बाध्य भयो नै, ९ महिनाअघि मात्र आफ्नै घर बन्दा पनि टहरोमा बस्दा भन्दा फरक हुन सकेन

सुटिङ टोली बुधबार जाने

इन्डोनेसियामा हुने १८औं एसियाली खेलकुदअन्तर्गत सुटिङमा सहभागी हुने ६ सदस्यीय नेपाली टोली बुधबार पालेम्वाङ जाने भएको छ।

नेपालको प्रतिस्पर्धात्मक हार

नेपाली युवा टोलीले जब्बर रक्षात्मक प्रदर्शन गरेपछि एसियाली खेलकुदअन्तर्गत पुरुष फुटबलको पहिलो खेलमा मंगलबार जापानलाई साँघुरो जितमा रोकेको छ।

जापानमा रहेका नेपाली विज्ञ समुदायबीच अन्तर्क्रिया

जापानमा रहेका विज्ञ नेपाली समुदायको आयोजनामा टोक्योमा अन्तर्क्रिया भएको छ। नेपाल जापान डाइलोग सिरिज नाम दिएको अन्तार्क्रियामा जापानका विभिन्न विश्वविद्यालयमा अध्यापनरत नेपाली प्राध्यापक, अनुसन्धानकर्ता साथै कर्पोरेट सेक्टरमा कार्यरत विज्ञहरु सहभागि थिए। कार्यक्रममा नेपाली र नेपालसंग नजिक रहेका केहि जापानीहरुको पनि उपस्थिति रहेको थियो।

नेपालले सेमिफाइनलमा भारतसँग खेल्ने

बंगलादेशलाई ३–० को नतिजा सुम्पिएपछि नेपाली टोलीले साफ यु–१५ महिला फुटबलको सेमिफाइनलमा भारतको सामना गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्