६ आश्विन २०८१ आइतबार
image/svg+xml

जुम्लामा त्रास कम, तयारी तीव्र

जुम्लाको तिला गाउँपालिकास्थित देउराली माध्यमिक विद्यालय जुम्लाकोटले हरेक दिनको पहिलो घण्टी कोरोना भाइरसको संक्रमणबाट बच्ने उपायका बारेमा विद्यार्थीलाई पढाउन थालेको छ। कोरोना भाइरस, यसको लक्षण र बच्ने उपायका बारेमा विद्यार्थीलाई पहिलो घण्टीमा पढाउदै आएको हो। सँगै कोरोना भाइरसको उत्पत्ति र सर्ने तरिका बारेमा अभिभावकलाई पनि सचेत बनाउँछ।

जुम्लाका चारवटा स्थानीय तहमा बन्दै १५ शैयाको अस्पताल

जुम्लाका चारवटा स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माण प्रक्रिया अघि बढेको छ। प्रदेश क्षेत्र (क) को गुठिचौर र प्रदेश (ख) का कनकासुन्दरी तिला र हिमा गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माण प्रक्रिया सुरु भएको हो।

स्याउ बिरुवा बेचेर करोडौं कमाउँदै जुम्ला

जुम्लाको गुठीचौर गाउँपालिकाका रुद्र देवकोटाले यो वर्ष स्याउका बिरुवा सोलुखम्बु पठाए। उनको नर्सरीबाट सोलुखुम्बुमा मात्र ६ सय बिरुवा निर्यात भयो।

अब जुम्लामै न्युरो सर्जरी

झण्डै दशकअघिसम्म जुम्लामा अञ्चल अस्पताल थियो। त्यो अस्पतालमा दरबन्दी अनुसारका कर्मचारी थिएनन्। औषधिको चरम अभाव हुन्थ्यो। अस्पताल पुगेका बिरामी रित्तो हात फर्कन बाध्य हुन्थे। दक्ष चिकित्सकबाट उपचार सेवा पाउँदैनन्।

जुम्लामा हिमपात

जुम्लामा फेरि आज बिहानदेखि हिमपात भएको छ। यसपटक पनि अघिल्लो हिउँ नपग्लिइ पुनः हिमपात भएको हो। लगातारको हिमपातले जनजीवन प्रभावित हुँदै गएको छ।

जुम्लाबाट ६१ प्रकारका जडीबुटी निर्यात

चालू आर्थिक वर्षको छ महिनामा जुम्लाबाट ६१ प्रकारका एक लाख ८३ हजार १३१ किलो जडीबुटी निर्यात भएको छ।

जुम्लामा स्याउ खेत बढ्दै

जुम्लामा बर्सेनि स्याउको क्षेत्रफल बढ्दै गइरहेको छ। स्याउखेतीबाट किसानलाई फाइदा हुन थालेपछि किसान स्याउखेतीमा आकर्षित हुन थालेका हुन्।

नेता फेरिए, जनताको जीवनस्तर फेरिएन

माओवादी कालमा खनिएका बंकर अझै छन्। जनसरकार घोषणा गरेका केही अवशेष अझै बाँकी छन्। गाउँबस्तीमा लेखिएका नारा मेटिएका छैनन्।

जुम्लाका हरेक स्थानीय तहमा सामुदायिक विपद् कार्य अभ्यास

जुम्लास्थित नेपाली सेनाले हरेक स्थानीय तहमा सामुदायिक विपद् कार्य अभ्यास गर्दै आइरहेको छ। स्थानीयबासीको प्रत्यक्ष सहभागितामा विपद् अभ्यास भइरहेको नन्दबक्स गण जुम्लाका गणपति दिवाकर रायमाझीले जानकारी दिए। उनका अनुसार गुठिचौर गाउँपालिकालमा चार दिनदेखि सामुदायिक विपद् अभ्यास भइरहेको छ। आगलागी, भूकम्प, बाढी, डुबान जस्ता विपद्को अवस्थामा, विपद्को दौरान र विपद् पश्चात कसरी सर्वसाधारणको उद्धार गर्ने भन्ने विषयमा अभ्यास भइरहेको उनले बताए।

ब्यारेकभित्र सुन्दर स्याउ बगैंचा

यो समयमा जुम्लास्थित २४ नम्बर बाहिनीमा कार्यरत हरेक सैनिक स्याउ बगैंचा व्यवस्थापनमा जुटेका छन्। उनीहरु स्याउको बिरुवा रोप्न खाल्डो खन्नेदेखि मलखाद व्यवस्थापन र गोडमेलमै व्यस्त छन्।

पाइन छाडे असला माछा

जुम्ला नुवाकोटका हरिलाल सार्की गत वर्षसम्म तिला नदीमा झरौला लिएर माछा मार्न जान्थे। उनी एक दिनमा झण्डै तीनदेखि पाँच केजीसम्म माछा मार्थे।

हिमपातले डोल्पा र जुम्लाको पैदल मार्ग अवरुद्ध

डोल्पा र जुम्लाको सीमा नाका पर्ने जगदुला गाउँपालिकाको मौरे भरभरे र मुडकेचुलाको भालु लेकमा भारि हिउँ जमेपछि दुई जिल्ला बीचको आवतजावत बन्द भएको छ। आवतजावत बन्द भएपछि जुम्ला र डोल्पाको पैदल मार्गबाट आदानप्रदान गरिने हुलाक डाँक सेवा समेत बन्द भएको जिल्ला हुलाक कार्यालय डोल्पाका प्रमुख जयशंकर धितालले बताए।

सडकले सुबिधाभन्दा सास्ती बढी

कर्णाली राजमार्गको दैलेख खण्डदेखि कालीकोट खण्डमा दिनहुँ समस्या आइरहन्छ। ठूला सवारीसाधनले साना सवारी साधन सहजै गुड्न सक्ने अवस्था छैन। जाम हुनसक्ने क्षेत्रमा तयारी अवस्थामा डोजर र सडकमा काम गर्ने जनशक्ति राख्न जरुरी छ। सुरक्षाका लागि सडक बीचमा रहेका सुरक्षाकर्मीलाई समेत पर्यटकमैत्री व्यवहार गर्न निर्देशन गर्न जरुरी छ।

जुम्लामा खस भाषाकाे पाठ्यपुस्तक निर्माण

जुम्लाको तातोपानी गाउँपालिकाले स्थानीय संस्कृती र सभ्यता संरक्षणका लागि खस भाषाको पाठ्यपुस्तक निर्माण गरेको छ। यहाँका २५ वटा विद्यालयमा खस भाषाको पाठ्यपुस्तक पठनपाठन हुन थालेको हो।

जुम्ला सदरमुकाममै छैन आधारभूत सुविधा

जुम्ला, सिँजाका जयबहादुर खत्री सदरमुकाम खलंगा बस्न थालेको झण्डै एक दशक बित्न थालेको छ। अध्ययनका लागि सदरमुकाम खलंगा बसेका उनी यस क्षेत्रमा आधारभूत सुविधा (विद्युत, खानेपानी, यातायात र सञ्चार) पाउन नसकेको बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्