६ आश्विन २०८१ आइतबार
image/svg+xml

अस्तव्यस्त जुम्ला, उकुसमुकुस जुम्ली

जुम्ला सिँजाका जयबहादुर खत्री सदरमुकाम खलंगा बस्न थालेको झण्डै एक दशक वित्न थाल्यो। उनी अध्ययनको शिलशिलामा सदरमुकाम क्षेत्रमा बस्छन्। विद्युत, खानेपानी, सडक यातायात र टेलिफोनको सहज प्रयोग गर्नकै लागि खलंगामा बसेको बताउँछन्। तर उनले गाउँबाट सदरमुकाम खलंगा आइपुग्दा सोचे अनुसारको सुविधा उपयोग गर्न भने पाएका छैनन्।

जुम्लाको देउडा टोली सुर्खेतमा

‘कर्णाली विपन्नताको पर्याय मात्र होइन्, सम्पन्नताको प्रतिक पनि हो’ भन्ने मान्यता स्थापित गर्न देउडा टोलीले गीतमार्फत सन्देश दियो। त्यो सन्देश भ्रमण वर्षमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्नको लागि निकै महत्वपूर्ण रह्यो।

जुम्लामा अत्याधिक चिसो, आगो बालेर गाडी स्टार्ट

जुम्लामा अत्याधिक चिसो बढेको छ। गत मंसिर अन्तिम साता परेको भारी हिमपातका अत्याधिक चिसो बढेको हो। चिसोका कारण जनजीवन कष्टकर बन्दै गएको छ। नदीबाहेक सानातिना खोलामा पानी बग्न छाडेको छ। खोलामा बरफ जमेको छ। खोलाको पानी प्रयोग गर्न नमिल्ने गरि बरफ जमेको स्थानीय बताउँछन्।

जुम्लामा अपरिचित व्यक्तिको शव फेला

जुम्लामा एक अपरिचित व्यक्तिको शव फेला परेको छ। जिल्लाको गुठिचौर गाउँपालिका ३ दामदासेमा अपरिचित व्यक्तिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

काठमाडौंको बजारमा जुम्लाको जौँ

जुम्ला तातोपानी ६ का दलबहादुर खड्का यहाँको गाउँबस्तीमा जौँ खरिदमा लागेका छन्। २०७० सालदेखि जौँ को ब्यापार गर्न थालेका खड्का प्रत्येक वर्ष न्यूनतम २० देखि ४० मेट्रिकटनसम्म जौँ काठमाण्डौ पुुर्‍याउँछन्। उनले भने,‘ जौँ बाली यहाँको हेलाको बाली हो। तर काठमाण्डौँमा राम्रो मूल्यमा बिक्री भइरहेको छ।’ पहिलो वर्ष १८ टन जौँ काठमाण्डौँ पुर्‍याएपछि एक्कासी माग बढेको छ। उनले अहिलेसम्म दस टन जौँ खरिद गरेर पठाउने तयारीमा छन्।

जुम्लामा जडिबुटी संकलनका लागि गएका १२ जना बेपत्ता

जुम्लाको तिला गाउँपालिका ९ स्थित शेरा फुलबारी पाटनमा जडिबुटी संकलन गर्न गएका १२ जना अझै फर्केका छैनन्। उनीहरु पाटनमा कस्तो अवस्थामा छन्,के गरिरहेका छन् भन्ने बारेमा सम्पर्क हुन सकेको छैन्।

जुम्लामा छाउपडि गोठ मुक्त अभियान सुरू

जुम्लाका स्थानीय तहले गैर सरकारी संस्थासँगको समन्वयमा छाउपडि गोठ मुक्त अभियान सुुरु गरेका छन्। समाजमा विकृतिका रुपमा जरा गाडेर बसेको छाउपडी प्रथा न्युनिकरणका लागि छाउगोठ मुक्त अभियान थालिएको हो।

'दमकलले पानी बोकिरह्यो, आगोले घर जलिरह्यो'

जुम्लाको चन्दननाथ नगरपालिका २ का विष्णु भण्डारीको घरमा आइतबार बिहान ११ बजे आगलागी भयो। आगो लागेको दस मिनेटमै नगरपालिकाको दमकल पुथ्यो। तर दमकल छिर्ने ठाउँ नै भएन्। दमकल रोकियो, घर जलिरह्यो। सुरक्षाकर्मीले खेतका आली र घरका पर्खाल फाडेर दमकल अटाउने बाटो बनाए।

जुम्ला विमानस्थलः पहुँचवाला उड्छन्, सर्वसाधारण फर्किन्छन्

गत वर्ष विमानस्थल सुरक्षा समितिको बैठकले सुरुमै आउनेलाई पहिलो टिकट पाउने निर्णय गर्यो। त्योे निर्णय हुँदा सर्वसाधारण निकै खुशी भए। उनीहरुले अब जहाज चढ्नकै लागि हारगुहार गर्न नहुनेमा ढुक्क थिए। तर त्यो निर्णय माइन्युटमा मात्र राखियो। न निर्णय कार्यान्वयन भयो, नत, सर्वसाधारणले सहजै रुपमा टिकट पाए। उल्टै पहुँचवालाको हालीमुहाली हुन थाल्यो। सर्वसाधारणले एक टिकट पाउन हप्तौँ विमानस्थल धाउनुपर्ने अवस्था आइपर्यो।

वनस्पती पकेट क्षेत्र बन्दै जुम्ला

जुम्ला वनस्पतीकाे पकेट क्षेत्र बन्ने भएको छ। वनस्पति अनुसन्धान केन्द्रले चालु आर्थिक वर्षदेखि वनस्पति पकेट क्षेत्र कार्यक्रम सञ्चालन गर्ने तयारी थालेको छ।

रेकर्ड तोड्दै जुम्ली स्याउ

जुम्ला सिँजा गाउँपालिकाका रामसिंह रावल स्याउ लिएर काठमाडौं पुगेका छन्। स्याउखेतीमा लागेका उनले आफ्नै फर्म दर्ता गरेर प्याकेजिङ, लेबलिङ र ग्रेडिङ गरे। ग्रेड ‘ए’ र ग्रेड ‘बी’ स्याउ बजार पुर्‍याउँदा उनको स्याउ थन्किएन। बरु मागअनुसार पुर्‍याउन नसकिएकोमा उनी दुःखी छन्। उनले भने, ‘जुम्ली स्याउप्रति सबैको धारणा सकारात्मक छ। तर नपाकेको र ग्रेडिङ नगरेको स्याउ बजार लैजाँदा किसानलाई घाटा भएको देखिन्छ।’

जुम्ला फुलमा परनिर्भर

कर्णाली राजमार्ग सञ्चालनमा आउनु अघि जुम्ला स्थानीय फुलमा आत्मनिर्भर थियो। हरेक जुम्लाबासीको केरेशावारीमा सयपत्री फुल देखिन्थे। त्यो फुल तिहारमा प्रयोग हुन्थ्यो। तिहारमा प्लाष्टिको माला भेटिदैनथ्यो। प्लाष्टिक माला दाजुभाइलाइ लगाउनु अशुभ मानिन्थ्यो। तर पछिल्लो समयमा जुम्लामा प्लाष्टिकको मालाको प्रयोग बढेको छ।

कर्णाली राजमार्ग सुधार गर्न जुम्लाबासीको माग

सुझाव संकलन गर्दै जुम्ला पुगेको अर्थ व्यवस्था समितिको टोलीलाई जुम्लाबासीले कर्णाली राजमार्ग सुधार गरिदिन माग गरेका छन्।

जुम्लामा पेट्रोलियम पदार्थमा कालो बजारी

जुम्लामा पेट्रोलियम पदार्थमा कालोबजारी गरेको भेटिएको छ। एक मात्र दर्तावाल पेट्रोल पम्पले पेट्रोलियम पदार्थको माग पुर्ति गर्न नसकेकोले बजारमा छ्यापछ्याप्ती खुद्रा पसलमा पेट्रोलियम पदार्थको किनबेच भईरहेको हो।

जुम्ला रारा म्याराथनः धीरबहादुर र राममायालाई उपाधि

कर्णाली खेलकुद क्लब जुम्लाको आयोजनामा भएको जुम्ला रारा म्याराथनमा पुरुषतर्फ जुम्लाका धिरबहादुर बुढा र महिलातर्फ राममाया बुढा प्रथम भएका छन्। धिरबहादुर बुढाले ५ घण्टा १३ मिनेट ३९ सेकेण्डमा ४९ किलोमिटर दुरी पार गरेर प्रथम भए। राममाया बुढाले ६ घण्टा ४६ मिनेट ३५ सेकेण्ड लगाएर प्रथम भएकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्