६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

जुम्ला फुलमा परनिर्भर

सदरमुकाम खलंगामा बिक्रिका लागि राखिएका प्लाष्टिक माला। तस्विर : धनबहादुर/नागरिक

जुम्ला- कर्णाली राजमार्ग सञ्चालनमा आउनु अघि जुम्ला स्थानीय फुलमा आत्मनिर्भर थियो। हरेक जुम्लाबासीको केरेशावारीमा सयपत्री फुल देखिन्थे। त्यो फुल तिहारमा प्रयोग हुन्थ्यो। तिहारमा प्लाष्टिको माला भेटिदैनथ्यो। प्लाष्टिक माला दाजुभाइलाइ लगाउनु अशुभ मानिन्थ्यो। तर पछिल्लो समयमा जुम्लामा प्लाष्टिकको मालाको प्रयोग बढेको छ।

सदरमुकाम खलंगाका हरेक दोकान तथा पसलमा प्लाष्टिक माला विक्रिका लागि राखिएको छ। स्थानीय सयपत्री फुलको साटो प्लाष्टिक माला भित्रिन थालेपछि किसान पनि फुलमा परनिर्भर देखिएका छन्।

स्थानीय खड्कबहादुर बोहोरा पछिल्ला तिहारमा सयपत्री फुलको माला भेटिन छाडेको बताउँछन्। उनले भने,‘प्रयाप्त रुपमा फुल लगाउन सके जुम्ला फुलमा आत्मनिर्भर बन्ने संभावना निकै छ। तर हरेक तिहारमा भित्रिने प्लाष्टिक मालाले फुल खेति गर्न किसान निरुत्साहित देखिन्छन्।

’मौसममा देखिको हलचलका कारण पनि फुल फुल्ने क्रममा पनि फेरवदल भएको छ। तिहार सम्म बारीमा देखिने फुल सुक्दै जान्छन्, उनले भने,‘फुलको रेखदेख र हेरचाह गर्न सकेपछि प्लाष्टिक भित्र्याउनु पर्ने अवस्था छैन्। ’ बर्षेनी ७ देखि १० लाख रुपैयाँ सम्मको फुल जुम्लामा भित्रिने गरेको व्यवसायी बताउँछन्।

यो समयमा जुम्ला बजार प्लाष्टिक फुलले रंगिएको छ। फुल किन्ने दिदीबहिनीको घुइचो लाग्न थालेको छ। गाउँमा कहिकतै फाट्ट फुट्ट फुल देखिन्छन्। अर्का स्थानीय मानबहादु रावत भन्छन्,‘ आगामी दिनमा फुलखती संरक्षणका किसानको ध्यान केन्द्रित गर्न जरुरी छ।

प्लाष्टिकको फुल तिहारमा लगाउनु उपयुक्त मानिदैन्। ’बजारमा प्लाष्टिकको माला न्युनतम १५ रुपैयाँ देखि डेढ सय रुपैयाँ सम्म किनबेच भइरहेको छ। स्थानीय सरकारले फुल खेति प्रवद्र्धनका क्रियाकलाप अघि बढाउनु पर्ने स्थानीय बताउँछन्।

यहाँ गुलाव, सयत्रपी लगायतका सयौँ थरिका पाटनमा फुल फुल्छन्। दिदीबहिनी पनि प्लाष्टिक माला दाजुभाइलाइ लगाइदिन उत्साहित हुन्छन्,उनले भने,‘दाजुभाइ पनि प्लाष्टिक माला लगाइदिदा खुुसी महशुस गर्छन्। यो नै ठुलो समस्या हो। ’जुम्लाका एक नगरपालिका सहित ७ गाउँपालिकामा फुलखेतिको संभावना छ। तर फुल खेती गर्न किसान जागर लगाउँदैनन्। यो बिडम्वना नै हो।
 
 

प्रकाशित: १० कार्तिक २०७६ ०८:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App