१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजरायल–हिजबुल्लाहबीच ६० दिने युद्धविराम : नेतान्याहुले दिए तीन कारण

‘गुड न्यूज’ भन्दै राष्ट्रपति बाइडेनद्वारा स्वागत

इजरायलको युद्ध मन्त्रिपरिषद्ले लेबनानसँगको ६० दिने युद्धविराम सम्झौता पारित गरेको छ। मंगलबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हस्ताक्षर गरेका हुन्। 

अमेरिकी राष्ट्रपति जो बाइडेनले यसलाई ‘गुड न्यूज’भनेर स्वागत गरेका छन्। युद्धविराम सम्झौता अनुसार, इजरायलले दक्षिणी लेबनानबाट आफ्ना सैनिक फिर्ता लिने र हिजबुल्लाहले सम्झौता उल्लङ्घन गरेमा इजरायललाई आत्मरक्षाको अधिकार रहने छ। 

यद्यपि, इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन ग्वीरले युद्धविरामको निर्णयलाई गलत कदम भनेका छन्। यसले हिजबुल्लाहलाई पुन: सशक्त बनाउन मद्दत पुर्याउने धारणा उनको छ।  

नेतान्याहुले युद्धविराम इरानको क्रियाकलापमा ध्यान केन्द्रित गर्न, थकित सैनिकहरूलाई आराम दिन र हमाससँगको संघर्षबाट हिजबुल्लाहलाई अलग गर्नका लागि भएको भनेका छन्। 

युद्धविराम संयुक्त राष्ट्रसंघको प्रस्ताव १७०१ को आधारमा भएको हो, जुन २००६ को इजरायल–लेबनान युद्धपछि आएर इजरायल र हिजबुल्लाह बीचको युद्धविरामको आधार बनेको थियो। 

लेबनान र इजरायलबीच युद्धविराम हुनुभन्दा केही घण्टाअघि हिजबुल्लाह र इजरायलले एकअर्कामाथि आक्रमण गरेका थिए। एजेन्सी

 

 

प्रकाशित: १२ मंसिर २०८१ ०८:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App