जुम्ला - जुम्ला सिँजाका जयबहादुर खत्री सदरमुकाम खलंगा बस्न थालेको झण्डै एक दशक वित्न थाल्यो। उनी अध्ययनको शिलशिलामा सदरमुकाम क्षेत्रमा बस्छन्। विद्युत, खानेपानी, सडक यातायात र टेलिफोनको सहज प्रयोग गर्नकै लागि खलंगामा बसेको बताउँछन्। तर उनले गाउँबाट सदरमुकाम खलंगा आइपुग्दा सोचे अनुसारको सुविधा उपयोग गर्न भने पाएका छैनन्। उनको धारामा नियमित पानी आउँदैन्। जसका कारण तिला नदिमा झण्डै आधा घण्टा हिडेर पानी ल्याउनु पर्ने बाध्यता छ । त्यो पनि प्रदुषित पानी।
नियमित टेलिफोन नेटवर्क पनि हुँदैन। नेपाल टेलिकमले सेवा दिने नाममा सेवा प्रभावित नै बनाउने गरेको आरोप जुम्लाबासीको छ। मोवाइलमा टावरको संकेत देखाउँछ, फोन लाग्दैन्,। कहिले माफ गर्नु होला तपाइले डायल गर्नु भएको फोन सम्पर्क हुन सकेन् भन्छ, कहिले एक घण्टी फोन जान्छ, फोन कट्छ। कहिले हेलो हुन्छ,राम्ररी सुनिदैन्। उनले भने,‘जुम्ली जीन्दगी निकै उकुसमुकुस नै छ। कहिले सहज रुपमा सबै सेवा उपभोग गर्न पाइएला। ’ टेलिफोनले राम्रो काम गरेको बेला यहाँ बिजुली बिग्रन्छ। बिजुली गएको केला टावर आउँछ। बिजुली र टेलिफोन टावरको तालमेल मिल्दैन्। बिजुली नहुँदा मोवाइल लगायत विद्युतीय समान प्रयोगमा आउन सक्दैनन्। जुम्ला विश्व खाद्य कार्यक्रमका भानु लिम्बु चिसोमा बत्ति र टेलिफोन बिग्रदा जनजीवन निकै प्रभावित भएको बताउँछन्।
उनले भने,‘बिजुली आधारभुत आवश्यकता भित्रको बिषय हो। टेलिफोन झन महत्वको कुरा हो। दुबै एकैपटक अवरुद्ध हुदा उकुशमुकुस नै होला जस्तो हुन्छ। ’२०४० सालमा स्थापित विद्युत गृहका टर्वाइन जीर्ण बन्दै गयो। सुरूमा दुई सय किलोवाट उत्पादन भएको बत्ती पछिल्लो समय ८० किलोवाटमा झ¥यो। परिणाम जुम्ला खलंगाबासीले दुई दिनको फरकमा एक दिन मात्र बिजुली बाल्न थाले।
भारतीय राजदूतावासले विद्युत समस्यालाई समाधान गर्न २ करोड ६३ लाख ७७ हजार सहयोग ग¥यो। त्यसले यहाँको जीर्ण विद्युत मर्मत गर्ने निधो भयो। अहिले त्यो रकमले दुई वटा टर्वाइन जुम्ला पुगे तर नियमित रुपमा ग्राहकको घरमा बिद्युत पुगेन्।
बिद्युत मर्मतको ठेक्का भारतीय कम्पनीलाई नै दिइयो। बढेर टेन्डर हाल्ने कम्पनीलाई विद्युत मर्मतको जिम्मा लगाइयो । त्यो ठकेदार कम्पनीले न जुम्लाबासीलाइ नियमित बिद्युत दियो। नत बिद्युतको कुनै बिकल्प नै। उल्टै नियमित आपुर्ति भइरहेको बिद्युत बिगा¥यो। जुम्लाबासीको जनजीवनलाई झनै अस्तव्यस्त बनायो। साना जल विद्युत उपभोक्ता समितिका अध्यक्ष विष्णु बुढथापा जुम्लाबासीले अपेक्षा गरे अनुसारको विद्युत आपुर्ति हुन नसकेको बताउँछन्।
जुम्लावासी उज्यालो युगबाट अध्याँरो युगमा प्रवेश गरेको अनुभति गर्छन्। न खलंगामा न विद्युत आउँछ। नत टेलिफोन राम्रो संग चलेको छ। मोबाइल चार्ज र अत्यवाश्यक कामसम्म पनि नहुने स्थिति बनेको स्थानीय बताउँछन् । अहिले बिद्युत नियमित नआउँदा महंगी चुलिएको छ। सोलार सिस्टमबाट विद्युतीय काम गरेको भन्दै व्यवसायीले हाकाहाकी ठगिरहेका छन्।
प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतले तत्काल विद्युत आपुर्ति सहज बनाउन भन्दै ५० लाख रुपैयाँ छुट्याए। त्यो रकमले एउटा डिजेल प्लान्ट ल्याइएको छ। तर अहिले त्यो डिजेल प्लान्ट थन्किएको छ। जुम्लाबासीले अन्धकार रात बिताउन थालेपछि नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अर्को डिजेल प्लान्ट पठाएका छन्। अहिले दुइवटा डिजेल प्लान्ट, विद्युत गृहमा दुइवटा टर्वाइन छन्। तर जुम्लाबासीले उज्यालो भेटाउन सकेका छैनन्।
गाउँदेखि सदरमुकाम खलंगा आएका विद्यार्थी, टर्च लाइट र मैनबत्तिको भरमा पढ्छन। उल्टै जुम्लाबासीले क्रृणको भारी बोक्नु पर्ने अवस्था आएको छ। शुरुमा दैनिक तीन घण्टा त बत्ति बल्यो। तर अहिले डिजेल व्यवस्था गर्न नसक्दा डिजेल प्लान्ट थन्किएको छ। कार्यकारी निर्देशक घिसिङ अहिलेको अवस्थामा डिजेल प्लान्टले विद्युत उपलव्ध गराउन नसक्ने बताउँछन्। कर्णालीको विद्युतीकरणका बारेमा छलफल गर्न सुर्खेत पुगेका घिसिङ छिटोभन्दा छिटो राष्ट्यि प्रसारण लाइन पु-याउन पहल भइरहेको बताए। तर जुम्ला पुगेको डिजेल प्लान्टका बारेमा बोल्न चाहेनन्।
जुम्ला आर्थिक, सामाजिक, साँस्कृतिक, प्राकृतिक पर्यटनको राम्रो गन्तब्य हो। तर यहाँ विस्तारित सेवा प्रभावकारी हुन नसक्दा निकै ठुलो समस्या सिर्जना भइरहेको छ। सडकमा खाल्डाखुल्डी छन्। दैनिक आवश्यकता पुर्ति गर्न सकिने अवस्था छैन्। डम्पिङ साइड नहुँदा फोहोर उठ्न सकेको छैन्। जुम्लाका अधिकांस ठाउँमा अहिले टेलिफोन टावर लाग्दैन्। यहाँ व्यवस्था फेरिए संगै जनताका प्रतिनिधि पनि फेरिए। उनीहरुको एउटै चुनावी नारा हुने गरेको छ, समृद्ध जुम्ला, सुखी जुम्लाबासी । तर जितेर गइसकेपछि कसैले पनि यहाँको जनजीविकाका बारेमा नसोचेको आरोप स्थानीयको छ।
व्यवस्थित रुपमा सहरीकरण गर्दै जनताले पाउनु पर्ने आधारभुत आवश्यकता दिर्घकालिन सोचले बनाउन जुम्लाबासीले आग्रह गरेका छन्। चिसो अत्यधिक छ। निरन्तर हिमपात भइरहेको छ। उज्यालोको लागि बिजुली छैन्। फोन गर्नको लागि टावर छैन्। निकै कष्टपुर्ण छ, जुम्ली जीन्दगानी। गाउँगाउँमा सिंहदरवार पुगेका छन्। सेवा पहिलेको अवस्था भन्दा माथि उठेको छैन्। यहाँका संरचना बदलिएका छैनन्। शिक्षा, स्वास्थ्य, खानोपानी, विद्युत, यातायात सबै लथालिङ्ग नै छन्।
प्रकाशित: २२ पुस २०७६ ०४:३४ मंगलबार