६ आश्विन २०८१ आइतबार
image/svg+xml

पाखैभरी स्याउ फलेको देख्न पाइयोस्ः मन्त्री केसी

कर्णाली प्रदेशका भूमि ब्यवस्था तथा कृषि सहकारी मन्त्री बिमला केसीले जिल्लामा खेर गइरहेको जमिनमा स्याउ खेती गर्नुपर्ने बताएकी छिन्। उनले यहाँ प्रत्येक बर्ष स्याउको उत्पादन बढिरहेको र गुणस्तरमा पनि ध्यान पुगेकोले समृद्धिको प्रमुख आधार नै स्याउ खेती बन्ने बताइन्। जिल्लामा स्याउ नै स्याउ फलेको देख्ने धोको पनि उनले सुनाइन्।

जुम्लामा स्याउ महोत्सव (फोटो फिचर)

एक सय किसानले आफुले उत्पादनको स्याउ महोत्सवमा प्रदर्शन गर्ने भएका छन्। यो महोत्सव नयाँ पुस्ताका किसानका लागि हो। यो नयाँ पुस्ता उत्पादनसँग जोडिएको सुसंस्कृत बनोस् भन्ने हाम्रो चाहना हो। आयोजक समितिका सरोज शाही भन्छन्

पहिचान बचाउन नाम परिवर्तन गर्दै कनकासुन्दरी

जुम्ला कनकासुन्दरी गाउँपालिकाले एक बर्ष पहिले गाउँपालिकाको नाम परिवर्तन गर्न भन्दै कर्णाली प्रदेश सरकार समक्ष माग राख्यो। कनकासुन्दरीले समग्र सिँजाको इतिहास झल्काउन नसक्ने भन्दै खस हाटसिँजा गाउँपालिका नामाकरण गर्न पहल थाल्न अनुरोध गर्यो।

खलंगामा नौ महिनापछि बल्यो बिजुली

साना जलविद्युत उपभोक्ता समितिको विद्युत बिग्रेको नौ महिना पछि जुम्ला सदरमुकाम खलंगामा बिजुली बलेको छ। बिजुलीविहीन बनेको खलंगामा डिजेल प्लान्टबाट विजुली बालिएको छ।

चोत्रा गाउँमा होमस्टे

यो जुम्ला डोल्पा सिमानामा पर्ने भएकाले जुम्ला हुँदै डोल्पाको शे–फोक्सुण्डो जाने पर्यटकका लागि विश्रामस्थल बन्न सक्नेछ।

वर्षदिन नपुग्दै बिग्रियो मेसिन

साना जलविद्युत् उपभोक्ता समिति जुम्लामा जडान गरिएको मेसिन सञ्चालनको वर्ष दिन नपुग्दै मर्मतका लागि धनगढी पठाउन थालिएको छ। गत पुस महिनामा जडित मेसिनको ‘बेयरिङ’ गएको भन्दै मेसिननै धनगढी पठाउन थालिएको हो।

गाउँमै तरकारी किन्न पुग्छन् एकाबिहानै व्यापारी

जुम्ला लिही गाँउका हर्कबहादुर रावत यो समयमा निकै व्यस्त छन्। उनी गाउँघरमा उत्पादित तरकारी खरिद गर्न लागेका हुन्। एकाबिहानै गाउँका किसानको बारीमै पुगेर तरकारी खरिद गर्नु र सदरमुकाम खलंगामा ल्याएर व्यापारीलाई बिक्रि गर्नु उनको दैनिकी जस्तै हो। यो समयमा जुम्लामै गोलभेडा, खुर्सानी, काउली, बन्दा, प्याज, लसुन, मुला र काक्रा तयार भइसकेको छ।

दुर्ब्यसनीबिरुद्ध सिडिओ

जुम्लाकी प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे अधिकांश समय दुर्ब्यसनी बिरुद्धको अभियानमा ब्यस्त हुन्छिन्। उनी स्कुल, क्याम्पस, प्राविधिक शिक्षालयहरुमा अध्ययनरत बिद्यार्थीलाई लागु पदार्थ दुर्ब्यसनीले जीवनमा गर्ने हानी नोक्सानीका बारेमा सचेत गराउँदै अघि बढेकी छन्। दैनिक प्रशासनिक कार्यलाई मिलाउँदै प्रजिअ बञ्जाडे अभियानात्मक रुपमा लागेकी हुन्।

बर्षमा दुई पटक फल्यो सिमि

जुम्ला रारागाउँका नन्दबहादुर बुढाले गत बर्ष करेसाबारीमा सिमि बर्षमा दुई पटक फल्छ फल्दैन भन्ने बारेमा अनुसन्धान थाले। उनले चैत महिनामा सिमि लगाए। त्यो सिमि राम्रोसँग फलेर पाक्नेमा ठूलो आशंका थियो। तर असारको पहिलो सातामा सिमि फलेर पाक्यो। उनी दंग भए। उनले भने, ‘परिवर्तित जलवायुसंगै सिमि खेती पनि बर्षमा दुई पटक गर्न मिल्दो रहेछ।’ उनले यो खबर छिमेकी गाँउमा किसानसँग साटे।

प्रधामन्त्री रोजगार कार्यक्रमः ३१० जनालाई १५ दिनको काम

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत जुम्ला कनकासुन्दरी गाउँपालिकाका ३१० जनाले १५ दिनको काम पाएका छन्। यहाँ २ हजार १ सय ७८ जना बेरोजगारीको संख्यामा सूचीकृत भएका थिए।

हट्दै छाउपडी प्रथा, गोठबाट घरमा सरे महिला

हिमा गाउँपालिका ४ की सिद्धा शाही महिनावारी भएको समयमा घरभित्र बस्छिन्। त्यति मात्रै होइन महिनावारी भएको समयमा गोठमा बस्दा हुुन सक्ने खतराका बारेमा गाउँका महिलालाई सचेत गराउँछिन्। महिनावारी हुन थालेको २७ बर्षमा अधिकांश समय गोठमा बस्दै आएकी शाही अहिले घरमै सुरक्षित रुपमा बस्न थालेकी हुन्।

तरकारीबाट आत्मनिर्भर बन्दै

तलिचौरका बारीमा अहिले बन्दा, प्याज, गाँजर, टमाटर, मुला, केराउ, खुर्सानी, रायोलगायत विभिन्न प्रकारको साग उम्रिएको छ।

जोखिम न्यूनीकरणबारे सिकाउँदै सेना

जुम्लामा आउन सक्ने सम्भावित प्रकोप र विपद्बारे सचेत पार्दै प्राकृतिक प्रकोपपूर्व अपनाउनुपर्ने क्रियाकलापका विषयमा सिकाउन थालेको हो।

माओवादी विस्थापितले अझै पाएनन् क्षतिपूर्ति, रुँदै घरबार छाडेका थिए

कनकासुन्दरी गाउँपालिका ३ बुडुका विनबहादुर बुढा २०६१ सालमा तत्कालिन माओवादीबाट बिस्थापित भए। आफ्नो छोरा नेपाली सेनामा भर्ती गराएको भन्दै घरमै पुगेर धम्क्याउन थालेपछि उनी विस्थापित हुन पुगे। उनलाई तत्कालिन माओवादीले छोरालाई सेनाबाट फर्काउन र माओवादीमा प्रवेश गराउन दबाब दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्