६ आश्विन २०८१ आइतबार
image/svg+xml

दशकपछि आँगनमै चामल

कनकासुन्दरी–५ बडुवालबाडाका परेगराज बडुवाल २०४५ सालमा पहिलो पटक खाद्य संस्थानको चामल लिन खलंगा पुगे। उनले जाँदा एक दिन र आउँदा दुई दिन लगाए। तर उनले ३० केजी चामल मात्रै ल्याउन पाए। तत्कालिन गाविसबाट कुपन लिएर तीन दिन लगाएर संस्थानको चामल ल्याउनु परेको उनी अहिले पनि झलझली सम्झिन्छन्। उनले भने, ‘सडक नपुग्दासम्म सदरमुकाम खलंगा पुगेर भएपनि संस्थानको चामल ल्यायौँ। सडक पुगेपछि संस्थानको चामल कस्तो छ देख्न पनि पाएनौं। संस्थानको चामल बीचमा सर्बसाधारणको पहुँचसम्म पनि पुगेन्।’

सम्बन्ध बिच्छेद गर्ने पुरुष बढे, अधिकांश पत्नी पीडित

पछिल्लो समयमा जिल्ला अदालतमा सम्बन्ध बिच्छेद गर्न उजुरी दिने पुरुषको संख्या बढेको छ। नयाँ मुलुकी ऐनले पुरुषले पनि सम्बन्ध बिच्छेदका लागि अदालतमा उजुरी दिन सकिने व्यवस्था गरेपछि पुरुषले पनि सम्बन्ध बिच्छेदका उजुरी दिन थालेका हुन्।

रोकिएन गिट्टी बालुवाको अवैध उत्खनन्

जिल्ला समन्वय समितिले नदी तथा खानी जन्य पदार्थको उत्खननमा रोक लगाएपनि अझै रोकिएको छैन्। जेठ महिनाको पहिलो साता गिटी, बालुवा र ढुंगा जथाभावी संकलन र निकासी हुन थालेपछि जुम्लाको तिला, हिमा र जवा नदीमा उत्खननमा रोक लगाएको थियो।

सांसदले भने : मालपोत अधिकृतले दर्ता गरेको जमिनबारे छिटो छिनोफानो होस्

जुम्ला गुठिचौर गाउँपालिका ४ मा रहेको राष्ट्रिय भेडाबाख्रा अनुसन्धान कार्यक्रमको जग्गा ब्यक्तिको नाममा दर्ता गरेको विषयबारे सांसदले प्रतिनिधिसभाको बैठकमा प्रश्न उठाएका छन्।

दर्जन बढि सेवा लिएर गाउँमा सिडियो

जुम्लाका दुर्गम गाउँमा जिल्लाबाट प्राप्तहुने सेवासुविधा लिएर सिडिओ सहितको टोली पुगेको छ। जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे दर्जन बढी सेवा लिएर दुर्गम गाउँ पुगेकी हुन्।

२० दिनपछि जुम्ला विमानस्थल सञ्चालन

विमानस्थलको रनवे मर्मतको लागि भन्दै बैशाख ५ गतेदेखि बन्द गरिएको जुम्ला विमानस्थल बुधबारदेखि खुलेको छ। बिमानस्थल खुलेको पहिलो दिनमा समिट एयरको जहाजले नेपालगञ्ज, जुम्ला, नेपालगञ्जका लागि उडान भरेको थियो।

चन्दननाथ नगरपालिकामा प्लाष्टिक झोला प्रतिबन्ध

जुम्लाको चन्दननाथ नगरपालिकाले प्लाष्टिक झोला प्रतिबन्ध लगाएको छ। प्लाष्टिक जन्य वस्तुका कारण दिनानुदिन वातावरण प्रदुषित बन्दै गईरहेकोले मानव स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको भन्दै प्लाष्टिक झोलामा प्रतिबन्ध लगाएको हो। अब चन्दननाथ नगरपालिकामा जुट र फेब्रीक झोलाको प्रयोग गरिने भएको छ।

अज्ञात रोगले गाउँले धमाधम बिरामी

जुम्लामा अज्ञात रोगका कारण तातोपानी गाउँपालिका–७ सर्मीका स्थानीय धमाधम बिरामी पर्न थालेका छन्।

हाम्रो गाउँमा कहिले आउँछ मोटर ?

जुम्ला घोडे गाउँका जंगबहादुर रोकाया दिनहु गाउँदेखि कर्णाली राजमार्गमा गाडी गुडेको देख्छन्। कर्णाली सडकमा गाडी गुड्न देखेको झण्डै पन्ध्र बर्ष भईसक्यो। शुरुमा गाडी गुड्दा गाउँमै सडक पुग्ने आशा बोकेका जंगबहादुर अहिले पनि गाडी चढ्नकै लागि झण्डै तीन घण्टा सम्म पैदल यात्रा गर्न बाध्य छन्।

जुम्लाका प्रत्येक वडामा हेलिप्याड

जुम्लाका प्रत्येक वडामा हेलिप्याड निर्माण प्रक्रिया चलिरहेको छ। प्रत्येक वडाको पायकपर्ने स्थानमा हेलिप्याड निर्माण प्रक्रिया चलिरहेको हो।

मितेरी सम्बन्धमा स्थानीय सरकार

एक महिनाअघि पाल्पाको रिब्दीकोट गाउँपालिकाको टोली जुम्लाको सिँजा गाउँपालिकामा पुग्यो। सिजाको इतिहास बुझ्न र सिजा सभ्यताको अवलोकन भ्रमणमा पुगेको टोली मित्तेरी सम्बन्धमा स्थापित हुन पुग्यो। अहिले मित्तेरी साईनो बमोजिम एक आपसमा समन्वय र सहकार्य चलिरहेको छ। सिँजा गाउँपालिकाका प्रवत्ता नबिन शर्माका अनुसार गाउँपालिका अध्यक्षसहित २६ जनाको टोली जुम्ला पुगेको थियो। टोली रारातालमा पुग्यो, सिजा क्षेत्रको इतिहासको बारेमा दख्खल राख्यो, “उनले भने,“दुई स्थानीय तहबीच मितेरी सम्बन्ध गाँसियो।

जुम्लाका जंगलमा काग र बाँदरबाहेक अरु पाउनै छाडे

जिल्लाको सापुल्ली गाउँका लालबहादुर सार्की दुई दशक अघिको अवस्था सम्झँदा झस्कन्छन्। समयमै हिँउ पथ्र्यो, किसानलाई चाहिँदो मात्रामा वर्षा हुन्थ्यो। वातावरण हरियाली हुन्थ्यो। मौसम एकैनासको हुन्थ्यो। तर अहिले जुम्ली जलवायुमा निकै परिवर्तन आइसकेको उनी बताउँछन्। उनले भने,“दुई दशक अघि चार फिट हिँउ जमेको आफ्नै आँखाले देखेको हुँ।

यार्सा टिप्न नजान शैक्षिक अभियान

यार्सा टिप्ने याम शुरु भएपछि यहाँका बालबालिकालाई पाटनतिर लैजाने क्रम रोक्नका लागि जुम्लाको पातारासी गाउँपालिकाले शैक्षिक अभियान शुरु गरेको छ।

अपरिपक्व निर्णयले यात्रुलाई सास्ती

गत कार्तिकमा झण्डै ३ सय ९० मिटर रनवे कालोपत्रे भइसकेको छ। बाँकी २ सय ८० मिटर रनवे कालोपत्रेको लागि २० दिन विमानस्थल बन्द गराइएको छ। वर्षाका कारण कर्णाली सडक नियमित चल्न सक्ने अवस्था छैन। यहाँको भरपर्दो यातायात सेवा भनेको हवाई सेवा हो।

स्याउ खेती बीमामा कृषक आकर्षित

मौसमी प्रतिकुलताका कारण स्याउ खेतीमा हुने क्षतिबाट सुरक्षित रहनको लागि बीमा गरेको उनले बताए। उनले भने, ‘स्याउखेतिबाट जुम्लाबासीको आयआर्जनमा टेवा पुगेको छ। मौसमी प्रतिकुलताका कारण भइरहेको क्षति न्युनिकरणमा निकै सहयोग पुगेको छ।’,

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्