६ आश्विन २०८१ आइतबार
image/svg+xml

चार बर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ

जुम्लामा चार बर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। चन्दननाथ नगरपालिका– ४ भारतीवाडाका ४८ बर्षीय श्याम भारतीलाई सोमबार दिउँसो नाबालिकामाथि यौनदुर्व्यवहार गरेको आरोपमा साँझ पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक सीताराम रिजालले जानकारी दिए।

जुम्लामा पार्किङ समस्या, ब्यवस्थापन गर्दै ट्राफिक प्रहरी

अटोरिक्सा पार्किङ व्यवस्थित नहुदा जुम्लाका सडक अव्यवस्थित र जोखिमपुर्ण बन्दै गएका छन्। कर्णालीका सडकमा जथाभावी पार्किङ गर्ने गरेकोले ठुला सवारी आवागमनमा कठिनाइ हुने गरेको स्थानीयको ठहर छ।

मार्सी बचाउँदै सहकारी

जुम्लाको पहिचानको रूपमा रहेको मार्सी धान संरक्षणमा यहाँको एक सहकारीले अग्रसरता देखाएको छ। लोप हुँदै गएको मार्सी धान संरक्षणाका लागि चन्दननाथ नगरपालिका– ५ मा रहेको चन्दननाथ बहुद्देश्य सहकारी संस्था लिमिटेड जुम्लाले मार्सी धान जोगाउन अभियान नै चलाएको हो।

जुम्लाका स्वास्थ्यकर्मीको गुनासो – हाम्रो तलब कता रोकियो मन्त्रीज्यू ?

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्नातक तह जनस्वास्थ्य कार्यक्रम उद्घाटन गर्न जुम्ला पुगेका उपप्रधान तथा स्वास्थ्य जनसंख्यामन्त्री  उपेन्द्र यादवलाई जुम्लाका स्वास्थ्यकर्मीले सविस्तार आफ्नो पीडा सुनाउन भ्याए। तलब निकासा नहुँदा क्रृण काढ्नुपरेको उनीहरुको गुनासो मन्त्री यादवले कान थापेरै सुने पनि ।

तलब भत्ता भुक्तानीका लागि पहल गरिदिन माग

जुम्लाका स्वास्थ्यकर्मीहरूले तलब भत्ता भुक्तानीका लागि पहल गरिदिन माग गरेका छन्। जिल्ला प्रशासन कार्यालयमार्फत स्वास्थ्य तथा जनसंख्यामन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै उनीहरूले स्वास्थ्यकर्मीको ६ महिनाको तलब भत्ता भुक्तानीका लागि माग गरेका हुन।

जुम्लाका एसइई केन्द्रमा अभिभावकको दबाव हट्दै

जुम्लामा एसइई परिक्षा केन्द्र बाहिर अभिभावकको भीडभाड लाग्ने क्रम हटेको छ। गुणस्तरीय शिक्षा र एसइई परीक्षाको महत्वका बारेमा सचेत हुन थालेपछि परिक्षा केन्द्र बाहिर दबाव र प्रभाव पार्ने कार्य निरुत्साहित बन्दै गएको हो।

जुम्लामा पहिलोपटक बालविवाह मुद्दा दर्ता

तिला गाउँपालिका ३ की परिवर्तित नाम जेटक्यू लाई चन्दननाथ नगरपालिका १० वस्ने दीपक कामीले ललाईफकाई भगाएको जाहेरी जिल्ला प्रहरी कार्यालयमा परेपछि पहिलो पटक जिल्लामा बालविवाह कसुर मुद्दा दर्ता भएको हो।

कर्णाली समृद्धिको कथा

गाउँमा स्थानीय परम्पराअनुसार बिहे हुन्छ। विवाहपछि बुहारी गर्भवती हुन्छिन्। सासु र घरका सदस्यले सबै काममा बुहारीलाई सघाउँछन्।

जुम्लामा पहिलो महिला सिडिओ

जुम्लाको इतिहासमै पहिलो महिला प्रमुख जिल्ला अधिकारी (सिडिओ)को रुपमा दुर्गा बञ्जाडेले जिम्मेवारी सम्हालेकी छिन्। उनले बिहान १० बजे जहाजबाट पुग्ने वित्तिकै कार्यभार समालेकी हुन। २०२४ सालदेखि हालसम्म ४० वटा सिडिओ परिवर्तन भइसकेका छन्। अहिले सिडिओको जिम्मेवारीमा जुम्ला आएकी दुर्गा बञ्जाडे ४० औ सिडियो हुन।

रेडपाण्डा संरक्षणमा चुनौती

दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षण जुम्लामा चुनौतीपूर्ण बन्दै गएको छ ।बासस्थान विनास, खण्डीकरण, चोरी शिकारीका कारण संरक्षित क्षेत्रमै संख्या कम हुनु यसका प्रमुख चुनौती हुन्। रेडपाण्डाको चोरी शिकारी नियन्त्रणमा मीडियाको भूमिका विषयमा भएको छलफल कार्यक्रममा सहभागिले  रेड पाण्डा संरक्षणमा चुनौती थपिएकोमा चिन्ता ब्यक्त गरेका थिए।

दर्जन बढी सरकारी सवारीसाधन प्रहरी नियन्त्रणमा

शनिबार बिदाको दिन सञ्चालनमा आएका दर्जन बढी सरकारी सवारीसाधन जिल्ला ट्राफिक कार्यालय जुम्लाले नियन्त्रणमा लिएको छ।

एकाएक मर्न थाले तिला नदीका माछा

जुम्ला चन्दननाथ नगरपालिका १० का नरेन्द्र भण्डारीले एक सातादेखि तिला नदीमा एकाएक माछा मर्दै आएको देखे। सदरमुकाम खलंगामा आउजाउ गर्दा खोलामा मरेको माछा भेटिने गरेको सुनाउँछन्। उनले सानादेखि ठूला माछासम्म मर्ने गरेको बताए।

कठ्याङ्ग्रिएर एकको मृत्यु

जुम्लामा भारी हिमपातका कारण कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ। सिजा गाउँपालिका ६ जोडु गाउँका २७ वर्षीय शिवचन्द्र बुढाको घर फर्कदै गर्दा गाडेखरुको लेकमा कठ्याङ्ग्रिएर मृत्यु भएको हो।

ठेकेदारको लापरबाहीले बिजुली अन्यौलमा

भारतीय ठेकेदार कम्पनीको ढिलासुस्ती र लापरवाहीका कारण साना जलविद्युत उपभोक्ता समिति जुम्लाको विद्युत गृहमा रहेको टर्बाइन जडान कार्य अलपत्र परेको छ । एक महिना भित्र टर्बाइन जडान गरेर बिद्युत सेवालाई प्रभावकारी बनाउने लक्ष्य राखिएको भएपनि अहिलेसम्म मर्मत कार्य नसकिदा जुम्लाबासी अध्याँरोमा बस्न बाध्य छन्।

जुम्लाका ग्रामिण सडकमा ट्राफिक निगरानी बढ्दै

कर्णाली राजमार्गको खलंगा-नाग्म सडक खण्डमा ट्राफिक नियम कार्यान्वयनमा कडाई गरेको जुम्ला ट्राफिक कार्यालयले अहिले ग्रामिण सडकमा निगरानी बढाउन थालेको छ। राजमार्गको सडकमा बिभिन्न स्थानमा प्रहरी चौकीमा ट्राफिक प्रहरी राखेर चेकजाँच भईरहेकोमा ग्रामिण सडकमा पनि प्रहरी नजर पुगेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्