१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

जुम्लामा पार्किङ समस्या, ब्यवस्थापन गर्दै ट्राफिक प्रहरी

पार्किङ ब्यवस्थापन बारे अटो चालकलाई प्रशिक्षण : डिबी /नागरिक

जुम्ला– अटोरिक्सा पार्किङ व्यवस्थित नहुदा जुम्लाका सडक अव्यवस्थित र जोखिमपुर्ण बन्दै गएका छन्। कर्णालीका सडकमा जथाभावी पार्किङ गर्ने गरेकोले ठुला सवारी आवागमनमा कठिनाइ हुने गरेको स्थानीयको ठहर छ। जिल्ला ट्राफिक कार्यालय जुम्ला पार्किङ् समस्यालाई मध्यनजर गर्दै ब्यवस्थापनका लागि जुटेको छ।

‘सडकमा अव्यवस्थित पार्किङ गर्नाले दुर्घटनाको जोखिम बढ्यो’ ट्राफिक प्रहरीका असई माधव रावतले भने, ‘वडाकार्यालय, व्यवसायी र प्रहरीको त्रिपक्षीय छलफलका आधारमा पार्किङ क्षेत्रको टुंगो लागेको हो।’ तत्कालका लागी चन्दननाथ नगरपालिका–९ उमगाडमा अस्थायी अटोरिक्सा पार्किङ बनाइएको छ।

अटोरिक्सा व्यवस्थित रुपमा सञ्चालनमा ल्याउन चालक हेमराज सार्कीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ। पार्किङमा राखिएको नम्बर अनुसार पालैपालो अटो सञ्चालनमा ल्याउने जिम्मेवारी समितिको रहेको छ। यता पार्किङ समस्या बढ्दै जादा स्थायी र व्यवस्थित पार्किङस्थल छुट्टै बनाउनको लागि पनि पहल शुरु भएको छ।

‘तत्कालका लागि भएपनि भित्री बाटोमा राखेर अटोरिक्सा छुट्नु पर्ने भयो। आपसी छलफलका आधारमा पार्किङस्थल ब्यवस्थापन राम्रो तरिकाले गर्ने भनेका छौँ’ असई रावतले भने ‘ अव्यवस्थित पार्किङले गर्दा आवागमनमा समस्या हुने भएकोले पार्किङ ब्यवस्थापनमा लागेका हौं।’

जुम्लामा ६० वटा अटोरिक्सा छन्। सदरमुकाम खलंगा क्षेत्रमा पनि चन्दननाथ नगरपालिकासंग समन्वय गरेर विभिन्न स्थानमा पार्किङ क्षेत्र बनाउन पहल भइरहेको जिल्ला ट्राफिक कार्यालय जुम्लाले जनाएको छ। 

 

प्रकाशित: १७ चैत्र २०७५ ११:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App