६ आश्विन २०८१ आइतबार
image/svg+xml

कारागारका लागि किताब खोज्दै प्रहरी

जिल्ला प्रहरी कार्यालय जुम्लाले कारागारमा व्यवस्थित पुस्तकालय स्थापनाको लागि किताब खोज्न थालेको छ। कारागारलाई किताब अभियान उपसमिती बनाएर प्रहरी औपचारीक रुपमा जीवन व्यवहारमा लागु हुने प्रकारको शिक्षा दिने खाले किताब खोज्न थालेको हो।

विज्ञ टोलीको निष्कर्ष : चिसो र चरन अभावले मौरी सखाप

जुम्लाको मौरीमा देखिएको अज्ञात रोगबारे अनुसन्धान गर्न आएको मौरी विज्ञको टोलीले चिसो र चरन क्षेत्रको अभावमा मौरी सखाप हुँदै आएको निष्कर्ष निकालेको छ।

जुम्लामा पेट्रोलियम पदार्थको मूल्य ताेकियाे

झण्डै डेढ दशकपछि जुम्लामा पेट्रोलियम पदार्थको मूल्य निर्धारण गरिएको छ। पेट्रोलियम पदार्थकाे मूल्यमा एकरुपता नहुँदा यहाँका सवारी धनी मर्काका थिए। प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय सर्वदलीय बैठकले पहिलो पटक जुम्लामा पेट्रोलियम पदार्थको मूल्य तोकेको हाे।

सुरक्षित मातृत्वको लागि न्यानो झोला

जुम्लाको चन्दननाथ नगरपालिकाले सुरक्षित मातृत्वको लागि न्यानो झोला उपलव्ध गराएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सुत्केरी हुन आउने आमा र शिशुको स्वास्थ्य अवस्थालाई मजबुद बनाउन न्यानो झोला र ब्ल्याङ्केट उपलव्ध गराइएको हो।

पुरुष व्यापारमा, महिला सामाजिक काममा

सिंजाकी बिजकली रोकाया अहिले गाउँकी अगुवा महिला हुन । सवै पुरुष व्यापारका शिलशिलामा घर छाडेर गएपछि उनी सिंगो गाउँ महिलाले धानेको अनुभव सुनाउँछिन् ।

मार्सी चामलकै मुल्यमा बिक्छ चिनोको चामल

तिला गाउँपालिका ४ का करसिंह थापा चिनो खरिदमा व्यस्त छन्। उनी चिनो खरिद गरेर गाउँकै ओखलमा फलेर चामल प्रशोधन गर्छन। त्यो चामल खलंगा बजार ल्याउछन् र बेच्छन्। यो उनको दैनिकी जस्तै बनेको छ।

दाङ बस दुर्घटना : जिल्लाका ११ जनाले ज्यान गुमाएपछि शाेकमा डुब्याे जुम्ला

दाङ स्थित शहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयबाट शैक्षिक भ्रमणमा गएको टोली चढेको बस दुर्घटनाले जुम्ला शोकमग्न छ।

अपराध नियन्त्रण गर्न कैदीबन्दीको सुझाव

जिल्ला कारागार जुम्लाका कैदी बन्दीले अपराध नियन्त्रण गर्न कर्णाली प्रदेश सरकारलाई सुझाव दिएका छन् । कारागार जुम्लाको अनुगमनमा निस्केका कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीलाई  उनीहरुले पछिल्लो समयमा अपराधका क्रियाकलाप बढ्दै गईरहेको भन्दै अपराध नियन्त्रण गर्ने र कारागार नै नचाहिने खालको कानुन बनाउन सुझाव दिएका हुन।

मूल्य नपाउँदा थन्कियो जुम्लाको अर्गानिक सिमी

जुम्ला तिला गाउँपालिका ६ का लालवहादुर रावत जुम्लाको सिमी विक्रिका लागि सुर्खेतमा ल्याएर आएको साता वितिसक्यो। तर उनले अहिले सम्म पाँच क्विन्टल सिमी पनि विक्रि गर्न सकेका छैनन्।

कार्यदल टोली जुम्लामा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल (जुम्ला)मा एमबिबिएस अध्ययन सञ्चालनका लागि कार्यदल टोली यहाँ आइपुगेको छ ।

जुम्ला विमानस्थलको मर्मत कार्य अन्तिम चरणमा

जुम्ला विमानस्थलको स्तराेन्नती कार्य अन्तिम चरणमा पुगेको छ। स्तराेन्नती लागि भन्दै गत कार्तिक ८ गते देखि विमानस्थल बन्द गरिएको थियो।

चाउचाउ, बिस्कुट दिएर बालिकामाथि बलात्कार

जुम्लामा ललाइ फकाइ गरेर एक बालिकामाथि बलात्कार भएकाे छ। चन्दननाथ नगरपालिका ८ धरालबाडामा  ४८ बर्षीय लक्षिराम रोकायाले १३ बर्षीया बालिकालाई बलात्कार गरेका हुन्।

जुम्लाका स्थानीय तह प्रकोपको पूर्व तयारीमा

जुम्लाका स्थानीय सरकार प्रकोप पूर्व तयारीमा जुटेका छन्। पछिल्लो समयमा विभिन्न विपद तथा प्रकोपले सताउन थालेपछि स्थानीय सरकारले प्रकोप पर्व तयारीका क्रियाकलाप अपनाउन थालेका हुन्।

मानव अधिकारप्रति स्थानीय सरकार उदासिन

जुम्लाका स्थानीय सरकार मानव अधिकारप्रति उदासिन देखिएका छन्। स्थानीय तहको निर्वाचन देखि हालसम्मको अवस्था हेर्दा मानव अधिकारप्रति स्थानीय सरकारले वास्ता नगरेको पाइएको हो।

जुम्लामा रक्तसञ्चार केन्द्रको स्थापना

पटक पटक यहाँका बिरामीले रगत नपाउँदा समस्या भोगिरहेको बेला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले आफ्नै रक्तसञ्चार केन्द्र स्थापना गरेर सञ्चालनमा ल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्