६ आश्विन २०८१ आइतबार
image/svg+xml

प्रभावकारी बन्दै स्याउ सुपरजोन

जुम्लामा पछिल्लो समय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत स्याउ सुपरजोन परियोजना प्रभावकारी बन्दै गएको छ।

जुम्ला कर्णाली प्रदेशको मेडिकल हब बन्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले जुम्ला कर्णाली प्रदेशको मेडिकल हब बन्ने बताएका छन्। उनले आर्थिक, सामाजिक, सास्कृतिक, पर्यटनका हिसावले सम्पन्न कर्णाली पछिल्लो समयमा स्वास्थ्यका क्षेत्रमा फड्को मार्दै गईरहेको बताए।

महिना बित्यो, खुलेन् विमानस्थल

कर्णालीकै सुविधा सम्पन्न जुम्ला विमानस्थल स्तरउन्नतीको लागि बन्द भएको एक महिना बितिसक्दा पनि अहिलेसम्म खुल्न सकेको छैन्। कार्तिक ८ गतेदेखि विमानस्थल बन्द गरिएको थियो। मंसिर ८ गतेसम्म स्तरउन्नतीको जिम्मा पाएकोमा ९ गतेदेखि विमानस्थलमा जहाज अवतरण हुनुपर्ने भन्दै स्थानीयले आक्रोश पोखेका छन्।

जुम्लाबाट १७ करोडको स्याउ निर्यात

चालू आर्थिक वर्षमा जुम्लाबाट झण्डै १७ करोड बराबरको स्याउ निर्यात भएको छ। गत भदौ महिनादेखि कार्तिकसम्म यहाँबाट १७ करोडको स्याउ निर्यात भएको हो। यो वर्ष भदौ १० गतेदेखि स्याउ टिप्न किसानलाई सुचित गरिएको थियो। जसले गर्दा गुणस्तरिय स्याउ उत्पादनमा टेवा पुगेको थियो।

पार्किङ गरिएको नगरपालिकाको गाडीमा आगजनी

जुम्लाको चन्दननाथ नगरपालिकाको गाडीमा आगजनी भएको छ।  नगरपालिका भित्रको कम्पाउण्डमा पार्किङ गरेर राखेको गाडीमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

मर्मत पछि दुर्घटनाग्रस्त तारा एयरको जहाज काठमाडाैं लाग्याे

गत जेठ २६ गते जुम्ला विमानस्थलमा अवतरणका क्रममा टायर पञ्चर भएर सन्तुलन गुमाउदा दुर्घटना भएको तारा एयरको जहाज आवश्यक मर्मत पछि विहिबार काठमाडाैंका लागि उडेको छ।

जुम्लामा सयपत्री फुल लोप हुँदै

जुम्लामा पछिल्लो समयमा सयपत्री फुल लोप हुँदै गइरहेको छ। आयतित प्लाष्टिकको माला प्रचलनमा आएपछि यहाँको सयपत्री फुल लोप हुन थालेको हो।

दुर्घटनाग्रस्त जहाज उडाउन जुम्ला विमानस्थल खुला

जुम्ला विमानस्थलमा दुर्घटनाग्रस्त तारा एयरको जहाज उडाउनको लागि एक सातासम्म विमानस्थल खुल्ला गरिने भएको छ। विमानस्थलको स्तरउन्नती गर्नका लागि कार्तिक ८ गतेदेखि जुम्ला विमानस्थल बन्द गरिएको थियो।

सर्वसाधरण थुनिन्छन्, अपराधी छुट्छन्

चन्दननाथ नगरपालिका–५ का पुर्णसिंह कठायत जुम्ला प्रहरीको कामप्रति सन्तुष्ट छैनन्। उनी प्रहरीको काम मात्र होइन शैलीप्रति पनि रुष्ट छन्।

जुम्ला अस्पतालमा आईसीयू सेवा सुरु

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आईसीयू सेवा शुरु भएको छ। आईसीयू सेवा शुरु भएसँगै जटिल प्रकारका विरामीको उपचार जुम्लामै हुने भएको हो।

जुम्ला विमानस्थल : अपरिपक्व निर्णयले यात्रुलाई सास्ती

जुम्ला विमानस्थल सुरक्षा समितिको सिफारीसमा नेपाल नागरिक उड्ययन प्राधिकरण केन्द्रिय कार्यालयले गरेको अपरिपक्व निर्णयका कारण जुम्लाका हवाई यात्रुले सास्ती भोग्नु परेको छ।

बिरामी लिन जहाज चार्टर

जुम्ला तातोपानी गाउँपालिका ८ का स्थानीयले बिरामी लैजानको लागि समिट एयरको जहाज चार्टर गरेका छन्। तातोपानी ८ टोप्लाका जीतेन्द्र शाही एक्कासी बिरामी परेको र जुम्ला अस्पतालमा उपचार नभएपछि जहाज चार्टर गर्नु परेको बिरामीका आफन्त जनक शाहीले जानकारी दिए।

जुम्ला बिमानस्थल मन्त्रीलाई खुला, सर्वसाधारणलाई बन्द

दुई सातादेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा मुटु रोगको उपचार गराइरहेकी रोल्पा थवाङकी जनसरी घर्तिलाई अस्पतालले रेफर गर्दा पनि जहाजले बोक्न मानेनन्।

जुम्लामा ४० सिटे जहाज अवतरण हुन्छ : मन्त्री अधिकारी

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रबिन्द्र अधिकारीले जुम्लामा ४० सिट क्षमताकाे जहाज अवतरण गराइने बताएका छन्।

जुम्लामा फल्यो केरा

जुम्ला तिला गाउँपालिका–८ का धनपति नेपालीले दुई वर्ष आफ्नो करेसावारीमा केराको डाँठ रोपे। तर उनले केराको ठाँट पलाउला भन्ने ठानेका थिएनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्