७ आश्विन २०८१ सोमबार
image/svg+xml

विमानस्थल बन्द भएपछि बिरामी ओसार्दै सेनाको हेलिकप्टर

स्तराेन्नती गर्ने भन्दै बुधवारदेखि जुम्ला विमानस्थल बन्द भएपछि नेपाली सेनाको हेलिकप्टरले जुम्लावाट बिरामी ओसार्न थालेको छ।

जुम्ला जीप दुर्घटना अपडेटः ढुङ्गा छल्न खोज्दा दुर्घटना (घाइतेकाे वयानसहित)

जुम्लाको हिमा गाउँपालिका १ द्यार गाउँमा दुर्घटना भएको बुलबुले यातायातको जीपमा सवार चन्दननाथ नगरपालिका ९ का दिपबहादुर सार्की घाइते मध्येका एक हुन। उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइराखेको छ। उनी अस्पतालको बेडमा छँदा पनि जीप चढेको झै अनुभूति गर्छन।

बिरामी बोक्न मान्दैनन् जहाज

रोल्पा थवाङ्की जनसरी घर्ती दुई साता देखि जुम्लामा बिरामी छन्। मुटु र छाती दुख्ने समस्याले ग्रस्त उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको थियो। तर जुम्लामा उपचार हुँन नसक्ने भन्दै अस्पतालले रेफर गरेपछि उनलाई जुम्ला विमानस्थलमा लगियो। तर उनलाई कुनै पनि जहाजले लिन मानेन्न।

जुम्ला विमानस्थल एक महिना बन्द हुने

जुम्ला विमानस्थल एक महिनाको लागि बन्द गरिने भएको छ। स्तरोन्नती गर्न भन्दै कार्तिक ८ गतेदेखि विमानस्थल बन्द गरिने जुम्ला विमानस्थल प्रमुख कैलाश शर्माले जानकारी दिए।

जुम्लामा पर्यटक लोभ्याउने स्तुपा

जुम्ला चन्दननाथ नगरपालिकाका लक्ष्मीप्रसाद देवकोटा बिहानै सिंगाचौरस्थित बौद्ध स्तुपामा पुगे। स्तुपाबाटै सदरमुकाम खलंगाको सहजै रूपमा अवलोकन गरे।

कालीमार्सी घट्दै, उन्नत धान बढ्दै

पछिल्लो समयमा जुम्लामा कालीमार्सी धानको क्षेत्र फल घट्दै जाँदा उन्नत जातको धान खेती फस्टाउन थालेको छ। मार्सी धानमा रोककिराको संक्रमण बढेकोले उन्नत जातको धान उत्पादनलाई जोड दिन थालिएको किसान बताउँछन।

दसैँमा टर्कीको स्वाद

तातोपानी गाउँपालिका ४ का मुनबहादुर खत्रीले यो दसैँमा टर्कीको स्वाद लिए। सधै जसो दसैँमा यहाँको खसीवोका किन्दै आएका उनले यो पटक टर्की किने। यसको मासु सेतो हुने र स्वास्थ्यका लागि फाइदाजनक हुने भएकोले टर्की रोजाईमा परेको उनले बताए। उनले भने, “दसैँमा बिकल्पका रुपमा टर्की आईसकेको हुनाले परिवारको सल्लाह बमोजिम टर्की किनेर लगेको हुँ।”

जुम्ली भेडाको मुल्य २६ हजार

गत वर्षको तुलनामा यो वर्ष जुम्ली खसीबोकाको मुल्यमा वृद्धि भएको छ। छिमेकी जिल्ला र चाईनाबाट आउने च्याङग्रा नआएपछि स्थानीय खसीबोकाको मुल्य वृद्धि भएको हो।

दशैं : जुम्लामा इटालियन स्याउको माग बढ्यो

चन्दननाथ नगगरपालिका १० का टंक देबकोटा इटालियन जातको फुजी स्याउ बेच्न व्यस्त छन। एकाविहानै स्याउ बगैँचामा पुग्छन्, स्याउ टिप्छन्, बगैचामै स्याउ किन्न आउनेलाई बेच्दछन्, यो उनको दैनिकी हो। दसैँसम्म जुम्लाको स्याउ निर्यात भईसक्ने भएकोले यो स्याउको माग दशैँमा बढेको हो।

जुम्लामा चङ्गा महोत्सव

हिन्दु नेपालीहरूको महान पर्ब दसैं तिहारलाई मध्यनजर गर्दै जुम्लामा चङ्गा महोत्सवको आयोजना गरिएको छ। वर्ष दिनमा एक पटक आउने यो पर्वमा जुम्लामा चङ्गा महोत्सवको आयोजना गरिएको हो।

समृद्ध जुम्ला बनाउने अठोट

पछिल्लो समयमा समृद्ध जुम्लाको नारा  एकाएक बिलाउन थालेको भन्दै दलका नेताहरूले समृद्ध जुम्ला बनाउने अठोट गरेका छन।

जेरी र पुनर्निर्माण

आजभन्दा करिब तीस वर्ष पहिले जतिबेला म ५ वर्षको थिएँ । मेरा एकजना अग्रजले मलाई गजबको कहानी सुनाउनुभएको थियो । हालको कर्णाली प्रदेशको जुम्ला जिल्लाका एकजना भेडापालक किसान हिउँदमा भेडा लिएर बेँसीतिर झर्ने क्रममा सुर्खेत आइपुगे ।

जुम्लामा १२ वर्षीया बालिका बलात्कृत

जुम्लाको हिमा गाउँपालिका ३ लडास्थित सल्लाघारी जंगलमा १२ वर्षीया बालिका बलात्कृत भएकी छिन्। सोही वडाकै एक किशोरले ललाई फकाई गरेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। बलात्कृत हुने तिला गाउँपालिकाकी बालिका हुन्। हिमा गाउँपालिका ३ मा रहेको ठिगाली थानमा जात्रा लागेको समयमा ललाई फकाई गरेर बलात्कार गरेको पीडित बालिकाले बताएको प्रहरीले जनाएको छ।

सुर्खेत–जुम्ला हवाई सेवा सुरु

सुर्खेत–जुम्ला हवाईसेवा सुरु भएको छ। कर्णाली प्रदेश पर्यटन मन्त्रालयको पहलमा गो कर्णाली ट्राभल्स एण्ड टुरलेले व्यवस्थापन गर्ने गरी समिट एयरले सुर्खेत–जुम्ला उडान गरेको हो।

प्राविधिक शिक्षामा लहर

पछिल्लो समयमा जुम्लाका स्थानीय सरकारमा प्राविधिक शिक्षाको लहर चलेको छ। चार वटा स्थानीय सरकारले यसै वर्षदेखि प्राविधिक शिक्षा सञ्चालन गरेका हुन्। यहाँका  ८ वटा स्थानीय तहमध्ये चार स्थानीय तहमा प्राविधिक शिक्षा शुरु भइसकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्