७ आश्विन २०८१ सोमबार
image/svg+xml

लगानी सम्मेलन : कृषि, पर्यटन र जडिबुटी प्राथमिकतामा

आगामी भदौ २९ गते हुन लागेको जुम्ला लगानी सम्मेलनमा तीन वटा क्षेत्रमा लगानी गर्न आह्वान गरिने भएको छ। यहाँको कृषि, पर्यटन र जडिबुटीको क्षेत्रमा लगानी गर्न लगानीकर्तालाई उत्साहित गरिने भएको हो।

बगैचामै स्याउको मूल्य प्रतिकेजी ६०, किसान उत्साहित

जुम्लाको अर्गानिक स्याउ अहिले बोटमै ६० रुपैयाँ केजीमा विक्री भइरहेको छ। पहिले सदरमुकाम खलंगा बजारसम्म ल्याउदा २० देखि २५ रुपैयाँमा विक्री गर्न बाध्य स्याउ किसान अहिले बोटमै ६० रुपैयाँ प्रतिकेजीमा विक्री गर्न थालेका हुन।

आर्थिक समृद्धिका लागि जुम्ला लगानी सम्मेलन

जुम्लाको आर्थिक समृद्धिको लागि जुम्ला लगानी सम्मेलनको तीव्र तयारी भइरहेको छ। ‘विकास सामथ्र्यको उजागार’ भन्ने नाराका साथ भदौ २९ गते चन्दननाथ नगरपालिकाको कर्णाली प्राविधिक शिक्षालयको हलमा लगानी सम्मेलनको तयारी भइरहेको चन्दननाथ नगरपालिका जुम्लाले जनाएको छ।

जुम्लामा आजदेखि स्याउ टिप्न सुरु

तिला गाउँपालिका ८ का प्रेमवहादुर बस्नेतलाई यो सिजनमा स्याउ टिप्न भ्याईनभ्याई छ। गत वर्ष साउन महिना देखि नै स्याउ टिप्ने गरिन्थ्यो। साउन महिनामै स्याउ टिप्दा स्याउको रंग नचढेको र नपाकेका हुनाले यहाँको स्याउको पहिचान खस्कने खतरा हुन्थ्यो।

‘गुपचुप नहोस् छानबिन प्रतिवेदन’

घरको छतबाट लडेर छोराको खुट्टा भाँचिएपछि उपचार गराउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आएका तातोपानी गाउँपालिका २ का रामबहादुर रावतको अस्पताल बसाइ राम्रो भएको छैन। उनी अस्पताल क्षेत्रमा असुरक्षाको अनुभूति गर्ने गरेका छन्।

जुम्ला घटना : कार्यदलकाे छानविनमा अाशंका नगर्न आग्रह

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा साउन ३ गते भएको अस्पताल घटनाको छानविन गर्न गठित सरकारी कार्यदलले छानविन कार्यमा शंका नगर्न आग्रह गरेको छ।

जुम्ला घटनाबारे बयान लिँदै समिति

चिकित्सा शिक्षा सुधारको माग राख्दै जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं लैजाँदा जुम्ला अस्पतालमा भएको घटनाको छानविन गर्न गठित कर्णाली सरकारको कार्यदलले दर्जन बढी व्यक्तिसंग बयान लिएको छ। घटनाको प्रत्यक्षदर्शी, सञ्चारकर्मी, र सरोकारवाला निकायसंग व्यक्तिगत रुपमा लिखित बयान लिएको हो।

जुम्ला घटनाको छानबिन सुरु

चिकित्साशिक्षा सुधारको माग गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सघन उपचारकक्षमा अनशनरत रहेका बेला डा.गोविन्द केसीलाई बलजफ्ती काठमाडौं लैजाँदा साउन ३ मा भएको घटनाको छानबिन सुरु भएको छ।

कर्णाली सरकारको कार्यदल पनि निष्क्रिय

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल घटनाको छानबिनका लागि कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलले एक साता बित्न लाग्दा समेत काम अघि बढाउन सकेको छैन।

स्थानीय भन्छन्– काम हुनुपर्‍यो, दोषीलाई उम्किन दिनुभएन

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई सरकारले बलजफ्ती काठमाडाैं लैजाने क्रममा भएको घटनाको छानबिन गर्न साउन ९ गते प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गर्याे।

शिक्षकको तलवमा अनियमितता

जुम्ला तिला गाउँपालिकाका शिक्षकको तलवको २८ लाख रुपैयाँ अनियमिता भएको पाइएको छ। पुस महिनामा दोस्रो चौमासिकको तलब हाल्दा एउटै विद्यालयलाई २८ लाख रुपैयाँ बढि रकम हालिदिएको र हाल सम्म कुनै खोजी नभएकोले यो रकममा अनियमितता भएको हुनसक्ने आशंका गाउँपालिकाले गरेको प्रवक्ता सन्तविर रावतले बताए।

छानविन समिति गठन

कर्णाली प्रदेश सरकारले जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा साउन १ गते भएको घटनाको छानविनका लागि तीन सदस्यीय समिति गठन गरेको छ।

घरेलु मदिरा नियन्त्रणमा नगरपालिकाको चासो

घरेलु अवैध मदिराका कारण गाउँवस्तीमा विवाद हुने गरेको भन्दै चन्दननाथ नगरपालिका जुम्लाले निगरानी समिति गठन गरेको छ। जिल्लामा अवैध मदिरा नियन्त्रण गर्न चन्दननाथ नगरपालिकाले वडा स्तरमा निगरानी समिति गठन गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्