७ आश्विन २०८१ सोमबार
image/svg+xml

छानबिन समिति अन्योलमा

चिकित्साशिक्षा सुधारको माग राख्दै जुम्लामा अनशनरत प्राध्यापक डा. गोविन्द केसीलाई सरकारले बलजफ्ती काठमाडौं लैजाँदा भएको जुम्ला अस्पताल घटनाको छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समिति अन्योलमा छ।

१५ हजारकाे अवैध घरेलु मदिरा नष्ट

जुम्लाको हाँकु प्रहरी चौकीले अवैध घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ। प्रहरी चौकी हाँकुले खलंगा हुदै नाग्म कालिकोट तर्फ जादै गरेको सवारी साधानमा विक्रिका लागि लैजादै गरेको घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको हो।

हिँमा गाउँपालिका केन्द्र विवाद चुलिदै

जुम्लास्थित हिँमा गाउँपालिकाको प्रशासनिक केन्द्र तोक्ने विषयमा चर्को विवाद भएको छ। केन्द्र तोक्ने विषयमा जनप्रतिनिधिबीच मै विवाद हुँदा गाउँपालिकाले अहिलेसम्म प्रशासनिक केन्द्र तोक्न सकेको छैन।

छिटो छानबिन गर्न स्थानीयको माग

जुम्लावासीले कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा साउन ३ गते भएको घटनाको तत्काल छानबिन थाल्न माग गरेका छन् । उनीहरुले प्रतिष्ठानको कार्यकारी परिषद्ले गठन गरेको उच्चस्तरीय छानबिन समितिले दुई सातासम्म पनि छानबिन सुरु नगर्नु दुखद भएको बताएका छन्।

जुम्ला घटना ‘दुर्भाग्यपूर्ण’

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले साउन ३ गते जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको घटनालाई दुर्भाग्यपूर्ण बताएका छन्।

डिजिटल बन्यो जुम्लाकाे गुठिचौर

जुम्लाको गुठिचौर गाउँपालिका डिजिटल गाउँपालिकाका रुपमा स्थापित भएको छ। गाउँपालिका कार्यालयमा ईन्टरनेट, २४ सै घण्टा पावर सिस्टम, विद्युतीय हाजिरी र सिसी क्यामरा जडानसँगै गाउँपालिका डिजिटलमय बनेको हो।

जुम्ला कारागारमा खानेपानीको अभाव

जिल्ला कारागार जुम्लामा खानेपानीको अभाव देखिएको छ। पर्याप्त मात्रामा खानेपानीको आपूर्ति नहुँदा कारागारका बन्दीलाई पिउने, नुहाउने र कपडा धुने पानीको संकट भएको हो। दैनिक बिहान–बेलुका गरी २ घण्टा मात्र पानी आउने धारामा कैदीलाई लाइन लाग्नुपर्ने बाध्यता छ।

डिआइजी नेतृत्वको टोली जुम्लामा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अनसन बसेका डा. गोविन्द केसीलाई सरकारले जबरजस्ती काठमाडौं लैजाँदा भएको घटनाको छानबिन गर्न डीआईजीको टोली जुम्ला पुगेको छ।

जुम्लामा अझै त्रसित छन् बिरामी

छातीमा समस्या भएपछि चन्दननाथ नगरपालिका ९ की विष्णु उपाध्याय केही दिनदेखि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छिन्।

जुम्लामा सरकारले गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा. गोविन्द केसीलाई ल्याउँदा सरकारले गोली चलाएको भन्ने कुरा झुठो भएको बताएका छन्।

जुम्लामा भएकाे प्रहरी दमनको छानविन गर्न माग

बिहीवार जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भएको प्रहरी दमनको सत्य तथ्य प्रतिवेदन सार्वजनिक गर्न माग गरिएको छ।

सरकारी ज्यादती विरुद्ध जुम्लाका शैक्षिक संस्था बन्द

बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सरकारले चिकित्सक, विद्यार्थी र सर्वसाधारणप्रति गरेको ज्यादतीका विरुद्ध जुम्लामा शैक्षिक संस्था बन्द गरिएको छ।

माइतीघर मण्डला र जुम्ला घटनामा सरकारबाट ज्यादती भयो : सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद् बैठक स्थगन गरिएकामा असन्तोष प्रकट गरेका छन्। प्रतिनिधिसभाको विहीबारको बैठकमा संघीय संसद् भवन बाहिर सूचना टाँस गरी आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक साउन ११ गते शुक्रबारसम्मका लागि सारिएको छ।

केसीलाई जुम्लाबाट माला लगाएर विदाई गरियो

जुम्लावासीले अनशनरत डा. गोविन्द केसीलाई माला लगाएर विदाई गरेका छन्। अनशनको बीसौं दिन सरकारले जुम्लामा बल प्रयोग गरेर डा. केसीलाई उठाउन खोजेपछि प्रतिरोधका बाबजुद उनी काठमाडौ आउन सहमत भएका हुन्।

केसीलार्इ लिन नेपाली सेनाकाे हेलिकाेप्टर जुम्ला पुग्याे

अनशनरत डाक्टर गोविन्द केसीलाई जबरजस्ती उठाउनका लागि नेपाली सेनाको हेलिकोप्टर जुम्ला आइपुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्