४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

केसीलार्इ लिन नेपाली सेनाकाे हेलिकाेप्टर जुम्ला पुग्याे

काठमाडौं – अनशनरत डाक्टर गोविन्द केसीलाई जबरजस्ती उठाउनका लागि नेपाली सेनाको हेलिकोप्टर जुम्ला आइपुगेको छ।

अनशनरत स्थानमा सादा पोशाकमा प्रहरी खटिएर जबरजस्ती उठाउने प्रयास भइरहेको छ । डाक्टर केसीका समर्थकले भने उठाउन दिएका छैनन्।

कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही, मन्त्रालयका सचिव खगराज बरालको टोली उनलाई लिन गएका हुन्। काठमाडौं ल्याएपछि केसीलाई तत्काल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिनेछ। 

यता केसी पक्षीय चिकित्सकहरूले भने जुम्लामै गएर केसीको माग पूरा गर्नुगर्ने अडानका साथ जबरजस्ती काठमाडौं लैजान लागिएको भन्दै प्रदर्शन गरिरहेका छन्। 

केसीको जीवनरक्षा र स्वास्थ्य उपचारका लागि काठमाडौं ल्याउनु अत्यावश्यक भएकाले हेलिकोप्टर पठाइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए। 

गएराति प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ मन्त्रीसहितको बैठकले केसीको स्वास्थ्य खराब हुँदै गएकाले काठमाडौँ ल्याउने निर्णय गरिएको मन्त्री पोखरेलले जानकारी दिए। 

प्रकाशित: ३ श्रावण २०७५ ०४:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App