७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

सुर्खेत–जुम्ला हवाई सेवा सुरु

जुम्ला–लामो समयपछि सुर्खेत–जुम्ला हवाईसेवा सुरु भएको छ। कर्णाली प्रदेश पर्यटन मन्त्रालयको पहलमा गो कर्णाली ट्राभल्स एण्ड टुरलेले व्यवस्थापन गर्ने गरी समिट एयरले सुर्खेत–जुम्ला उडान गरेको हो।

कर्णाली प्रदेश पर्यटनमन्त्री नन्दसिंह वुढाले आफै चढेर सुर्खेत जुम्लाको हवाई यात्रा आरम्भ सहित उद्धाटन गरेका हुन । नेपाल पर्यटन पत्रकार संघ जुम्लाले बिमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बुढाले पर्यटकीय दृष्टिकोण तथा सेवाग्राहीको सजिलोका लागि जुम्ला सुर्खेत उडान भएको बताए। 

पहिलो पटक १८ जना यात्रुले सुर्खेत जुम्ला र १० जनाले जुम्लाबाट सुर्खेत यात्रा गरेका समिट एयर जुम्लाका ईन्चार्ज सन्तोजङ्ग शाहीले जानकारी दिए। आजदेखि सुरुभएको हवाई यात्राको भाडादर जुम्लाबाट सुर्खेतका लागि ४ हजार र सुर्खेतबाट जुम्लाका लगि ४ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ।

गो कर्णाली टुर एण्ड ट्राभल्स तथा स्नोल्याण्ड होटल संचालक पार्वती महतका अनुसार हरेक शुक्रबार र मंगलबार उडान हुनेछ। कर्णाली प्रदेशको राजधानी सुर्खेत भएको लामो समयपछि नेपालगंज र जुम्ला उडान सुरु भएपनि सुर्खेत जुम्ला हवाई उडान सञ्चालनमा आउन सकेको थिएन। 

 

प्रकाशित: २७ भाद्र २०७५ ११:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App