७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

जुम्लामा पर्यटक लोभ्याउने स्तुपा

चन्दननाथ नगरपालिकाको सिरानमा बनेको शान्ति स्तुपा। तस्बिर : डिबी/नागरिक

जुम्ला – जुम्ला चन्दननाथ नगरपालिकाका लक्ष्मीप्रसाद देवकोटा बिहानै सिंगाचौरस्थित बौद्ध स्तुपामा पुगे। स्तुपाबाटै सदरमुकाम खलंगाको सहजै रूपमा अवलोकन गरे। स्तुपा सदरमुकाम खलंगाका लागि भ्यु टावर नै हुने भयो, उनले भने, ‘कर्णाली भित्रिने हरेक पर्यटकका लागि यो एक नयाँ गन्तब्य बन्ने निश्चित छ।’ जुम्लाको स्तुपा पुगेका लक्ष्मीप्रसादले काठमाडौं बौद्ध स्तुपाको झल्को यो स्तुपाले दिइरहेको उनको अनुभव छ। 

पछिल्लो समयमा यो पर्यटनको आकर्षणको केन्द्र बन्दै गएको उनले बताए। मुगुको रारा हुँदै जुम्लाको खलंगा पुगेका पर्यटकका लागि यो स्तुपा रोजाई बन्न थालेको छ। दैनिक ५० देखि एक सयसम्म आन्तरिक तथा बाह्य पर्यटक अवलोकन गर्न आउने गरेको जनाइएको छ।  

जुम्ला चन्ददनाथ नगरपालिका सिंगापुर गाउँमा देशकै ठुलो वौद्ध शान्ति स्तुपा बनेको हो। जुम्ला र मुगुमा बस्ने मुगाली समुदायले   निमार्ण गरेको यो शान्ति स्तुपाले यहाँको पर्यटन विकासमा टेवा पु-याएको छ। 

सदरमुकामको उत्तर पट्टी सिंगाचौरस्थित झण्डै ७२ फिट अग्लो र ३२ फिट चौडाई रहेको शान्ति स्तुपा निमार्ण भएपछि पर्यटकको आकर्षण बनेको छ। यो स्तुपाले प्राकृतिक सौन्दर्यतालाई अझै मलजल दिएको स्थानीय बताउँछन्। 

२०६८ सालबाट निमार्ण सुरु गरिएको स्तुपाको सतप्रतिशत काम सकिएको छ। प्यागडा शैलीमा निमार्ण गरिएको स्तुपामा नुनदेखि सुनसम्म प्रयोग गरिएको छ। हिंसा नहोस् भन्न, हतियार र तरबारको प्रयोग नहोस, भोकमरी नलागुन र उत्पादन बृद्धिका लागि विभिन्न अन्नपातको प्रयोग स्तुपामा गरिएको छ। 

जनजाती अगुवा फुर्वा छिरिङ लामाले भने, ‘विभिन्न धातुदेखि अमेरिकाबाट सहयोग भएको झण्डै २८ टन किताब मात्रै स्तुपा निमार्णमा प्रयोग भएको छ। स्तुपा निर्माणमा झण्डै ३० करोड हाराहारीमा रकम खर्च भएको छ।

प्रकाशित: ६ कार्तिक २०७५ ०८:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App