६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

दर्जन बढि सेवा लिएर गाउँमा सिडियो

जुम्ला–जुम्लाका दुर्गम गाउँमा जिल्लाबाट प्राप्तहुने सेवासुविधा लिएर सिडिओ सहितको टोली पुगेको छ। जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे दर्जन बढी सेवा लिएर दुर्गम गाउँ पुगेकी हुन्। उनले जिल्लाबाट प्रदान गरिने सबै सेवा गाउँसम्म पुर्याएकोमा स्थानीयले खुसी व्यक्त गरे। जुम्लाको गुठिचौर गाउँपालिकाको कोदारी, साँधेपानीमा एकीकृत सेवा प्रदान गरिएको हो।

शिक्षा, स्वास्थ्य,नागरिकता,मतदाता नामावली, हुलाक टिकट बिक्री, सिमकार्ड, सामुदायिक प्रहरी, सचेतना ,मानव बेचविखन, लैंगिकहिंसा विरुद्दको सचेतना,  सडक नाटक सहित देउडा गीत नाच र  गर्भवती महिलालाई सरसफाई किट सहित पोषण सहितको खाद्य सामाग्री सहितको टोली गाउँ पुगेको हो।

अहिले पनि स्थानीय तहले दिने बाहेकका सेवा लिन दुरदराजका नागरिकलाई कठिन हुने गरेको छ। टोलीले ४ सय ८५ जना कृषकलाई  कृषि वीउ वितरण गरिएको छ। त्यस्तै २ सय ८२ जनाको निशुल्क स्वास्थ्य उपचार , २५० जनालाई भेटनरी तर्फको औषधि वितरण गरेको छ।  यसैगरी फोटो सहितको मतदाता नामावली एक सय जना, ९२ जनालाई नयाँ नागरिकता वितरण र ३ जनालाई प्रतिलिपि नागरिकता प्रदान गरिएको अधिकारीले जानकारी दिइन्। त्यस्तै टाेलीले ६ सय ६० रुपैयाँ बराबरको हुलाक टिकट र १५ वटा नेपाल टेलिकमको सिमकार्ड पनि वितरण गरिएको थियो।

जिल्ला प्रशासन कार्यालय जुम्लाको आयोजना र गुठिचौर गाउँपालिकाको समन्वयमा सबै सेवा गाउँमा पुगेका हुन्।

आगामी दिनमा पनि स्थानीय तहसँग समन्वय गरेर जिल्लाका अन्य स्थानमा पनि एकिकृत घुम्ती सेवा सञ्चालन गर्ने प्रमुख जिल्ला अधिकारी बञ्जाडेले बताइन्। जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार पछिल्लो समयमा ग्रामीण क्षेत्रमा सञ्चालन गरिएका एकीकृत घुम्ती सेवाबाट हजारौ सर्वसाधारणलाई राहत मिलेको छ। दुर्गम बस्तीका लागि एकीकृत घुम्ती सेवा प्रभावकारी औजार बनेको छ।

प्रकाशित: २९ वैशाख २०७६ ११:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App