६ जेष्ठ २०८३ बुधबार
image/svg+xml

वैदेशिक रोजगारीसँग जोडिएको मिर्गौला तस्करीको जालो

विशेष गरेर नुवाकोट, काभ्रे र सिन्धुपाल्चोकका धेरैको मृर्गौला बेच्ने गरेको उनी बताउँछन् ।

लिग-२ क्रिकेट: स्कटल्याण्डमाथि शानदार जित निकाल्दै अमेरिका शीर्ष स्थानमा

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा स्कटल्याण्डलाई ६ विकेटले पराजित गर्दै अमेरिका अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

पोखरा महानगर भन्छ: शनिबारभित्रै फिर्केखोलाको खोलाघरभित्रका संरचना हटाउ

पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघर (सीमाना) भित्र बनेका सम्पूर्ण स्थायी र अस्थायी संरचना आगामि तीनदिनभित्र हटाउन निर्देशन दिएको छ। जेठ ९ गतेभित्र ती संरचना आफैले नहटाए महानगरले हटाइदिने र हटाउँदा लाग्ने लागत समेत सम्बन्धित व्यक्ति तथा संस्थाबाट असुल गरिने पनि महानगरले बताएको छ।

‘रास्वपामा रवि लामिछानेको विकल्प छैन, महाधिवेशनबाट उहाँ नै सभापति चयन हुनुहुन्छ’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले आगामी राष्ट्रिय महाधिवेशनमा सभापति पदका लागि रवि लामिछाने नै निर्विकल्प उम्मेदवार रहेको बताएका छन्।

छैटौँ पटक सगरमाथाको चुचुरोमा पुगिन फोटो पत्रकार पुर्णिमा श्रेष्ठ

श्रेष्ठले बुधबार बिहान सवा ९ बजे सगरमाथाको चुचुरोमा पुगेर नयाँ सफलता हासिल गरेकी हुन्। उनी सुरक्षित रूपमा क्याम्प–४ मा फर्किसकेको पनि जानकारी दिइएको छ।

जुम्लामा भालुको आक्रमणबाट एक युवक घाइते

गुठिचौर गाउँपालिका–३ गर्याङ्गकोटका २४ वर्षीय सरचिन बुढालाई बुधबार बिहान जङ्गली भालुले आक्रमण गरेको हो।

मोरङको लोहान्द्रा खोलामा डुबेर एक जनाको मृत्यु

मोरङको रंगेली नगरपालिका–१ स्थित लोहान्द्रा खोलामा डुबेर मंगलबार दिउँसो एक पुरुषको मृत्यु भएको छ।

बाँके र मोरङमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु

बाँकेको कोहलपुरमा भएको त्रिपक्षीय ठक्कर र मोरङको विराटनगरमा ग्याँस बुलेटको ठक्करबाट उनीहरूको ज्यान गएको हो।

झापामा श्रीमतीको हत्या गरेको अभियोगमा एक पक्राउ

३३ वर्षीया उर्मिला भण्डारीको हत्या गरेको आरोपमा हल्दीबारी गाउँपालिका-५ कन्चनश्री बस्ने ४४ वर्षीय गोकर्ण भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

सीमा विवाद हुँदा घाइते भएका चार जनाको हेलिकप्टरमार्फत उद्धार

हिमाली गाउँपालिकाको रानीसैनमा सीमा विवाद हुँदा हुम्लाका स्थानीयको आक्रमणबाट घाइते भएका चार जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

बाँकेमा दुई बालिकामाथि जबरजस्ती करणी, दुई पक्राउ

बाँकेका छुट्टाछुट्टै स्थानमा दुई बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ।

लागूऔषध सहित देशका विभिन्न स्थानबाट १७ जना पक्राउ

सिराहा, विष्णुपुर गाउँपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २६ ग्राम १ सय ७० मिलिग्राम र डिजिटल तराजु १ थान सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

रोकिएन बाध्यकारी रोजगारी खोज्दै विदेसिने नेपालीको संख्या, वैशाखमा मात्रै ७४ हजारले लिए श्रम स्वीकृति

वैशाखमा ७४ हजार ४२९ र फागुनमा ५२ हजार ९४४ जनाले श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिने संख्या वैशाखपछि दोस्रोमा धेरै कात्तिकमा छ ।

गणतन्त्रमा स्थानीय सरकारको महत्त्व र गरिमा धेरै छ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आइसकेपछि स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक र गहन भएको बताएका छन्।

बिचौलियाको छानविन गर्न आयोग बन्नुपर्छ : सांसद यज्ञमणि

प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले सरकारले बिचौलियाहरूको जाँचबुझ गर्न आयोग गठन गर्न माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्