२३ जेष्ठ २०८३ शनिबार
image/svg+xml
अपराध

लागूऔषध सहित देशका विभिन्न स्थानबाट १७ जना पक्राउ

अवैध लागूऔषध सहित प्रहरीले विभिन्न स्थानबाट १७ जनालाई नियन्त्रणमा लिएको छ।

सिराहा, विष्णुपुर गाउँपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २६ ग्राम १ सय ७० मिलिग्राम र डिजिटल तराजु १ थान सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा औरही गाउँपालिका-४ बस्ने ३२ वर्षीय राम उदगार यादव, सिरहा नगरपालिका-२२ बस्ने ३६ वर्षीय राम बिलेक्षण यादव र भारत मधुवनी पंचात ग्राम-५ बस्ने २१ वर्षीय चन्दन कामती रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सिराहा समेतबाट खटिएको प्रहरीले सिराहाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०३-००१ ख ३५३७ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। 

झापा, भद्रपुर नगरपालिका-४ डाँगीबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ५० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-९ बस्ने २० वर्षीय सौगात बस्नेत र पाँचथर हिलिहाङ गाउँपालिका-३ घर भएका २० वर्षीय आमिङ योङहाङ रहेका छन्। वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी, झापा, बिर्तामोड नगरपालिका-५ सयपत्री टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय रोहित श्रेष्ठ र सोही नगरपालिका-३ बस्ने २६ वर्षीय सुनिल दास रहेका छन्। अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

कैलाली, भजनी नगरपालिका-१ भजनी बजारस्थित अछाम होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित कञ्चनपुर बेदकोट नगरपालिका-७ घर भएका ३० वर्षीय नरेन्द्र मार्कण्डलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले होटलको ४ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो।

यसैगरी, कैलाली, धनगढी उपमहानगरपलिका-९ सुकुटी तालबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-८ बस्ने २३ वर्षीय श्याम राना र सोही उपमहानगरपालिका-७ बस्ने २२ वर्षीय सुरेन्द्र राना रहेका छन्। वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ कमलडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ८ सय ७० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय विकाश देउला र २६ वर्षीय विकल देउला रहेका छन्। वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले विकाशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो।

उदयपुर, बेलका नगरपालिका-४ चन्द्रसूर्य टोल बस्ने ४० वर्षीय राजु भन्ने देव कुमार राईलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्राम सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।

ललितपुर, गोदावरी नगरपालिका-१४ ठैबबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १९ वर्षीय सुदिप साही र गोदावरी नगरपालिका-१३ झरूवाराशी बस्ने २३ वर्षीय सिर्जन रम्तेल रहेका छन्। प्रहरी प्रभाग गोदावरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

कपिलवस्तु, शुद्धोधन गाउँपालिका-६ बिमिहाबाट नियन्त्रित लागूऔषध स्पास्मो ९३ ट्याब्लेट सहित सोही ठाउँ बस्ने ३१ वर्षीय कृष्ण कुमार गुप्तालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।  

पर्सा, पटेर्वासुगौली गाउँपालिका-४ भतौडाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु १ किलोग्राम सहित जिराभवानी गाउँपालिका-२ परसवा बस्ने ३८ वर्षीय लक्षण मुखियालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ६ जेष्ठ २०८३ १५:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App