फोटो पत्रका पुर्णिमा श्रेष्ठले छैटौँ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् । श्रेष्ठले बुधबार बिहान सवा ९ बजे सगरमाथाको चुचुरोमा पुगेर नयाँ सफलता हासिल गरेकी हुन्। उनी सुरक्षित रूपमा क्याम्प–४ मा फर्किसकेको पनि जानकारी दिइएको छ।
श्रेष्ठ पछिल्लो सटोरी एड्भेन्चरको टोली सदस्य तथा फोटोग्राफरका रूपमा हिमाल आरोहणमा सक्रिय रहँदै आएकी छन्।
लगातारको साहस, दृढता र शारीरिक–मानसिक क्षमता प्रदर्शन गर्दै उनले विश्वकै सर्वोच्च शिखरमा छैटौँ पटक पाइला टेकेकी हुन्।
उनको सफल आरोहणपछि सामाजिक सञ्जालमा बधाई तथा शुभकामना आउनेक्रम जारी छ ।
सगरमाथामा नेपाली महिला पर्वतारोहीहरूको बढ्दो उपस्थितिमध्ये श्रेष्ठको उपलब्धिलाई प्रेरणादायी मानिएको छ।
प्रकाशित: ६ जेष्ठ २०८३ १६:१२ बुधबार





