२३ जेष्ठ २०८३ शनिबार
image/svg+xml
समाज

मोरङको लोहान्द्रा खोलामा डुबेर एक जनाको मृत्यु

मोरङको रंगेली नगरपालिका–१ स्थित लोहान्द्रा खोलामा डुबेर मंगलबार दिउँसो एक पुरुषको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही स्थानको बबिया टोल बस्ने ४० वर्षीय ब्रहम ऋषिदेव रहेका छन्।

खोलामा डुबेर अचेत अवस्थामा फेला परेका ऋषिदेवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीयले खोलामा मानिस डुबेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

मृतकको शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ।

प्रकाशित: ६ जेष्ठ २०८३ १५:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App