अझै पुनःस्थापनको पर्खाइमै मुक्त हलिया
उचित बसोबासको व्यवस्था नहुँदा मुक्त हलिया परिवार नदी तटीय क्षेत्र, सामुदायिक वन नजिक, राजमार्ग छेउमा झुपडी बनाई कष्टकर जीवन बिताउन बाध्य छन्।
उचित बसोबासको व्यवस्था नहुँदा मुक्त हलिया परिवार नदी तटीय क्षेत्र, सामुदायिक वन नजिक, राजमार्ग छेउमा झुपडी बनाई कष्टकर जीवन बिताउन बाध्य छन्।
भदौ ११। हलिया प्रथा अन्त्य भएको दिन। हलिया मुक्तिका १४ वर्ष बितेछन्; मुक्त गरिएका हलिया समुदायका समस्या १४ दिनका लागि पनि समाधान हुन सकेन।
धनीहरू झन् धनी र गरिबहरू झन् गरिब हुँदै गइरहेका छन्। भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न नीतिगत र कानुनी रूपमा केही प्रबन्ध गरिएपनि सोको कार्यान्वयन का लागि धेरै प्रयत्न वा भनौँ संघर्ष बाँकी छ।
शुक्लाफाटाँ नगरपालिकाले मुक्त हलियाका घर निर्माणका लागि ५० लाख बजेट विनियोजन गरेको छ। नगरपालिकाको कार्यपालिकाको बैठकले मुक्त हलियाका २५ परिवारका घर निर्माणका लागि बजेटको व्यवस्था गरेको हो।
पुस्तौनी हलिया रहेका यहाँका दमाई परिवार पूर्ण रुपमा मालिकको आश्रयमा छन्। साहुको हलो जोतेवापत दिने केही अन्नबालीले दमाई परिवारको चुलोमा खाना पाक्थ्यो। सरकारले २१ भदौ २०६५ मा हलिया प्रथा अन्त्य भएको घोषणा गरेपछि साहुले हलियालाई दिएको ऋण फिर्ता मागे र हलो जोत्न दिएनन्।
हलिया र दलितका सवालमा कुनैपनि नीति बनाउँदा तथा निर्णय गर्दा उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नैपर्छ ।
कर्णाली प्रदेश सरकारले हलियाहरूको एकीन तथ्यांक संकलन गर्न अग्रसरता देखाएको छ। हाल कर्णालीका सुर्खेत, जाजरकोट र हुम्लामा मात्र तथ्यांक संकलन गरिएको छ। अन्य सात जिल्लाका हलियाहरुको पहिचान गर्न तथ्यांक संकलनमा अग्रसरता देखाएको प्रदेश सरकारले जनाएको छ।
बर्साैं पहिला वीरेन्द्रनगर नगरपालिका–१० स्थित शान्ति परियारका परिवारले आत्महत्याको प्रयास गरे। कारण, ‘हलिया प्रथा।’ हलिया प्रथा गरेर दैनिकी चलाउँदा चलाउँदै अपहेलित महसुस भएपछि पाँचजनाको परिवारले आत्महत्याको बाटो रोजन बाध्य भए। उक्त परिवार अत्महत्याको प्रयासले मृत्युको मुखसम्म पुग्यो। तर, मृत्युलाई जितेर नयाँ जीवन पायो।
वषौं पहिला वीरेन्द्रनगर नगरपालिका–१० स्थित शान्ति परियारका परिवारले आत्महत्याको प्रयास गरे। कारण, ‘हलिया प्रथा।’ हलिया प्रथा गरेर दैनिकी गुजारा चलाउँदा चलाउँदै अपहेलित महसुस भएपछि पाँच जनाको परिवारले आत्महत्याको बाटो रोज्यो। उक्त परिवार अत्महत्याको प्रयासले मृत्युको मुखसम्म पुग्यो तर मृत्युलाई जितेर नयाँ जीवन पायो।
सीमा क्षेत्र नजिकै वर्षौदेखि बसोवास गर्दै आएका मुक्त हलिया परिवारलाई भारतीय सुरक्षाकर्मीले घर निर्माणमा अबरोध गरेपछि निर्माणको कार्य अधुरै रहेको हो।
घर निर्माणका लागि सरकारबाट पाउनुपर्ने दोस्रो किस्ता रकम नपाउँदा कञ्चनपुरमा मुक्त हलियाका घर निर्माण काम अलपत्र परेको छ।
आफ्नै नामको लालपुर्जा र निर्माण गरिएको घर पाएपछि जुकोटका ललि विकको परिवारमा खुसीको सीमा थिएन्। मुक्त हलिया विक बर्षौ देखि साहुकै घरछानोमा बस्ने गरेका थिए। जब रंगरोगनसहितको घर पाएपछि सपरिवारसहित विक नयाँ घरमा सरे। घर सर्दा जति खुसी थिए, विस्तारै खुसी हराउँदै गयो।
भीमदत्तनगरपालिका–१ स्थित बाराकुण्डामा पुनःस्थापन गरिएका मुक्त हलिया परिवारलाई टाढाबाट खानेपानी बाकेर ल्याउनुपर्ने झन्झट सकिएको छ।
गन्यापधुरा गाउँपालिका–२ का नरजित टमाटाको हलो जोत्दै गरेको तस्वीरलाई सरकारले निकालेको मुक्त हलिया परिचयपत्रमा रङ्गीन कभरको तस्वीर त बनायो तर, उनी स्वयंले ११ वर्ष बितिसक्दासम्म पनि परिचयपत्र पाएका छैनन् । उनी भन्छन् – “मैले हलो जोतेको फोटो हलियाहरुलाई दिइएको परिचयपत्रमा आयो तर, मैले अहिलेसम्म पनि परिचयपत्र पाउन सकेको छैन ।”
बाजुरामा विभिन्न स्थानीय तहमा रहेका साहुको खेतमा हलो जोतेर जीविकोपार्जन गर्दै आएका सात सय ३४ मुक्तहलिया परिवारको पुनःस्थापना गरिएको छ।