३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml

सुमनलाई पुरुष सिंगल्समा स्वर्ण

किङ्स टिटीका सुमन शाक्यले सोमबार विन्ध्यवासिनी मास्टर्स खुला टेबल टेनिस प्रतियोगिताको पुरुष सिंगल्सतर्फ स्वर्ण जितेका छन्।

कास्कीमा फुटबलको ग्रासरुट कार्यक्रम

एशियन फुटबल कन्फेडेरेसन (एएफसी) ले वर्षेनी मे १५ मा ग्रासरुट फुटबल दिवस(डे)को रुपमा मनाउदै आएको छ। अखिल नेपाल फुटबल संघ(एन्फा)ले १२ वर्षमुनिलाई राखेर ग्रास रुट कार्यक्रम गर्दै आएको छ।

अनुदान उत्पादनमा प्रेरक

कास्कीको रुपा गाउँपालिका–५ देउरालीकी खोमाया गुरुङ यतिखेर बाख्रापालन गरिहेकी छिन्। विगतमा परम्परागत खोरमा बाख्रा पालेकी उनले अहिले आधुनिक खोर निर्माण गरेकी छिन्।

कास्की त पुगियो तर हिमाल छेकियो

कास्कीमा तुवाँलोे लाग्न थालेको एक साताभन्दा बढी भयो। यसले गर्दा यहाँबाट देखिने हिमशृङखला राम्रोसँग नदेखिएको त्यति नै समय भयो।

भुटानी शरणार्थी प्रकरण: पाँच करोड १९ लाख ठगिएको भन्दै १० जना प्रहरी सम्पर्कमा

भुटानी शरणार्थी बनाई अमेरिका लैजाने बहानामा नागरिकलाई फसाएर पाँच करोड १९ लाख ठगी भएको भन्दै १० जना प्रहरीको सम्पर्कमा आएका छन्।

महोत्सव स्थलबाटै ८० टन आलु बिक्री

महोत्सव सुरु भएको सातै दिनसम्म हेमजामा आलु किन्न सर्वसाधारणको भीड लाग्यो। आलु उत्पादनको पकेट क्षेत्र कास्कीको हेमजामा वर्षेनी आलु महोत्सव हुदैं आएको छ। दैनिक भान्सामा प्रयोगमा आउने आलु किन्न सर्वसाधारण महोत्सव स्थलै पुगे।

तालचोक–बेगनास सडक स्तरोन्नती गरिँदै

पृथ्वी राजमार्गमा जोडिएको कास्कीको लेखनाथस्थित तालचोकदेखि बेगनासतालसम्म जोड्ने सडक–खण्डको स्तरोन्नती थालिएको छ। विश्व बैंकको सहयोगमा यो सडकखण्ड स्तरोन्नती गर्न लागिएको हो।

सेती नदीको दोहन रोक्न संरक्षण अभियान

अन्नपूर्ण हिमशृङ्खलाबाट उद्गम भई कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिकाको मध्यभाग भएर बग्ने सेती नदीको संरक्षणका लागि संरक्षण अभियान सुरु भएको छ।

पोखराको हिमालय आँखा अस्पताल अब्बल

पोखराको हिमालय आँखा अस्पताल २९ वर्षअघि स्थापना भयो। २०२९ साल फागुन १७ गते स्थापना भएदेखि नै यो अस्पताल आँखा नदेख्नेका लागि वरदान सावित हुँदै आएको छ।

जिसस कास्कीको समीक्षा, पूँजीगत खर्च औषत १५ प्रतिशत मात्रै

कास्कीमा पूँजीगत खर्च केवल १५ प्रतिशत मात्रै खर्च भएको जिल्ला समन्वय समिति कास्कीको समीक्षा बैठकमा सार्वजनिक गरिएको छ। आर्थिक वर्षको पाँचमहिना पुरा भएपछि पुँजीगत खर्च औषत केवल १५ प्रतिशत मात्रै भएको उल्लेख गर्दै कार्यसम्पादन स्तर सुधार गर्नुपर्ने जिल्ला समन्वय समिति कास्कीले औंल्याएको छ।

दुर्घटना जाँच आयोगद्वारा जहाजको उपकरण र कागजात सङ्कलन

यही माघ १ गते कास्कीको पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको नाइन एन–एएनसी एटीआर–७२–५०० जहाजबारे जाँचबुझ गर्न गठित दुर्घटना जाँच आयोगले दुर्घटनस्थलबाट आवश्यक पार्टपूर्जा र वायुयानका रेकर्डसहित कागजात सङ्कलन गरेको छ।

कास्कीको खस्कँदो क्रिकेट

हिजो च्याम्पियन, आज कमजोर। खेलकुदमा समयको परिवर्तनसँगै च्याम्पियन पनि फेरिदैं गएका छन्। कमजोरले सुधार्दै च्याम्पियन बन्ने हकदार बन्छन्। च्याम्पियन पनि खस्कदैं कमजोर बन्न पुग्छन्। यस्तै च्याम्पियन र कमजोरको लुकामारीमा छ कास्कीको क्रिकेट।

मुख्यमन्त्रीद्वारा कास्की कारागार निरीक्षण

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कास्की कारागारको निरीक्षण गरेका छन्।

पत्रकार महासंघ कास्कीद्वारा पाँच विद्यार्थीलाई छात्रवृत्ति प्रदान

नेपाल पत्रकार महासंघ कास्कीले पाँचजना विद्यार्थीलाई पत्रकारिता अध्ययनको लागि छात्रवृत्ति प्रदान गरेको छ। यसै आर्थिक वर्षपछि महासंघले छात्रवृत्ति प्रदान गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्