८ वैशाख २०८१ शनिबार
समाज

भुटानी शरणार्थी प्रकरण: पाँच करोड १९ लाख ठगिएको भन्दै १० जना प्रहरी सम्पर्कमा

भुटानी शरणार्थी बनाई अमेरिका लैजाने बहानामा नागरिकलाई फसाएर पाँच करोड १९ लाख ठगी भएको भन्दै १० जना प्रहरीको सम्पर्कमा आएका छन्।  

नेपाल प्रहरीको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयकाअनुसार अहिलेसम्म १० जना पीडितहरु सम्पर्कमा आएका र उनीहरुले पाँच करोड १९ लाख ९७ हजार रुपैयाँभन्दा बढी ठगी भएको भनी १० वटा छुट्टाछुट्टै किटानी जाहेरी दिएका छन्।

कार्यालयमा परेका जाहेरी र आवश्यक अनुसन्धानका कागजातसहित थप कारबाहीका लागि बुधबार काठमाडौँ जिल्ला प्रहरी परिसर टेकुमा बुझाइएको कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए। उक्त ठगीको आरोपमा यसअघि नै कार्यालयले सन्देश शर्मा, सानु भण्डारी र केशव दुलाललाई पक्राउ गरी परिसरमा बुझाइसकेको छ।  

उनीहरुको मिलेमतोमा २०७७ सालदेखि हालसम्म विभिन्न नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजान्छु भनेर प्रलोभन र विश्वासमा पारी कास्की, दाङ, मोरङ, रुकुमलगायतका जिल्लाका नागरिकलाई करोडौँ रकम ठगेका पाइएको प्रहरीले जनाएको छ। यसरी ठगीमा ८१ जना परेका छन्। अहिलेसम्म १३ करोड ठगी भएको प्रारम्भिक अनुमान छ। पीडितहरुले फारम भर्न मात्रै १५ देखि २० लाख तिरेको तथ्य प्रहरीले फेला पारेको थियो। रासस

प्रकाशित: ७ वैशाख २०८० ०७:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App